२०८३ कात्तिक ८ , आइतबार

मुख्यमन्त्री सिंहद्वारा लगानी सम्मेलन गर्ने घोषणा



मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले मधेस प्रदेश दिगो विकासको योजना तयार गरी स्वदेश वा विदेशका लगानी आकर्षण गर्न मधेस प्रदेश लगानी सम्मेलन गर्ने घोषणा गरेका छन् ।

शुक्रवार मधेस प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो घोषणा गरेका हुन । उनले शहीद तथा घाइते परिवारहरूका लागि प्रतिष्ठानबाट ठोस निर्णय गरेर अघि बढ्ने बताए । उनले मधेस प्रदेशका १ हजार २७१ वटै वडामा १३६ पालिकालाई लक्षित गरेर बाँझो जग्गा उपयोग गरी नमुना कृषि विकास मोडल लागू गर्न कृषि सम्मुख सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने पनि घोषणा गरे ।

उनले मधेस प्रदेशका प्रत्येक जिल्लामा नमुनाको रुपमा एक एक वटा खुला शैक्षिक पार्ट तयार गर्ने, मधेस प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने बताए । उनले वैदेशिक रोजगारबाट सिप सिकेर फर्किएका जनशक्तिको लागि निर्माण गरी श्रम बैङ्कका रुपमा परिचालन गर्दै सिपलाई रोजगारसँग जोड्ने कार्यक्रम ल्याउने पनि जानकारी दिए।

उनले मधेसमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदार कार्यक्रम सञ्चालन गर्न एवं मधेसमा दर्ता भएका मिडिया कार्यरत पत्रकारहरूको दुर्घटना बिमा गर्ने घोषणा गरे । उनले मधेसको खेल क्षेत्रलाई गतिशील बनाउन प्रदेश गौरवका आयोजनाको रुपमा रङ्गशाला निर्माण गर्ने र प्रदेशस्तरीय खेलाडीलाई प्रोत्साहन भत्ता व्यवस्था गर्ने बताए ।

प्रकाशित मिति : २०८१ जेठ २५ गते शुक्रबार