सीजी फुड्स नेपाल लिमिटेडले क्रिकेटको समग्र विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख सहयोग गरेको छ।
सोमबार एक कार्यक्रमबीच चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी, सीजी फुड्सका सीइयो प्रदीप पुडासैनी र क्यानका सचिव पारस खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
महिला अन्डर १९ क्रिकेट टिमलाई प्रायोजनवापत ३० लाख र अन्य क्रिकेट गतिविधि सञ्चालन गर्न ३० लाख रकम सहयोग गरेको सीजीले जनाएको छ।
यसअघि पनि वाइवाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहनस्वरुप विभिन्न पुरस्कारको घोषणा गरेको थियो।
प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार








