२०८३ असार ३१ , बुधबार

बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिका ४ रनले विजयी



आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई पराजित गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल जित्न ११४ रनको लक्ष पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १०९ रन बनाउन सक्यो।

प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार