२०८३ असार ३१ , बुधबार

जसपा नेपालको महाधिवेशन: प्रतिनिधि तथा पर्यवेक्षकको रजिस्ट्रेसन सुरु



जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधि तथा पर्यवेक्षकहरूको रजिस्ट्रेसन कार्य सुरु भएको छ।

महाधिवेशनमा सहभागी हुने मधेस प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २६ र २७ गते बेलुकी पाँच बजेसम्म दर्ता गरी सक्नु पर्नेछ ।

अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २८ गते बेलुकी पाँच बजे सम्म दर्ता गर्न सक्ने छन् ।जसपा, नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शुल्क पन्ध्र सय तोकेको छ ।

प्रकाशित मिति : २०८१ जेठ २६ गते शनिबार