२०८३ असार ३१ , बुधबार

आइसिसी टी–२०ःदक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले हरायो



आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई हराएको छ। शनिबार राती अमेरिकाको न्युयोर्कमा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटबाट पराजित गरेको हो।

यस अघि दक्षिण अफ्रिकाका कप्तान एडेन मार्करामले टस जितेर नेदरल्याण्ड्सलाई पहिले व्याटिङ गर्ने निम्तो दिएको थियो ।

नेदरल्याण्ड्सले पहिले व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको हो।जवाफमा दक्षिण अफ्रिकाले १८ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो ।

दक्षिण अफ्रिकाका लागि सबै भन्दा वढि डेभिड मिलरले आउट नभई ५९ रन बनाए ।

त्यसैगरी ट्रिस्टन स्टब्सले ३३ रन बनाए। क्विन्टन डी कक र कप्तान एडेन मार्कराम सुन्य रनमा आउट भए । त्यसैरी सुरुवाती व्याटर रीजा हेन्ड्रिक्स ३ रन बनाएर आउट भए । हेनरिक क्लासेन पनि ४ रन बनाएर आउट भए । एक समय दक्षिण अफ्रिका २ दशमलब ३ ओभरमा ४ खेलाडीको नोक्सानीमा जम्मा १२ रन सिमीत रहेको बेला डेभिड मिलर र ट्रिस्टन स्टब्स पालो सम्हालेर खेललाई जितको बाटोतिर पुराएका हुन।

नेदरल्याण्ड्सका लागि भिभियन किङ्मा ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।त्यसैगरी लोगान भान बेक र बास डे लीडेले एक एक विकेट लिए।

नेदरल्याण्ड्सका लागि सबैभन्दा वढि साइब्रान्ड एन्जेलब्रेचले ४० रन बनाए । त्यसैगरी लोगान भान बेकले २३ ,विक्रमजीत सिंहले १२ तथा स्कट एडवर्ड्स १० रन बनाए।

नेदरल्याण्ड्सलाई १०३ रनमा सीमित राख्न दक्षिण अफ्रिका ओटनिल बार्टम्यान एक्लैले ४ ओभरमा जम्मा ११ रन खर्चेर ४ विकेट लिए।त्यसैगरी मार्को जानसेन र एनरिच नोर्टजेले दुई दुई विकेट लिए ।

यो सहित दक्षिण अफ्रिकाले लगातार दुई खेल जितेको छ ।यस अघि दक्षिण अफ्रिकाले पहिलो खेलमा पूर्व च्याम्पियन श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो भने नेदरल्याण्ड्सले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो।

प्रकाशित मिति : २०८१ जेठ २६ गते शनिबार