Blog

  • भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर

    भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर

    भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न निर्देशन दिएको छ ।

    भारत-पाकिस्तानबीच तनाव बढिरहेको बेला कुनै पनि संवदेनशील वा स्रोतमा आधारित जानकारी खुलासा हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको ज्यान पनि खतरामा पर्ने मन्त्रालयले चेतावनी दिएको हो ।

    मन्त्रालयले कारगिल युद्ध, सेप्टेम्बर २६ को मुम्बई हमला र कन्दार अपहरण जस्ता पछिल्ला घटनाहरूमा समयभन्दा अगाडि नै अनियन्त्रित रिपोर्टिङ गर्दा सिर्जना भएका खतरालाई उदाहरणको रूपमा प्रस्तुत गरेको छ ।

    भारतको केबल टेलिभिजन नेटवर्क सम्बन्धी कानुन स्मरण गराउँदै आतंकवाद विरोधी अभियानको क्रममा केवल आधिकारिक व्यक्तिद्वारा दिइएको जानकारी मात्र प्रकाशन/प्रसारण गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेकोछ ।

    मन्त्रालयले भनेको छ, ‘सबै सरोकारवालाहरूसँग आग्रह छ कि राष्ट्रको सेवामा उच्चतम् मानक बनाउँदै कभरेज गर्दा सतर्कता, संवैदनशीलता र जिम्मेवारी पालना गर्नुहोस् ।’

    मन्त्रालयले सबै सञ्चार माध्यम र व्यक्तिहरूबाट आधिकारिक रूपमा जारी नगरिएसम्म सुरक्षा कारबाहीका विवरण गोप्य राखेर सघाउन आह्वान गरेको छ ।

  • भारतमा ‘द वायर’ अनलाइनमाथि प्रतिबन्ध, सम्पादकले भने- भीपीएनबाट हेर्नुस्

    भारतमा ‘द वायर’ अनलाइनमाथि प्रतिबन्ध, सम्पादकले भने- भीपीएनबाट हेर्नुस्

     भारत सरकारले त्यहाँको समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएको छ । भारत र पाकिस्तानबीच जारी तनावबीच यसका सामग्रीलाई लिएर सरकारले प्रतिबन्ध लगाएको हो ।

    यो अनलाइनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका गतिविधिहरूमाथि आलोचनात्मक सामग्रीहरू पस्किँदै आएको थियो । द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनका अनुसार, कम्तिमा दुई वटा इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई सरकारको आदेश अनुसार ‘द वायर’ नखुलेको सूचना दिएको छ ।

    ‘यो प्रतिबन्ध पूर्ण लागू नहुञ्जेल केही पाठकहरूले अझै पनि वायर पढ्न पाउनु हुन्छ होला, तर भीपीएनमार्फत वायर पढ्न सकिन्छ’, उनले भनेका छन्, ‘त्यसैले मोदीको महान पर्खालको बाहिर पनि जीवन छ र विदेशमा रहेका पाठकहरूले पनि हामीलाई पढ्न सक्छन्, तर हामी छिट्टै एउटा मिरर साइट सुरु गर्नेछौं ।’

    द वायरले सामाजिक सञ्जाल एक्समा सूचना जारी गर्दै सरकारको यो कदमलाई संविधानले दिएको प्रेस स्वतन्त्रताको उल्लंघन भनेको छ ।

    ‘हामी अत्यन्त संवेदनशील समयमा भएको यो प्रतिबन्धतको विरोध गर्छौं, जतिबेला विवेकपूर्ण, सत्यनिष्ठ, निष्पक्ष र तर्कसंगत आवाज तथा समाचार स्रोतहरू आवश्यक छ’, सूचनामा भनिएको छ, ‘यो कमदविरुद्ध हामीले आवश्यक कदमहरू पनि चालिरहेका छौं ।’

    सूचनामा ‘सत्य र यथार्थ समाचार सम्प्रेषण गर्न पछि नहट्ने’ समेत भनिएको छ । भारतीय अखबार द हिन्दुका पूर्वसम्पादक सिद्धार्थसहितको समूहले सन् २०१५ मा वायरको स्थापना गरेको थियो ।

    भारतमा सरकारबाट स्वतन्त्र रहेका सीमित समाचार संस्थाहरूमध्ये गनिने वायरविरुद्ध विभिन्न व्यवसायी, राजनीतिज्ञ लगायतले मानहानीका थुप्रै मुद्दाहरू दायर गरेका छन् ।

    केही महिनाअघि ‘द काराभान’ म्यागजिनले कश्मिरमा भारतीय सेनाबारे रिपोर्टिंग छापेका बेला पनि सञ्चार मन्त्रालयले अनलाइनबाट हटाउन निर्देशन दिएको थियो । ‘द काराभान’ म्यागजिन पनि भारतमा सत्तालाई प्रश्न गर्ने सीमित सञ्चारमाध्यमहरूमध्ये पर्छ ।

  • न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो : राष्ट्रपति

    न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो : राष्ट्रपति

     राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन् । छिटोछरितो न्याय सम्पादनमा पनि उनको जोड रहेको छ ।

    कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

    ‘नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्छ,’ उनले भने, ‘मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादनमा जोड दिइनुपर्छ ।’

    उनले विधिको शासन कायम गर्न तथा न्यायिक मूल्य–मान्यतामा क्षयीकरण हुन नदिन न्यायालयको जनआस्था बढाउनु पर्ने बताएका छन् ।

    कानुन दिवसमा शुभकामना दिँदै राष्ट्रपतिले भने, ‘विधिको शासन कायम तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् ।’

    नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको उनले चर्चा गरे ।

    राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष ।

    यी मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै यसको संरक्षण, प्रवर्द्धन एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको महत्वपूर्ण दायित्व रहेको राष्ट्रपतिको भनाइ छ ।

    राष्ट्रपतिले राज्यको कार्यकारिणी, विधायिकी र न्यायिक अधिकार एउटै निकायबाट प्रयोग भइरहेको तत्कालीन अवस्थामा यो ऐन (प्रधान न्यायालय ऐन, २००८) लागू भएपछि व्यवहारिक रूपमै शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणा अनुरूप न्याय सम्पादनको कार्यको थालनी भएको भन्दै न्याय र कानुन जगतमा यो दिनको विशेष महत्व रहेको बताए ।

    कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत सहभागी छन् ।

  • भारतीय राजदूतसँग प्रधानमन्त्रीले भने- छिमेकविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिँदैनौं

    भारतीय राजदूतसँग प्रधानमन्त्रीले भने- छिमेकविरुद्ध हाम्रो भूमि प्रयोग हुन दिँदैनौं

     प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गरेका छन् ।

    उनीहरूबीच प्रधानमन्त्री निवास, बालुुवाटारमा भेटवार्ता भएको हो ।

    भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

    आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।

    राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

    नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट प्रधानमन्त्री ओलीले राजदूत श्रीवास्तवसमक्ष गरेका छन् ।

    सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरे ।

  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

    टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

     त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्बेवारी डा। रमेश पौडेललाई दिएको छ । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा। पौडल विश्वविद्यालयका सहप्रध्यापक हुन् ।

    कार्यक्रम संयोजकका रुपमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. खड्ग केसीले बिहीबार कार्यक्रम संयोजकका रुपमा डा। पौलेललाई स्वागत गरेका थिए । बिहीबार नै विश्वविद्यालयले एमफिल–पिएचडीका लागि भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूकालागि स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा उपकुलपति प्रा डा केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा विभिन्न पक्षका उदाहरणसहित प्रष्ट पारे । यो विषयको अध्ययनले नेपालको अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धलाई थप बलियो बनाउन सक्दछ भन्ने धारणा उनले राखेका थिए ।

    विभागीय प्रमुख अपेक्षा शाहले विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने जानकारी प्रदान गर्दै डा। पौडेललाई स्वागत गरेकी थिइन् । पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

     

  • सुनको मूल्य घट्यो, चाँदी बढ्यो

    सुनको मूल्य घट्यो, चाँदी बढ्यो

     अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

    बिहीबारको तुलनामा आज तोलामा रु. एक हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला रु. पाँचले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९० हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९६० मा बेचबिखन भइरहेको छ ।

    बिहीबार प्रतितोला सुन रु। एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९५५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

  • जुम्ला–रारा अल्ट्रा म्याराथनको सबै तयारी पूरा

    जुम्ला–रारा अल्ट्रा म्याराथनको सबै तयारी पूरा

    जुम्ला–रारा अल्ट्रा म्याराथनको सबै तयारी पूरा भएको छ । कर्णाली स्पोर्ट क्लबको आयोजनामा हुने जुम्ला–रारा अल्ट्रा म्याराथनको छैटौ संस्करणको सबै तयारी पूरा भएको हो ।

    वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने ५१ किलोमिटर दुरीको जुम्ला-रारा म्याराथनको तयारी पूरा भएको बारे आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । प्रतियोगितामा देश विदेशका गरि जम्मा ५९१ जना खेलाडी सहभागी हुने कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनका अनुसार पोल्याण्डका १,अमेरिकाका १, फ्रान्सका १,भारतका–२ जना खेलाडी सहभागी हुने छन् । भने सबैभन्दा ठुलो रासीको ५१ किलोमिटर दुरीको प्रतियोगितामा ७४ जना खेलाडी सहभागी हुने छन् । त्यस्तै ५ किमी दौड तर्फ कर्मचारी व्यापारी तर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट–२ जना गरि कूल ५ सय ९१ जना खेलाडीले प्रतियोगितामा सहभागी हुन नाम दर्ता गराएका छन् ।

    पाँचथर,काठमान्डौ,नुवाकोट,चितवन,बाँके,सप्तरी १० वटा भन्दा बढी जिल्लाबाट सहभागी छन् । भने चार ठाउँमा चेकिङ प्वाईन्ट राखिएको छ । चेकिङ प्वाईन्ट–खाली पाटन,चौथा,डाव,चुचेमारा बेस क्याम्प,चुचेमारा टप चेकिङ प्वाईन्ट तोकिएको छ । साथै दविदत्त गणले स्वयमसेवकको रुपमा सहयोग गर्ने छ । म्याराथनका लागि अनुमानित २८ लाख लाग्ने छ । भने म्याराथनबाट बचेको रकमबाट कर्णाली स्पोर्ट क्लबको भवन निर्माणमा खर्च गरिने छ । धावक हरि बहादुर रोकायाले क्लबको भवन निर्माणका लागि निशुल्क जग्गा दिएका थिए ।म्याराथनको उद्घाटन गर्न कर्णालीका मुुख्यमन्त्री यामलाल कँडेल आउने कुुरो भएपनि बजेट निर्माणको छलफल नजिकीएकोले नआउने भएका छन् ।

  • सल्यानमा जीप दुर्घटना हुदाँ  ३ जना घाइते

    सल्यानमा जीप दुर्घटना हुदाँ  ३ जना घाइते

     शुक्रबार बिहान करिब ३ बजेतिर सल्यानमा जीप दुर्घटनामा परेको छ । जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

    नेपालगन्जबाट सल्यानको त्रिवेणी गाउँपालिकाको लुहाम बजार आउँदै गरेको बा १३ च ११०९ नम्बरको जीप कपुरकोट गाउँपालिका–५ टुनिबोट नजिकै राप्ती राजमार्गमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जीप दुर्घटनामा घाइते हुनेमा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रा बस्ने ४२ वर्षीय कृष्णबहादुर विष्ट, ५० वर्षीय सुनिल प्रकाश शाह र ४२ वर्षीइ नवराज श्रेष्ठ रहेका छन् ।

    घाइते तीनै जनाको त्रिवेणी गाउँपालिकाको लुहाम बजारमा रहेको एक मेडिकलमा उपचार गरिएको र सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । अहिले तीनै जना सामानय उपचारपछि घर फर्किसकेका छन् । जीप अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खोलामा खसेको उनको भनाइ छ ।

     

  • सरकारले तजविजको आधारमा योजना बाँडदैन : मुख्यमन्त्री कडेल

    सरकारले तजविजको आधारमा योजना बाँडदैन : मुख्यमन्त्री कडेल

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश सरकारले तजविजिका आधारमा योजना बाँडने काम बन्द गरेको बताएका छन । आज वीरेन्द्रगरमा आयोजित प्रदेश समन्वय परिषद बैठकलाई संवोधन गर्दे मुख्यमन्त्री कडेलले सरकारले तजविजीको आधारमा बजेट बाँडने काम क्रमशः रोक्न र त्यसले बजेट वितरण प्रणाली समेत व्यवस्थित हुने बताए ।

    बजेट पारित गर्ने निकाय प्रदेश सभा हो, प्रदेशसभाले पास गरेको बजेट सरकारले कार्यान्वयन गर्छ, मुख्यमन्त्री कडेलले भने, ‘सरकारले तजविजीका आधारमा बजेट बाँडने काम गर्देन । प्रदेशसभाबाट पारित कार्यक्रममात्र कार्यान्वयन गर्छ । ’ मुख्यमन्त्री कडेलले बजेट र योजना बाँडफाँडमा धेरै नै नकारात्मक टिकाटिप्पणी उठन थालेपछि यस वर्षदेखी आयोजना छनौट गर्न कार्यविधि बनाएको र योजना छनौटमा पक्षधरता वा झस्केलाबाट जान्छन भन्ने विषयलाई समाप्त गर्ने अभियानमा सरकार लागिरहेको दावी गरे ।

    स्थानीय तहबाट योजनाको बारेमा प्रदेश सरकारलाई सुझाव दिदै आएपनि यसपटक प्रदेश सरकार र स्थानीय तह एकै ठाउमा बसेर पहिलो पटक आयोजनावारे छलफल गर्ने कानुनी र संरचनागत अभ्यास शुरु भएको पनि मुख्यमन्त्री कडेलले जानकारी गराए । उनले भने, योजना जाने सबै स्थानीय स्तरमै हो, लाभान्वित हुने त्यही नै हो, तपाईहरुलाई सहभागी बनाउँदा त्यसको प्रभाव अझ बढछ भने किन एक्लै हिडनु?

    आयोजना छनौट गर्दा कर्णालीको सन्दर्भमा रोजगारीका तीन क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने बताउँदै मुख्यमन्त्री कडेलले यस बर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादन आधारित आयोजनाका रुपमा बिशिष्टकृत गरिने जानकारी दिए ।

    मुख्यमन्त्री कडेलले प्रदेश स्थापना भएको ७ वर्षमा कतिपय राम्रा र महत्वपूर्ण कामहरु भएपनि एक आध कामका कारण आलोचना भइरहेको प्रति असन्तुष्टी पोखे, उनले भने, धेरै राम्रा कामको लेखाजोखा हुँदो रहेनछ, एकआध कामले गर्दा आलोचित भइदो रहेछ त्यसैले जनप्रतिनिधि सदैब ईमानदार बन्नु पर्दछ।

    स्थानीय तहलाई आफ्नो तहमा आम्दानी बढाउन योजना बनाउने काममा लाग्न पनि मुख्यमन्त्री कडेलले आग्रह गरे । उनले आफ्नो कार्यक्षेत्रमा संचालनमा रहेका कार्यक्रम, आयोजनाहरु संघ, प्रदेश वा विकास साझेदार जसको भएपनि अनुगमन गरेर समयमै र गुणस्तरिय बनाउने काममा ध्यान दिन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई सुझाव दिए ।

    दलिय व्यवस्थामा विकासको काममा जननिर्वाचित र सरकारी कर्मचारीले मात्र गर्न सकिन्छ कि भन्ने भावना लिएर अघि बढ्दा समस्या आउने बताउँदै मुख्यमन्त्री कडेलले स्थानीय स्तरमा सबै दलहरुसँग छलफल र परामर्श गरेर काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई सुझाव दिए ।