२०८३ असार ३१ , बुधबार

प्रथम राष्ट्रिय कानुन संगोष्ठी



भक्तपुरमा प्रथम राष्ट्रिय कानुनसम्बन्धी संगोष्ठी सुरु भएको छ। काठमाडौं स्कुल अफ ल दधिकोट भक्तपुरको आयोजनामा संगोष्ठी सुरु भएको हो।

सम्मेलनअघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा काठमाडौं स्कुल अफ द दधिकोटका कार्यकारी निर्देशक प्राडा युवराज संग्रौलाले कानुनी शिक्षाबारे जानकारी दिन प्रथम पटक सम्मेलन गर्न लागेको जानकारी गराए। साथै पाँच वर्षे कानुनी शिक्षा स्थापित गर्न सफल भएको सन्देश दिने पनि संगोष्ठीको उद्देश्य रहेको उनले सुनाए।

सम्मेलनमा विभिन्न १३ विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरू सहभागी रहको बताइएको छ। संगोष्ठीमा एउटा विश्वविद्यालयबाट कम्तीमा दुई जनादेखि बढीमा ६ जनासम्म विद्यार्थी सहभागी हुने व्यवस्था मिलाइएको छ।

संगोष्ठीमा तीन जना शिक्षक र २६ जना विद्यार्थीले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने पनि भएका छन्। सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले गरेका थिए। सो अवसरमा वरिष्ठ कानुनविद् तथा सरकारी अधिकारीहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८१ जेठ २६ गते शनिबार