२०८३ असार ३१ , बुधबार

सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग



सिटिजन्स बैंकले कैलालीको भृकुटी माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयलाई सहयोग गरेको छ।

बैंकले दुवै विद्यालयलाई डेस्क, बेन्च र राउन्ड टेबल जस्ता भौतिक पूर्वाधारका सामग्री उपलब्ध गराएको छ।

विद्यालयमा भौतिक पूर्वाधारको कमी रहेकाले बैंकले ती सामग्री प्रदान गरेको जनाएको छ।

बैंकको यस कार्यबाट सो विद्यालयका विद्यार्थीको पठनपाठनमा केही सहजता हुने र उनीहरूले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार