२०८३ असार ३१ , बुधबार

बैतडीमा एक पुरुष मृत फेला



बैतडीमा एक पुरुष मृत फेला परेका छन्। डिलाशैनी गाउँपालिका वडा नं. ६ बांगाबगरमा अवस्थामा पुरुष मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार शुक्रबार साँझ ७ बजेतिर बांगाबगरमा सडकबाट २० मिटर तल खाल्डोमा घोप्टो परेको भेटिएको हो।

ती पुरुष दार्चुलाको लेकम गाउँपालिका-१ बित्थड घर भएका ५० वर्षीय तिखुरे खत्री रहेको प्रहरी निरीक्षक केसीले बताए।

घटनाका विषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको उनको भनाइ छ। मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : २०८१ जेठ २६ गते शनिबार