Blog

  • ७ जना मन्त्री उपस्थित भएबाट प्रस्ट हुन्छ निजी क्षेत्रलाई कति महत्त्व दिएका छौं ः ओली

    काठमाडाै‍‍  चैत २८, ।

     काठमाडाै‌‌ प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले निजी क्षेत्रसँगको सम्बन्धलाई नमूनाको रूपमा अगाडि बढाएको बताएका छन् ।
    उद्योगी व्यवसायीले दिएका सुझावका आधारमा सरकारले अध्यादेश ल्याएको उनले बताए ।
    नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभालाई बिहीबार सम्बोधन गर्दै ओलीले सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताएका हुन् ।
    ‘सरकार तपाईंहरूले दिएका सुझाव अनुसार नै काम अगाडि बढाइरहेको छ । सरकार र निजी क्षेत्रको सम्बन्ध नमूनाको रूपमा अगाडि बढाइरहेका छौं’, ओलीले भने, ‘यो कार्यक्रममा सरकारका ७ जना मन्त्री उपस्थित भएबाट पुष्टि हुन्छ ।’समारोहमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रममन्त्री शरतसिंह भण्डारी तथा उद्योग मन्त्री दामोदर भण्डारी उपस्थित छन् ।

    ‘एउटा व्यावसायिक संस्थाको कार्यक्रममा यति महत्त्व दिइएको छ, सिंगो सरकार उपस्थित छ । सहकार्यलाई प्रोत्साहित गरिएको छ’, प्रधानमन्त्री ओलीले भने ।

    उनले दैनिक उपभोग्य वस्तु स्वदेशमै उत्पादन गर्नेतर्फ ध्यान दिन व्यवसायीलाई आग्रह गरे ।

  • पर्सामा लागुऔषध दुर्व्यसनविरुद्धको ३ महिने अभियान

     

     

    पर्सा, खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ ३ महिने चेतनामूलक अभियान सुरु भएको छ ।

    जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै पालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा अभियान थालिएको हो ।

    त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लागुऔषधको रोकथामको लागि सामूहिक प्रयास अपरिहार्य भएको बताए । “लागुऔषधको रोकथाम तथा नियन्त्रण एकल प्रयासले सम्भव हुन्न । त्यसैले सामूहिक प्रयास गर्नका लागि सबैले हातेमालो गर्न जरुरत छ ।”

    वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लागुऔषधको दुर्व्यसनी रोकथामको लागि पर्साका सबै पालिका एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

    पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले लागुऔषधको कारोबारीले पर्सा जिल्लालाई ट्रान्जिटको रूपमा प्रयोग गर्दै आइरहेकाले त्यसलाई नियन्त्रण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक हुने बताए ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी २६९ मुद्दा दर्ता भएको थिए । चालु आवको फागुन मसान्तसम्ममा त्यस्ता मुद्दाको सङ्ख्या १०२ पुगेको छ । पर्सा प्रहरी हिरासतमा रहेका ५५ जनामध्ये २७ जना लागुऔषध मुद्दाका अभियुक्त हुन् ।

  • नेपालले कुवेतलाई ६ विकेटले हरायो

    काठमाडौँ, नेपालले कुवेतलाई ६ विकेटले हराएको छ। ओपनर कुशल भुर्तेलको शानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टी-२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।

    कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए ।

    यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोड्न सके ।

  • नेपाली सेना अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान ः राष्ट्रपति

    काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तरर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताएका छन् । अन्समिल मिसन लिवियामा जाने तयारीमा रहेको श्री नयाँ भैरवी दल गुल्म सातौं डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई आज काभ्रेको पाँचखालमा सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।

    उनले नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिबद्धता रहेको स्पष्ट पारे । “आन्तरिक रूपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकाय प्रतिबद्ध छ भन्नेमा म ढुक्क छु”, राष्ट्रपति पौडेलले भने ।

    नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनामा भाग लिँदै अन्तरराष्ट्रिय जगत्मा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले बताए । राष्ट्रपति पौडेलले नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए ।

    नेपाली सेनाको उच्च अनुशासन, बफादारिता, कार्यदक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको कदरस्वरुप संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई विभिन्न मिसनमा सहभागी गराउन थालेको ६७ वर्ष पूरा भएको स्मरण गर्दै उनले हालसम्म नेपाली सेनाका करिब एक लाख ५८ हजारभन्दा बढी शान्ति सैनिकले ४४ वटा संयुक्त राष्ट्रसंघका मिसनमा आफ्नो कार्यदक्षता प्रदर्शन गरिसक्नु खुसीको विषय भएको बताए । हाल विभिन्न ११ मिसनमा करिब छ हजारभन्दा बढी शान्ति सैनिक कार्यरत रही नेपाल शान्ति सैनिक योगदान दिने मुलुकमध्ये पहिलो स्थानमा रहेको तथ्यले गौरवान्वित बनाएको उनको भनाइ थियो ।

    “राष्ट्रसंघको मिसन क्षेत्रमा नेपाली सेनाले करिब ६ दशकदेखि कायम गर्दै आएको वीरता र शान्ति स्थापनार्थ देखाएको प्रतिबद्धताको इतिहासलाई तपाईंहरूले निरन्तरता दिँदै अगाडि बढाउनु हुनेछ र हाम्रो बहादुरी, सेवा र त्यागको परम्परालाई विश्वमै पहिचान गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु”, राष्ट्रपति पौडेलले भने ।

    त्यसैगरी उनीहरूका परिवार, नेपाली सेना, सम्पूर्ण देशवासी तथा संयुक्त राष्ट्रसंघले समेत पूर्ण विश्वास राखेको कुरालाई स्मरण गराउँदै राष्ट्रपति विश्व शान्तिको दायित्वलाई गर्वका साथ पूरा गर्न सफलता मिलोस् भन्ने उनले शुभकामना व्यक्त गरे ।

    राष्ट्रपति पौडेलले हालको बदलिँदो विश्व परिवेश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जगत्मा वृद्धि भइरहेको सुरक्षा चुनौतीका सम्बन्धमा त्यस क्षेत्रमा खटीजानेहरू जानकार नै भएको उल्लेख गर्दै अन्समिल मिसन लिवियामा समेत सुरक्षा स्थिति चुनौतीपूर्ण हुनसक्ने हुँदा जटिल अवस्थामा परिचालन हुनुपर्ने यथार्थलाई मनन् गरी मानसिक तथा शारीरिक रूपले तयार नै रहेको कुरामा विश्वास व्यक्त गरे ।

    “विगतमा नेपाली सेनाले विभिन्न मिसनहरूमा प्रभावकारी रूपमा कार्य गर्दै विश्व शान्तिमा उत्कृष्ट योगदान दिएको वास्तविकतालाई स्मरण गरी नेपाल, नेपाली जनता र नेपाली सेनाको छविलाई सदैव उच्च राख्दै सबैले पेशेवर र अब्बल तरिकाले कार्यसम्पादन गर्नु हुन शुभकामना दिन चाहन्छु”, राष्ट्रपति पौडेलले भने ।

    त्यस अवसरमा राष्ट्रपति पौडेलले मिसनमा सहभागी हुने टोलीले गरेको पूर्वतयारीसम्बन्धी प्रस्तुतिको अवलोकन गरेका थिए भने शान्ति मिसनसम्बन्धी विभिन्न तालिमबारे राष्ट्रपति पौडेललाई जानकारी गराइएको थियो ।

  • राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो

     

     

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरेका हुन् ।
    बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले गर्ने काममा टेवा पुर्‍याउन संयन्त्रले आवश्यक सुझाव दिने गरेको भए पनि उपलब्धिमूलक काम हुन नसकेको बताए । उनले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको समेतआग्रह गरे ।
    थापाले भने, ‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो, त्यो गतिमा काम हुन सकिरहेको छैन । म पनि संयन्त्रको जिम्मेवारीमा छु । कहिले काहीँ साथीहरूलाई के लाग्छ भने संयन्त्रले सबै कुरा गर्छ । यसबारे कम्तीमा मेरो क्षेत्रका साथीहरू ‘क्लियर’ हुनुपर्छ । सरकारले गर्ने काम सरकारले गर्नुपर्छ, संयन्त्रले गर्ने होइन । नियुक्ति, सरुवा, बढुवाको काम पनि राजनीतिक संयन्त्रले गर्नुपर्छ भनेर ठान्यौँ भने त यो ‘डेमोक्रेटिक गभर्मेन्ट’ नै भएन नि ।’
    महामन्त्री थापाले थपे, ‘प्रधानमन्त्रीको काम प्रधानमन्त्री र मन्त्रीको काम मन्त्रीले गर्ने हो । संयन्त्रको काम सरकारले लिने नीतिगत सुधारको विषयमा बल पुर्‍याउने हो । केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौँ । तर बिँड तातेर केही नहुँदो रहेछ’ ताप्के पनि तात्नुपर्ने रहेछ । हामीलाई छिटो काम चाहिएको छ । तर किन भइरहेको छैन ’
    एमाले–काँग्रेस नेतृत्वको संयुक्त सरकारले चाहेजस्तो उपलब्धि दिन नसकेको कारण आफू सधैँ प्रश्न गरिरहेको समेत थापाले जिकिर गरे ।
    महामन्त्री थापाले कांग्रेस पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने भन्दै कोही पनि अलमलमा नरहन आग्रह गरे। २०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्ने उनको दाबी छ । पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बनेका कारण असन्तुष्टि रहेको भन्दै संगठन निर्माणमा जुट्न पार्टी कार्यकर्ताहरूलाई आह्वान गरे ।

  • शिक्षकहरूको माग पूरा गर्न कांग्रेस गम्भीर छ: देउवा

     

    काठमाडौं, चैत २८
    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न कांग्रेस गम्भीर रहेको बताएका छन्।

    शिक्षकहरूको मागबारे पार्टीले सरकारसँग पनि कुरा राखिरहेको सभापति देउवाले बताए।
    बिहीबार बूढानीलकण्ठमा नेपाल शिक्षक संघका प्रदेश अध्यक्षहरूसँग भएको छलफलमा सभापति देउवाले शिक्षकहरूका माग सम्बोधन गरिनुपर्नेमा जोड दिएका हुन्।
    ‘शिक्षकहरूका मागप्रति पार्टी गम्भीर छ। मैले प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीलाई पनि वार्ता र संवादबाट शिक्षकहरूका माग पूरा गर्ने दिशातर्फ अघि बढ्नुपर्छ भनिसकेको छु,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले भने, ‘शिक्षकहरूले पनि देशको परिस्थिति बुझिदिनुपर्ने हुन्छ। शिक्षकहरूका माग पूरा गर्न पार्टी गम्भीर छ।’
    विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।
    आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्तामा पनि बोलाएको छ।

    यसअघि कांग्रेस शिक्षा विभाग प्रमुख महरले विज्ञप्ति निकालेर शिक्षकहरूले उठाउँदै आएका माग संवादबाट हल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए।

  • पाँच बजे शिक्षक र सरकारबीच वार्ता हुँदै

     

    काठमाडाै‌ँ ।आन्दोलनरत शिक्षकलाई सरकारले बिहीबार साँझ ५ बजे वार्ताका लागि बोलाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्तामा बोलाएको हो । तर, शिक्षक महासंघले भने यसलाई वार्ताभन्दा पनि आफ्नो सर्त सुनाउन जाने बताएको छ ।
    ‘केही वार्ताका लागि होइन, बस् हाम्रा सर्त सुनाउनका लागि आजको आन्दोलन सकिएपछि जान्छौँ । सर्त सुनाउँछौँ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘त्यसपछि सरकारले हामीले भनेअनुसार पोजिसन क्लियर गर्‍यो भने बल्ल वार्ताका लागि सोच्ने हो ।’
    सरकारले वार्तामा बाेलाएपछि महासंघले बुधबार नै वार्ता समिति बनाएको छ । यसअघि भएका सहमति कार्यान्वयनकाे माग गर्दै देशभरका शिक्षकहरू काठमाडौं आएर प्रदर्शन गरिरहेका छन् । २० चैतदेखि उनीहरूको प्रदर्शन जारी छ ।

  • नेपाल बारमा कस्तो गरे माओवादी रास्वपा एकीकृत समाजवादी

    काठमाडौं, चैत २८
    नेपाल बार एशोसिएसनको चुनावमा पनि सत्ता र प्रतिपक्षी गठबन्धन बनाएर प्रतिस्पर्धा भयो।
    सत्तापक्ष नेपाली कांग्रेस र नेकपा एमाले निकट कानुन व्यवसायीहरूको संगठन मिलेर आधा आधा उम्मेदवार उठाएर सबै पद जिते। राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कानुन व्यवसायीहरू पनि सत्तापक्षीय गठबन्धनमा सामेल थिए। त्यसै कारण राप्रपा निकटले एक सदस्य जितेका छन्।
    नेपाल बारको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित
    बारको अध्यक्षमा कांग्रेसनिकट कानुन व्यवसायीको संस्था डिएलएबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र निर्वाचित भए भने महासचिवमा एमालेनिकट कानुन व्यवसायी संस्था पिएलएका केदारप्रसाद कोइराला निर्वाचित भए।
    प्रतिपक्षी गठबन्धन (माओवादी-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा) निकट कानुन व्यवसायीका संगठनहरूले संयुक्त उम्मेदवार उठाएका थिए।

    माओवादी निकटबाट अध्यक्षमा रमनकुमार श्रेष्ठ र रास्वपानिकटबाट महासचिवमा यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको थियो। बिहीबार सार्वजनिक मतपरिणामअनुसार उनीहरू पराजित भए।
    प्रतिपक्षी दलहरूको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठले २६२१ मत ल्याए भने महासचिव न्यौपानेले २३६७ मत ल्याएका थिए। जबकि सत्ता गठबन्धननिकट अध्यक्षका उम्मेदवार मिश्रले पाँच हजार ५२ र महासचिव कोइरालाले ४८७४ मत ल्याएका थिए।

  • हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध

    सुर्खेत । ‎‎बुधवार रातिदेखि कर्णालीमा विद्युत् सेवा अवरुद्ध भएको छ। ‎
    विद्युत् प्राधिकरण कार्यालय सुर्खेतका अनुसार हावाहुरीसहितको वर्षाका कारण कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएका छन्।‎‎‎कहाँ क्षति भएको छ भन्ने विषयमा खोजी कार्य भइरहेको छ । ‎अहिलेसम्म क्षतिग्रस्त स्थान पत्ता नलागेका कारण विद्युत् सुचारु हुन समय लाग्ने प्राधिकरणले जनाएको छ ।

    (more…)