नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन २०८१ असार ११, १२ र १३ काठमाडौँमा हुने भएको छ। संगठित, प्रशिक्षित र समुन्नत समाज निमार्ण अभियान संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन भन्ने मूल नाराका साथ सम्पन्न हुने महाधिवेशनको उद्घाटन समारोह नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासंघका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए ।
नेपाल आदिवासी जनजाति संघ २०५५ सालमा स्थापना भएतापनी अहिले सम्म महाधिवेशन हुने सकेको थिएन । महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न अध्यक्ष घर्ती मगरको संयोजकत्वमा केन्द्रीय सदस्यहरू, जातीय संघका अध्यक्षहरू, महासंघका प्रदेश अध्यक्षहरू र काठमाडौ, भक्तपुर र ललितपुरका महासंघका अध्यक्षहरू रहेको १०१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समिति गठन भएको छ । महाधिवेशनलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको छ । प्रचार प्रसार उपसमिति संयोजक केन्द्रीय सदस्य , पासाङ शेर्पा, आर्थिक उपसमिति संयोजक मनमोहन छन्त्याल, स्वयम सेवक परिचालन उपसमिति संयोजक नेपाल तामाङ संघ सभापति रामकृष्ण लामा, अतिथि सत्कार उपसमिति संयोजक केन्द्रीय सदस्य ,केशाङमु शेर्पा आवास तथा भोजन व्यवस्थापन उपसमिति केन्द्रीय सदस्य संयोजक, टोपबहादुर थापामगर, मञ्च व्यवस्थापन उपसमिति–केन्द्रीय सदस्य संयोजक – मदनलाल श्रेष्ठ, सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक नेपाल तमु संघ, अध्यक्ष भुवनसिंह गुरुङ र प्रतिनिधि दर्ता उपसमिति संयोजक केन्द्रीय सदस्य, रेणुका काउचा मगर रहेका छन् ।
महासंघले आदिवासी समुदायलाई नेपाली कांग्रेससंग जोड्न आज अभियान अन्तर्गत देशव्यापी संगठन विस्तार र प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । आज अभियानले आदिवासी समुदायमा उर्जा दिनुका साथै महासंघको १७ बुँदे घोषणा पत्र मार्फत संगठनको धारणालाई अझ वडा तह सम्म पुर्याएको थियो । माउ पार्टी नेपाली कांग्रेसले महाधिवेशन गर्न दिएको समय सीमा असार १५ सम्म रहेकोले समय सिमाना नै महाधिवेशन सम्पन्न गर्न लागेको अध्यक्ष घर्तिमगरले बताए ।








