आन्दोलनका क्रममा भागेका कर्णालीका ५५ कैदी पक्राउ

गत भदौ २३ र ३४ गते भएको जेनजी आन्दोलनका क्रममा भागेका कैदीमध्ये केही पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५६ जना कैदी पक्राउ परेका छन् । ३४ जना थुनुवा पनि पक्राउ परेका छन् ।

हात हातमा संविधान बोकेर निस्किँदै कांग्रेस

नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवस देशभर मनाउने निर्णय गरेको छ। संविधान दिवसकाे अवसरमा हात हातमा संविधान बाेकेर सडकमा निस्कने बताएका छन् । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ७७ वटै जिल्लामा संविधानको रक्षार्थ हात हातमा संविधान लिएर प्रदर्शन गर्न निर्देशन भएको बताएका हुन।

अनुदानमा कृषकलाई दिने मल पसललाई बिक्री

कृषकलाइ अनुदानमा वितरण गर्नुपर्ने युरिया मल एक विक्रेता सहकारीले निजी स्टोरलाई विक्री गरेको पाईएको छ । कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतले उक्त निजी विक्रेतालाई वितरण गरिएको मल जफत गरी प्रहरीलाई बुझाएको छ ।

प्रतिनिधिसभा विघटन अनिष्टको संकेत : पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले संविधानको प्रावधान विपरीत राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको र प्रतिनिधि सभा विघटन सिफारिस सदर गरेको भन्दै विरोध जनाएको छ। यसबाट जनमतको अपमान भएको महासंघको ठहर छ ।

भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खोल्ने तयारी

आन्दोलनपछि कर्फ्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा भोलि आइतबारबाट सुचारु गरिने भएको छ । विद्यालहरू पनि खोल्ने तयारी छ ।

जेन–जी समूहको विरोध प्रदर्शन: १९ जना मारिए, ३४७ जना घाइते

भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्धको विरोधमा सोमबार काठमाडौंमा जेन–जी समूहले प्रदर्शन गरे । यो प्रदर्शनको आह्वन भने आइतबार नै गरिसकिएको थियो ।

कर्णालीमा स्वास्थ्य बीमाकाे अवस्था : ६८ प्रतिशत जनसंख्या पहुँच बाहिर

नेपाल सरकारले १० बर्ष अघिदेखि कार्यान्वयनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमसँग कर्णाली प्रदेशको कुल जनसंख्यामध्ये हालसम्म ३२ प्रतिशत मात्र आवद्ध भएका छन् ।