आइसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा अमेरिकाले पाकिस्तानलाई पराजित गरेको छ।
अमेरिकाको ग्राउन्ड प्रेरी स्टेडियममा निर्धारित २० ओभरको खेलमा दुवै टिमले स्कोर बराबरी गरेपछि खेल सुपरओभर तर्फ धकेलिएको थियो।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले १८ रन बनायो। जवाफमा १९ रनको विजयी लक्ष पाएको पाकिस्तानले मात्र १३ रन बनाउन सक्यो। र खेलको उपाधि अमेरिकालाई थमाइदियो।
अमेरिकाका लागि कप्तान मोनांक पटेलले अर्धसतकीय पारी खेले। उनले ३७ बलको सामना गर्दै ५० रन बनाए। यसैगरी ऐंड्रियस गौसले २६ बलमा ३५ रनको योगदान दिए।
स्टीवन टेलर १६ बलमा १२ रन बनाएर आउट भए। ऐरन जोंसले २५ र नितीश कुमार ५ रन बनाए।
पाकिस्तानका लागि मोहम्मद आमिर, नसीम शाह र हारिस रउफ़ले समान एक-एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो।
पाकिस्तानका लागि कप्तान बाबर आज़मले सर्वाधिक ४४ रन बनाए। उनले ४३ बलको सामना गर्दै २ छक्का र ३ चौकाको मद्दतमा टिमका लागि सो संख्या जोडेर आउट भए।
बाबरसँगै ओपनरका रुपमा मैदान उत्रेका मोहम्मद रिजवान ६ बलमा मात्र ९ रन बनाएर आउट भए।
यसैगरी पाकिस्तानका लागि इफ़्तिख़ार अहमदले १८, शाहीन शाह अफ़रीदीले २३ र फ़ख़र ज़मानले ११ रन जोडे। बाँकी अन्य ब्याटरले दोहोरो अंको रन जोड्न सकेनन्।
अमेरिकाका लागि नॉस्थुश केनजिगेले ३, सौरभ नेत्रवलकरले २, अली ख़ान र जसदीप सिंहले समान एक-एक विकेट लिए।








