२०८३ साउन १ , शुक्रबार

मेडिकल काउन्सिलमा ६ चिकित्सक नियुक्त



सरकारले नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको सदस्य पदमा ६ जना चिकित्सक नियुक्ति गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले प्राडा दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, प्राडा रविन्द्रमान श्रेष्ठ, डा. वीरेन्द्रबहादुर प्रधान र डा. कुम्भराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नियुक्ति भएका सदस्यमध्ये डा. दिव्या सिंह श्रेष्ठ पूर्व डिन या रजिस्टारमध्येमा एकजना हुनुपर्ने प्रावधानअन्तर्गत भएकी हुन्। यसअघि काठमाडौं विश्वविद्यालयको डिन रहेकोमा कार्यावधि सकिएपछि डा. दिव्यालाई त्रिभुवन विश्वविद्यालयअन्तर्गत नियुक्ति गरिएको छ ।

प्रकाशित मिति : २०८१ जेठ २६ गते शनिबार