२०८३ असार ३१ , बुधबार

आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षा हुने



हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। त्यसको प्रभावले काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा शनिबार विहानसम्म हल्का वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको बबरमहल आसपास पछिल्लो ३ घन्टामा ७.२ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै कीर्तिपुरमा ५.६ मिलिमिटर, बुढानीलकण्ठमा २.४ मिलिमिटर, नुवाकोटको ककनीमा ३.८ मिलिमिटर वर्षा भएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशको थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८१ जेठ २६ गते शनिबार