२०८३ असार ३१ , बुधबार

महिला तथा पुरुष ह्यान्डबल असार ७ देखि



गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्यान्डबल प्रतियोगिता असार ७ गते पोखरामा सुरु हुने भएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको संयोजन तथा गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल र ह्यान्डबल एकेडेमी मैदानमा सञ्चालन हुने गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठकले जानकारी दिएका छन्।

नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको करिव दुई वर्षपछि यस्तो प्रतियोगिता हुन लागेको जानकारी दिंदै अध्यक्ष पाठकले उक्त प्रतियोगितामा गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता हुने बताए।

करिब १४ लाख खर्च हुने प्रतियोगितामा विजेता टोलीलाई ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टोलीलाई १५ हजार रूपैयाँका साथ ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार