२०८३ असार ३१ , बुधबार

एआइए थ्री अन थ्री बास्केटबल प्रतियोगिता आजदेखि



अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) को आयोजनामा एआइए थ्री अन थ्री बास्केटबल प्रतियोगिता आजदेखि हुने भएको छ।

प्रतियोगितामा ६६ टोलीको सहभागिता रहने एआइएका प्रबन्ध निर्देशक विष्णु अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर बोइजमा २४, सिनियर गल्र्समा २६ र जुनियर ब्वाइजमा १६ टोलीको सहभागिता रहनेछ । खेल लिग कम नकआउट आधारमा हुनेछ।

प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ५० हजार रूपैयाँ खर्च हुने एआइएका भाइस प्रिन्सिपल खगेश्वरी गिरीले जनाएका छन्। तीनदिने प्रतियोगिताका खेलहरू शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइनेछ।

प्रकाशित मिति : २०८१ जेठ २५ गते शुक्रबार