पूर्वज अन्तिम दिन
किन याद हुँदैन
आफ्नै अन्तिम पाईला ?
चिताबाट उडेको धुवाँको गन्ध ,
अन्तस्करण भित्र सुँघ्न सकेन वासना
सायद, धेरै कालको प्रारब्ध तरेलीमा
पत्रपत्र सुवास छोप्पिएको हुनसक्छ
जीवन भरि नारिएर जोतेको समय
उकाली ओरालीमा मटेङ्ग्रा बटुलेको
राम्रो नराम्रो जीवन्त क्षणहरु
कहिलै पुगेन बैभवमा पौडियर
आनन्द खुसीका लहरहरु
सुख्खा अन्नका चोटहरुले
मस्त आनन्दमा घुमेका पलहरुमा
भन्ज्याङ्गको त्यो ठूलो ढुङ्गामा बसेर
आकाश पारीको सितल जुन हेरेर |
आऊ अंकमाल गरौं मन सँगै
आनन्द उमंग र मंगल भाव सुरु गरौं
आँफै भित्र अन्तरकृया नादको संगीत सुनौं
निस्वार्थ दिव्यताको कर्म गरेर
हाँसौं घुमौं अन्तर मन भित्र भित्रै
बिहान हाँस्ने रंगीन गुराँस हेरौं
लालुपाते मुसुक्क मुस्कुराको हेरौं
त्यति गर्न सक्दैनौं भने टिपेर
आँखाको दुई थोपा मोती
शून्य मन भित्र राखेर ब्रह्मत्व पछ्याऊ
आफ्नै हृदयको नसा नसामा ।
रक्त संचारको अनुभव गरौं
शिरदेखी पाउसम्म नियालेर ,
स्पर्श गर अन्तर मनका शिराहरु
पल पल अपनत्व खुसीको अन्तरङ्ग
बगिरहुनु सङ्लो क्षितिजमा
बाँच्नु त छँदैछ अनन्त ब्रह्म बनेर
अन्तरआत्मा भित्रै बतास सुसाईरहेछ
मनन गरौं,
अन्तर आत्माको पारिलो उर्जाको राप
ब्रह्माण्ड , ईश्वर र सुर्यको उर्जा
आशिषका तरंगहरु बुझौं सुनौ दुर ।
आफ्नै स्वासप्रस्वास अनुभव गरी
आफ्नै ध्वनिको तरंग सुनि
वर्तमान जगाएर अन्तरङ्गमा रमाऔं
मैत्री भावनामा उमंग जगाऔं
आनन्दै आनन्द खुसीका लहरहरुको
दिव्यता प्रज्ञा फूराऔं
गूरूले ज्ञानको ईन्द्रेणी सुवास बाँडेजस्तै
बाडौं सबैमा आनन्द र खुसीको सुवास
जूनले सितल लहर छरे जस्तै
छरौं सबैमा शितल अन्तरङ्ग
असिम आनान्द शान्ति ।
+ There are no comments
Add yours