२०८३ असार ३१ , बुधबार

गाँजाको व्यावसायिक उत्पादन र अध्ययन कानूनी रुपमा तत्काल सहज बनाउन सरकारलाई निर्देशन



गाँजाको व्यावसायिक उत्पादन र अध्ययन अनुसन्धानका लागि कानूनी रुपमा सहज बनाउने सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो।

समिति बैठकमा बोल्दै समिति सभापति डा.आरजु राणाले बजेटमा उल्लेख गरेको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने कानून निर्माण गर्ने विषयलाई कार्यान्वयन सहज वातावरण बनाउन गृह र अर्थ मन्त्रालयलाई अनुरोध गरिन्।

उनले गाँजा खेतीका विषयमा सबै नागरिकलाई सरकारले गरिरहेको काम र नीतिका विषयमा चासो बढाएको बताइन्। उनले गृह मन्त्रालयबाट शुरु हुने पर्ने प्रथम पाइलालाई मन्त्रालयले एक महिना भित्र नियमवाली बनाउने प्रतिवद्धता सकारात्मक भएको बताइन्। एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बनाएर समितिलाई बुझाउन आग्रह गरिन्।

उनले भनिन् हाँले,‘जाँगा खेतीका विषयमा सबै नागरिकलाई सरकारले कति लगिरहेको छ भन्ने चासो लागेको छ। गृहमन्त्रालयबाट शुरुहुने पर्ने प्रथम पाइला गृह मन्त्रालयले एक महिना भित्र नियमवाली बनाउछु भन्नुभएको छ । गृहमन्त्रालयलाई समिति सहयोग गर्न तयार छ। एक महिना भन्दा पनि आगामी भाद्र महिनासम्म गृहमन्त्रालयले बनाउने नियमावली बन्यो भने खुशी हुन्छौं। तीन महिनासम्म सरकारले गर्ने काम हेर्छौं। आवश्यक परे उपसमिति बनाएर काम गर्छौं। समितिले अर्थ र गृह मन्त्रालयलाई गाँजा व्यावसायिक उत्पादन गर्ने लगायत विषयमा भएको छलफल कार्यान्वयन गरेर लैजान निर्देशन दिन चाहन्छुु। गाँजा खुला गर्दा हुने नकारात्मक पक्षलाई पनि आत्मसाथ गरेर जानुपर्छ। गाँजाको अध्ययन र अनुसन्धान गर्न तत्काल चाँडो खोल्न गृह मन्त्रालयलाई अनुरोध गर्दछु।’

प्रकाशित मिति : २०८१ जेठ २५ गते शुक्रबार