२०८३ असार ३१ , बुधबार

समाजवादी मोर्चामा विचलन देखियो: विप्लव



नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन्।

सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यवस्थित रुपमा लानको लागि छलफल जारी रहेको सुनाए।

‘नेपालमा समाजवादी आन्दोलन चाहिन्छ। विश्वमा पुँजीवादले ठूलो एउटा युद्धको षडयन्त्र गरिरहेको छ। बजारको संकट, पैसा, अर्थतन्त्रको सङ्कटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनता माथि खेल खेलिँदै छ। त्यसले संसारलाई विध्वंस तिर डोर्‍याइएर तेस्रो विश्व युद्धतिर लगिरहेको छ।’ उनले भने।

महासचिव विप्लवले नेपालमा दलाल पुँजीवादले चुनावबाट राजनीतिलाई नियन्त्रण गरिरहेको दाबी समेत गरे।

प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार