प्राइम कमर्सियल बैंक लिमिटेडले गोकर्णेश्वर र भद्रवासमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
बैंकले २०८१ साल जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेसाकर्मीको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष जयराम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए।
यसैगरी बैंकले २०८१ साल जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टर सुरु गरेको छ।
सो एक्सटेन्सन काउन्टरको उद्घाटन वडा नम्बर ३ का वडाध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, व्यवसायी, समाजसेवी तथा विभिन्न पेसाकर्मीको उपस्थितिमा गरेका थिए।
प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार








