सामसुङ नेपालले ग्यालेक्सी एम३५ फाइभ जी बजारमा ल्याएकोछ । ग्यालेक्सी एम३५ फाइभ जीमा विभिन्न विशेष सुविधाका साथै धेरै समयसम्म टिक्ने ब्याट्री रहेको छ । यसमा रहेको ६ हजार एमएएच ब्याट्रीले धेरै मोबाएल चलाउने र यात्रा गर्नेहरुका लागि बढी उपयोगी देखिनेछ ।
ग्यालेक्सी एम३५ मा ८ जीबीको र्याम र २५६ जीबीको आन्तरिक स्टोरेज रहेको छ । वन यूआई ६.१ सँग नवीनतम एन्ड्रोइड फोर्टिनमा चल्ने ग्यालेक्सी एम३५ ले सहज र प्रभावकारी सेवा दिने कम्पनीको दाबी छ । सामसङले चार वर्षको ओएस अपडेट र पाँचवर्षको ग्यारेन्टी दिँदै मोबाइल अप–टु–डेट र सुरक्षित रहने बताएको छ ।
यो मोबाएलमा उत्कृष्ट मोन्स्टर डिस्प्ले, सुपिरिएर मोन्स्टर क्यामरा, इमर्सिभ मोन्स्टर साउण्ड तथा मोन्स्टर कनेक्टिभिटी र सुरक्षाको सुविधासमेत रहेको छ ।
गाढा निलो, खैरो र हल्का निलो रंगमा उपलब्ध यो मोबाइल ४४ हजार ९९९ रुपैयाँमा बजारमा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।








