२०८३ असार ३१ , बुधबार

हेराल्ड एसइई कप थ्री अन थ्री बास्केटबल प्रतियोगिता हुने



हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा हेराल्ड एसइई कप थ्री अन थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।

प्रतियोगितामा ९७ टिमको सहभागिता रहने हेराल्डका अध्यक्ष कपिल ज्ञवालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। ब्वाइजमा ६४ तथा गल्र्समा ३३ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्।

दुवै समूहको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। सहभागी सबै खेलाडीले छात्रवृत्ति पनि पाउने छन्। विजेताले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र बाँकीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन्।

दुई दिने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ। आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुनेछ।

पत्रकार सम्मेलनमा हेराल्डका निर्देशक अशोकराज पाण्डे, प्रिन्सिपल विनोद ज्ञवाली, एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनी तथा सिफ्ट इन्चार्ज द्वय मदनप्रसाद फुयाँल र राजेश अर्यालको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८१ जेठ २५ गते शुक्रबार