सल्यानमा जीप दुर्घटना हुदाँ  ३ जना घाइते

सल्यान

 शुक्रबार बिहान करिब ३ बजेतिर सल्यानमा जीप दुर्घटनामा परेको छ । जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

नेपालगन्जबाट सल्यानको त्रिवेणी गाउँपालिकाको लुहाम बजार आउँदै गरेको बा १३ च ११०९ नम्बरको जीप कपुरकोट गाउँपालिका–५ टुनिबोट नजिकै राप्ती राजमार्गमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार जीप दुर्घटनामा घाइते हुनेमा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–६ फुलटेक्रा बस्ने ४२ वर्षीय कृष्णबहादुर विष्ट, ५० वर्षीय सुनिल प्रकाश शाह र ४२ वर्षीइ नवराज श्रेष्ठ रहेका छन् ।

घाइते तीनै जनाको त्रिवेणी गाउँपालिकाको लुहाम बजारमा रहेको एक मेडिकलमा उपचार गरिएको र सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । अहिले तीनै जना सामानय उपचारपछि घर फर्किसकेका छन् । जीप अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खोलामा खसेको उनको भनाइ छ ।

 

अन्य समाचार

+ There are no comments

Add yours