Blog

  • सामान्य अंकले बढ्यो सेयर बजार

    सामान्य अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबारको दिन करीब ११ अर्ब बराबरको शेयर किनबेच भएको छ । यसअघि गत वैशाख ४ गते बिहीबार १० अर्ब ७९ करोड रूपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

    पछिल्लो समयमा विकशीत केही राजनैतिक घटनाक्रम र गभर्नर नियुक्तिमा भएको ढिलाईले लगानीकर्ताको मनोबल उकासिन सकेको छैन् । सरकारले आगामी बजेटको तयारी गरिरहेको बेला लगानीकर्ताहरुले यसप्रति पनि निकै चासो राखेका छन् ।

    आइतबार नेप्से परिसूचक ३.५८ अंक बढेर २६६१.६० विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । गत बिहीबार ७ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएकोमा आइतबारको बजारमा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १।७७ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशत घटेको छ।

    नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । जसको ८६ करोड १७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

  • रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो

    रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो

    काठमाडौँ । रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दा पर्सा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको छ।

    बयान र अनुसन्धान सकिएपछि पर्सा प्रहरीले रास्वपा सभापति लामिछानेविरुद्ध ठगी तथा सङ्गठित अपराधको मुद्दामा कारबाहीको माग गर्दै शुक्रबार प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।

    प्रहरीले बुझाएको प्रतिवेदनमा ४१ जनालाई प्रतिवादी बनाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए। उनका अनुसार दुई वटा मुद्दाको अनुसन्धान सकिएपछि कारबाहीका लागि विभिन्न कम्पनी तथा व्यक्तिलाई प्रतिवादी बनाउँदै प्रतिवेदन अगाडि बढाइएको छ।

    यी मुद्दामा ३० जना व्यक्ति, तीन वटा सहकारी र ८ वटा विभिन्न कम्पनीलाई प्रतिवादी बनाइएको पर्सा प्रहरीले जनाएको छ। २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ बिगो माग दाबी गर्दै प्रहरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

    संसदीय छानबिनको समितिले अनुसन्धान गरेर लामिछानेमाथि मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्देशन दिएपछि पर्सा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।

    सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको भन्दै लामिछानेसहितका व्यक्तिहरूमाथि मुद्दा दर्ता भएको हो।

  • संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत

    संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत

     

     

    काठमाडौं । संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव संसदीय समितिबाट अस्वीकृत भएको छ ।
    प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले यस्तो प्रस्ताव अस्वीकृत गरिदिएको हो । सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न विधेयक ल्याएको थियो । त्यसमा संशोधन हालेर सांसदहरूले संसद सेवामा पुगेका कर्मचारीले १५ वर्षमै पेन्सन पाउने व्यवस्था प्रस्ताव गरेका थिए ।
    सरकारले संशोधन गर्ने गरी प्रस्ताव नै नगरेको ऐनमा संशोधन गर्ने भनेर सांसदहरूले संशोधन हालेका थिए । समितिका सभापति विमला सुवेदीका अनुसार त्यस्तो संशोधन स्वीकृत हुन नसकेको हो ।
    ‘सरकारले संशोधन गर्ने नै नभनेको ऐन अर्को विधेयकमार्फत संशोधन गर्ने कुरा अमिल्दो थियो । त्यसकारण ‘संघीय संसद सचिवालयसम्बन्धी ऐन २०६४ मा संशोधन गर्ने भनेर आएका प्रस्ताव अस्वीकृत भएका हुन्’ सभापति सुवेदीले भनिन् ।
    संसदका कर्मचारीहरुको लागि ‘संघीय संसद सचिवालयसम्बन्धी ऐन २०६४’ छ । यो ऐनको दफा ५० मा २० वर्ष वा सोभन्दा बढी अवधिसम्म सेवा गरेका कर्मचारीले निवृत्तभरण पाउने व्यवस्था छ ।
    दफा ५० को उपदफा १ अनुसार जम्मा सेवा गरेको वर्षसँग अखिरी तलबले गुणा गरी ५० ले भाग गर्दा आउने भागफल पेन्सनको रुपमा कर्मचारीले पाउँछन् ।
    यहीनेर नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र स्वतन्त्र समेत गरी १७ जना सांसदले छुट्टाछुट्टै रुपमा एउटै बेहोराको संशोधन हालेर संसद सेवामा पुगेका कर्मचारीले १५ वर्षमै पेन्सन पाउने व्यवस्था प्रस्ताव गरेका थिए ।
    ‘… सेवा प्रवेशको लागि अधिकतम उमेर ४५ वर्ष तोकिएको पदमा नियुक्त कर्मचारीले बढीमा पाँच वर्षसम्म सेवा अवधि थप गरी निवृतिभरण प्रदान गरिनेछ’ पाँच पार्टी र स्वतन्त्र सांसदले हालेको संशोधनमा उल्लेख थियो ।
    तर, सांसदहरूले संशोधन गर्ने भनेको ऐन सरकारले संशोधन गर्ने गरी ल्याएको थिएन । यसकारण समितिबाट अगाडि बढ्न सकेन ।

    संसद्का कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव अस्वीकृत गर्दै संसदीय समितिले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ पारित गरिसकेको छ । जसलाई आइतबार प्रतिनिधि सभामा पेश गरिँदैछ ।

    प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ ।

     

  • कांग्रेस सांसद राईलाई तीन दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
    काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
    शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो । उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।

    राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।
    सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।

    राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

    राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    उनी जनजाती कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।

  • १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली 

    १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : ओली 

     काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सरकार सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमाप प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।

    ‘अब १४ महनिापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्यान्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गरेका थिए ।

    तर सभापति देउवाले भने थाइल्यान्ड भ्रमणबाट शुक्रवार फर्किएसँगै सञ्चारकर्मीहरूसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिए ।

  • शिक्षा मन्त्रीले वार्तामा बोलाए, गएनन् शिक्षकहरू

    शिक्षा मन्त्रीले वार्तामा बोलाए, गएनन् शिक्षकहरू

    फाइल

    काठमाडौं। सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूका माग सम्बोधन गर्न आदेश दिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरे।
  • रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध : रास्वपा

    रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध : रास्वपा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको दुई दिन तीन रातको हिरासत अवैध रहेको बताएको छ ।

    शुक्रबार प्रतिनधिसभाको बैठकमा बोल्दै रास्वपाका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले लामिछानेको पक्राउ समेत कानुनी प्रक्रियाअनुसार नरहेको बताएका हुन् ।

    ‘…पक्राउ पर्नुभएका रवि लामिछानेलाई २५ गते मात्रै थुनुवा पुर्जी दिएकाले उहाँको उहाँको दुई दिन तीन रातको हिरासत स्वतः अवैध छ,’ उनले भने ।

    लामिछाने गत २२ चैतमा पक्राउ परेका थिए । २५ चैतमा मात्रै रुपन्देही लगेर पक्राउ पुर्जी दिइएको अर्यालले बताएका हुन् ।लामिछानेमाथि राजनीतिक प्रतिसोध साधिएको पनि उनको भनाइ छ ।

    ‘संसदीय समितिको छानबिन र निष्कर्ष विपरीत उहाँलाई चार वटा जिल्लामा फरक-फरक कानुन टेकेर फौजदारी मुद्दा लगाइयो,’ उनले भने ।

    लामिछानेको सांसद पद निलम्बन भएकोप्रति पनि उनको आपत्ति छ ।

    ‘चितवनका जनताले सुम्पिएको जिम्मवारी निर्वाह गर्न नपरोस् भनेर सम्पति शुद्धीकरणको अभियोग लगाएर सांसद पद निलम्बन गरियो,’ उनले भने ।

    ८ पुस २०८१ देखि लामिछाने सांसद पदबाट निलम्बनमा छन् ।

    सहकारीको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग दर्ता भएपछि उनको सांसद पद निलम्बनमा परेको थियो ।

    लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई पठाएको थियो । सोही पत्रका आधारमा सभामुख घिमिरेले लामिछानेको सांसद् पद निलम्बन हुन निर्णय गरेका थिए ।

    रास्वपाका कार्यवहाक सभापति अर्याल लामिछानेलाई राज्यले गरेको व्यवहारले प्रतिसोध हो भन्ने छर्लङ्‍ग पारेको पनि बताए ।

    कानुनको आधार बिना अदालतको आदेश नलिएरै पक्राउ गरिएको दोहोर्‍याउँदै उनले भने, ‘प्रहरीको अधिकारीले नै अन्तिम इच्छा भनेर सोध्नुले कानुनी शासनको धब्जी उडाएको छ ।’

  • अभ्यासका क्रममा जहाज दुर्घटना हुँदा थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

    अभ्यासका क्रममा जहाज दुर्घटना हुँदा थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

    थाइल्यान्डको रिसोर्ट शहरनजिकै प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो विमान समुद्रमा दुर्घटनाग्रस्त हुँदा पाँच थाई प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बैंककको दक्षिणमा रहेको प्राचुआप खिरी खान प्रान्तको तटमा शुक्रबार (२५ अप्रिल) बिहान ८ः०० बजे (०१०० जिएमटी) दुर्घटना भएको हो ।

    प्रहरी प्रवक्ता आर्केयोन क्रेथोङले जहाजमा रहेका ६ जना अधिकारीमध्ये पाँच जनाको मृत्यु भएको र छैटौँ गम्भीर घाइते भएर अस्पतालमा रहेको बताएका छन् ।

    अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन विमानको ब्ल्याक बक्स डाटा रेकर्डरको जाँच गरिरहेका छन् ।

    राजधानीबाट एक सय ३० किलोमिटर (८० माइल) दक्षिणपश्चिममा सप्ताहन्तमा लोकप्रिय यात्रा स्थल चा–आम जिल्लाको किनारबाट करिब एक सय मिटर तल विमान खसेको स्थानीय मिडियाले जनाएको छ ।

    सामाजिक सञ्जालमा सेयर गरिएको फुटेजमा विमान समुद्रमा खस्नुअघि घुमाउरो हुँदै गएको र मानिसहरू घटनास्थलमा पुग्न छातीसम्मको पानीबाट हिँडिरहेको देखाइएको छ ।

    प्रहरी प्रमुख कित्रात फानफेटले पूर्ण अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    ‘रोयल थाई प्रहरीले आफ्नो ज्यान गुमाउने बहादुर अधिकारीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।(घटना र विचार)

  • राष्ट्रिय सभाको बैठक स्थगित,अर्को बैठक १४ गते बस्ने

    राष्ट्रिय सभाको बैठक स्थगित,अर्को बैठक १४ गते बस्ने

    काठमाडौं । ७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
    आज छैठौं अधिवेशनको पहिलो दिन हो । अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । निर्धारित समयमै सुरु भएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्‍यहोरा पढेर सुनाए ।
    त्यसपछि सभाध्यक्ष दाहालले पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य, पूर्व मन्त्री र हालको प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे ।
    बोहराको निधनमा शोक प्रकट गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो ।
    अर्को बैठक यही वैशाख १४ गते दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।