२०८३ असार ३१ , बुधबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता



राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन्।

राष्ट्रपतिको स्वकीय सचिवालयले जनाए अनुसार राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।

भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ। प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार भारत प्रस्थान गर्दै छन्।

प्रकाशित मिति : २०८१ जेठ २६ गते शनिबार