२०८३ असार ३१ , बुधबार

समाजवादी शक्तिहरुलाई एकै ठाउँमा उभिन माधव नेपालको अपिल



नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरुलाई एक ठाउँमा उभिन अपिल गरेका छन्।

जनता समाजवादी पार्टी, नेपालको महाधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले पार्टी विभाजन भएपछि समाजवादी मोर्चा शिथिल परेको भन्दै समाजवादी शक्तिहरुलाई एकठाउँमा उभिन अपिल गरेका हुन्।

उनले भने ‘हामी एकतावद्ध भयौँ भने जुनसुकै चुनौतिको सामना गर्नसक्छौँ। हामी मिलेर अघि बढ्ने हो भने जस्तोसुकै कठिनाइलाई पार गर्नसक्छौँ। किनभने हिम्मत र बुलन्दीले नै सबैथोक प्राप्त गर्न सकिन्छ।’

उनले जसपा, नेपाल पछिल्लो समय चुनौतिको सामना गरिरहेको बताउँदै जसपा नेपालले यी चुनौती तथा बाधाहरुलाई पार गर्दै अगाडी बढ्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार