Blog

  • शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरेर गोली प्रहार

    काठमाडौँ : कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ ।

    बिहीबार राती साढे ११ बजे चौधरीलाई लक्षित गरी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

    अध्यक्ष चौधरीलाई लक्षित गरी कपिलवस्तुको मायादेवी गाउँपालिका-१ स्थित आफ्नै घरको परिसरमा शौचालय गएर फर्किने क्रममा गोली हो ।

    घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको छ प्रहरीले जानकारी दिएको छ । अध्यक्ष चौधरी भने सकुशल छन् ।

    घटनाबारे अनुसन्धान भइरहेको छ ।

  • महिला स्वास्थ्य स्वयंसेवीको माग बजेटमा सम्बोधन गरिने मन्त्री भण्डारीको प्रतिबद्धता

     

    सुर्खेत । कर्णालीका सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी)को मागलाई बजेटमा सम्बोधन गरिने बताएका छन् । सेवाको कदर हुनेगरी बजेट तथा कार्यक्रममा सम्बोधन गरिने प्रतिबद्धता जनाए ।

    बिहीबार मन्त्री भण्डारीलाई माग तथा सुझाव पेस गर्न पुगेका नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)मा आवद्ध सुर्खेतस्थित स्वयंसेवीहरूसँग छलफल गर्दै नागरिकको स्वास्थ्य उपचार तथा प्रवर्द्धनमा स्वयंसेवीहरूको भूमिका उल्लेखनीय रहेको बताए । राज्यका निकायबाट कदर हुन नसकेको बारेमा म जानकार भएको छु, उनले भने, त्यसका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मेरो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको छ । कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम् पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास छ । मन्त्री भण्डारीले कर्णाली प्रदेशस्थित स्वास्थ्यसम्बन्धी कार्यक्रममा स्वयंसेवीलाई सहभागिता गराउँदा न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिईएको समेत जानकारी दिए ।

    स्वयंसेवीहरुले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूको जीवनलाई टेवा दिन प्रतिवर्षको ३० हजारको दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्चबापत २० हजारबराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदनबापत सात हजार रूपैयाँ उपलब्ध गराउनुपर्नेलगायतका माग तथा सुझाव पेस गरेका छन् ।

  • कांग्रेस-एमालेका नेतासँगको संवादपछि मलाई बोल्न सजिलो भयो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली नेतृत्वको सरकार दीर्घकालसम्म टिक्न नसक्ने राजनीतिक आँकलन प्रस्तुत गरेका छन् । रुपन्देहीमा आयोजि
    उनका अनुसार, यो धारणा कुनै कुण्ठाको परिणाम नभई विगत केही समयदेखि नेपाली कांग्रेस र एमालेका नेताहरूसँग भएका संवाद र राजनीतिक विश्लेषणको निष्कर्ष हो । उनले आफूलाई सरकारबाट बाहिर भएको झोकमा यस्तो टिप्पणी गरिएको भन्ने एमालेको प्रचारप्रति असन्तुष्टि जनाउँदै स्पष्ट पारे, ‘मलाई कुनै कुण्ठा छैन । म विशुद्ध राजनीतिक विश्लेषणको आधारमा बोलेको हुँ ।’
    पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारको पारदर्शिता अभाव र दलाल, बिचौलियाको चलखेलले जनतामा निराशा बढेको बताए । ‘यो सरकार जनअपेक्षाअनुसार चलेको छैन। जनता यसबाट केही आशा गर्न सक्दैनन्,’ उनले भने ।
    उनले माओवादी केन्द्रलाई सरकारमा सहभागी हुने हतारो नभएको बताए । उनले भने, ‘हामी सरकारमा जान चाहन्छौँ भन्ने कुरा होइन । तर यो सरकार रहिरहोस् र जनताले दुख पाइरहुन भन्ने चाहना पनि छैन ।’
    झापा देखि रुपन्देहीसम्मको यात्रामा माओवादी पार्टीप्रति जनताको विश्वास अझै कायम रहेको उल्लेख गर्दै उनले माओवादी केन्द्र अहिलेको सरकारलाई ढाल्ने उद्देश्य लिएर नहिँडेको पनि स्पष्ट गरे ।

  • नीतिगत कुरामा एमाले एकदमै स्पष्ट छ : प्रधानमन्त्री

    काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि एमाले कस्सिएर अघि बढेको दाबी गरेका छन्।
    बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
    उनले भने ,‘अगुवाइ गर्न नेकपा एमाले कस्सिएको पनि छ। गरिरहेको पनि छ। नीतिगत कुरामा नेकपा एमाले एकदमै स्पष्ट छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक प्रश्नमा नेकपा एमाले स्पष्ट छ। राष्ट्रि नीति के गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट छ।’
    संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट उनले पारे।
    सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने उनको भनाइ छ।
    ओलीले माओवादीले देशमा अनावश्यक ढङ्गले गन्तव्यविहिन हिंसा मच्याएको आरोप समेत लगाएका छन्।
    उनले भने, ‘हाम्रा देशमा एउटा यस्तो समय आयो, अनावश्यक ढङ्गले हिंसा प्रारम्भ गरियो। हिंसा नै मच्याउनुपर्ने कुनै कारण थिएन। त्यो हिंसा कुनै ठोस गन्तव्यमा पुग्नेवाला पनि थिएन, त्यो अलिक समय नेपाली जनताका लागि त्रासपूर्ण र बुद्ध भूमि र शान्ति भूमि भनेर चिनिने ठाउँ अकारण अशान्तिको रूपमा परिणत भयो। त्यसको मारेमा सबैभन्दा धेरै सेना प्रहरी नै परे। सेना प्रहरी मात्रै परेनन् उनीहरूको परिवार पनि पीडादायिक प्रभाव रह्यो।

  • भीमा गुरुङ बलामीको मृत्यु प्रकरणमा एक वर्षपछि फैसला, परिवारलाई १५ लाख क्षतिपूर्ति

    सुर्खेत । एक वर्षअघि (०८० चैत्र २९)कर्णाली प्रदेश अस्पतालमा डाक्टरको लापरबाहीका कारण मृत्यु भएकी २२ वर्षीय भीमा (रिजुका) गुरुङ बलामीको विषयलाई लिएर परेको मुद्दामा सुर्खेत जिल्ला अदालतले एक वर्षपछि फैसला गरेको छ ।

    मृतकको पति र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने ठहरी फैसला भएको अदालतका सूचना अधिकारी उज्जलदेव रावलले बताए । अधिवक्ता शेरबहादुर खत्रीको रोहबरका भीमाका जेठाजु नाता पर्ने धनबहादुर मगरले ०८१ वैशाख १७ गते प्रदेश अस्पताल र अस्पतालका तत्कालीन निर्देश डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजङ्ग शाहीविरुद्ध अन्तरकालीन माग गर्दै मुद्दा दायर गराएका थिए । उनले उपचारका क्रममा भएको त्रुटि, हेलचेक्राईं र लापरबाहीबाट नै मृत्यु भएको भन्दै क्षतिपूर्ति भराई पाउँ भनेर मुद्दा दिएका थिए । त्यसको ठिक एक वर्षपछि बुधबार न्यायाधीश दीपक ढकालले प्रतिवादीहरूबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराई पाउने ठहरी फैसला गरेका हुन् ।

    पश्चिम दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीय भीमा सामान्य पेट दुखेको भन्दै उपचारका लागि प्रदेश अस्पताल पुगेकी थिइन् । उनी सामान्य चेकजाँचका लागि मात्रै सुर्खेत आएकी थिइन् । वीरेन्द्रनगरको एक निजी अस्पतालमा सामान्य चेकजाँच गराउँदा पाठेघरमा केही समस्या भएको देखियो । त्यस पश्चात् उनी देशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल जाने निधो गरिन् । ८० चैत्र २९ गते बिहानै उनी अस्पताल भर्ना भएकी थिइन् । हिँडेर आफैँ अस्पताल पुगेकी थिइन्, भीमा । अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदाका बखत पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकहरूले जानकारी दिए । भीमाको पेटमा केही महिनाको बच्च समेत थियो । पाठेघरलाई सफा गर्नुपर्ने भयो । अप्रेसन गरेर सफा गर्दै गर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।

    भीमाका आफन्त बाहिर बसिरहेका थिए, एक्कासि डाक्टरले शव बुझ्न भनिदिए । त्यसपछि परिवारहरू चकित परे । हिँडेर अस्पताल गएकी भीमाको एक्कासि शव बुझ्न भन्दा पत्याउन सकिने कुरै थिएन, भीमाका जेठाजु धनबहादुर मगर भन्छन् । अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो । उनका अनुसार परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरियो । आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण नै उनको मृत्यु भएको भन्दै आन्दोलन गरे । भीमाको मृत्यु भएसँगै अस्पताल परिसर २० दिनसम्म तनावग्रस्त बन्यो । भीमाको ७ महिने दुधे छोरी थिइन् ।

    सामान्य पेट दुखाई सम्बन्धी समस्या भई हिँडेर अस्पताल पुगेकी उनको डाक्टरहरूको लापरबाहीकै कारण मृत्यु भएको पीडित परिवारको उनीहरूको भनाइ थियो । भीमाको शव झण्डै एक महिनापछि मात्रै अस्पतालबाट लिएर जलाएका थिए, परिवारले । पीडित परिवारले उचित क्षतिपूर्तीसहित छानबिनको माग गर्दापनि सम्बन्धित निकायले सुनुवाइ नगरेपछि उनीहरू अदालत गएका थिए । प्रदेश अस्पतालमा यस्ता थुप्रै घटनाहरू घट्दै आएपनि अनुसन्धान हुने गरेको थिएन् ।

  • शिक्षामा रूपान्तरण आवश्यक : मन्त्री भण्डारी

    सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शिक्षा प्रणालीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताएका छन् ।

    बुधबारदेखि वीरेन्द्रनगरमा आयोजित कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन सत्रमा बोल्दै भण्डारीले ढुङ्गे युगदेखि सूचना प्रविधिको युगमा प्रवेश गर्दा पनि सोही अनुरुप शिक्षामा बढोत्तरी परिवर्तन हुन नसकेको बताए । उनले अब शिक्षा प्रणालीलाई उत्पादनसंग जोड्न आवश्यक रहेको उल्लेख गर्दै शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

    आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा नै अहिले चौतर्फी वितृष्णा जागेको उनको भनाइ छ । विद्यार्थी भर्ना अभियानको समयमा शिक्षक हरु आन्दोलनमा छन्, उनले भने, संघीय सरकारले जायज मागलाई सम्बोधन गरी शिक्षकलाई आन्दोलनबाट फर्काउन आग्रह गर्छु ।

  • जुम्लाका चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित

     

     

    जुम्ला ।  जुम्ला गुठिचौर गाउँपालिका ३ मा रहेको सुर एण्ड सुपुन्ना अर्गानिक होटेलका सञ्चालक चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित भएका छन् ।

    लामो समयदेखि विभिन्न देशमा सेफको काम गरी आफ्नै जन्म थलोमा कर्म गरी रहेका बुढा ग्लोबल नेपाली सेफ अवार्ड २०२५ बाट सम्मानित भएका छन्।पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीको हातबाट बुढा सम्मानित भएका हुन् । विदेशमा गएर सिकेको सिप उनले आफ्नै जन्मभूमिमा कार्यान्वयन गरिरहेभका छन् । पछिल्लो समय जुम्ला बजार लगायत अन्य ठाउँमा हुने होटेल व्यवसाय गर्न चाहानेलाई बुढाले सेफको तालिम दिँदै आइरहेका छन् ।

    त्यो सबै उनको योगदानको कदर गर्दै बुढालाई ग्लोबल नेपाली सेफ अवार्ड प्रादन गरिएको छ । चित्र बुढा गुठिचौर ३ गज्र्याङ्गकोट गाउँका एक सामान्य परिवारबाट हुर्केका छन् । उनले आफ्नो जन्म थलोमा रोजगारको अवसर नपाए पछि विदेश गएका थिए । झण्डै १० वर्षसम्म कतार, दुबई र बराइन लगायतका देशमा सेफको रूपमा काम गरेको अनुभव बुढाँसग छ । लामो समयसम्म उनले गरेको मेहनतले आज बुढालाई खुसि बनाएको छ । उनले गरेको योगदान र तपस्याले गर्दा देश भित्र तथा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा कान्छो सेफका रूपमा सम्मानित भएका छन् ।

    काम भनेको कुनै सानो ठुलो हुँदैन्, उनले भने, विदेशबाट फर्के पछि आफ्नै जन्म थलोमा केही गर्ने हुटहुटीका साथ अर्गानिक होटेल स्थापना गरेको छु । होटल व्यवसायमा संलग्न हुने युवालाई सिप सिकाउन तयार छु । उनले विदेशमा सिकेका सिप अहिले जुम्ला जिल्लाको सुन्दर पर्यटकिय स्थल गुठिचौर हुँदै छिमेकी जिल्ला डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई देखाइ रहेका छन् ।

  • सेवा शुल्क तय गर्न स्वतन्त्र विज्ञ समिति गठन हुन्छ : श्रममन्त्री

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिने सेवा शुल्क तय गर्न स्वतन्त्र उच्चस्तरिय विज्ञ समिति गठन गर्न लागिएको बताए ।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै श्रममन्त्री भण्डारीले सेवा शुल्क निर्धारण गर्न विज्ञ समितिले सिफारिस गर्ने बताएका हुन् ।

    वैदेशिक रोजगार व्यवसायीले एक महिना तलब बराबरको सेवा शुल्क लिन पाउने माग गर्दै आएका छन् । सरकारले २०७० मा सेवा शुल्कबापत १० हजार रूपैयाँ लिन पाउने निर्णय गरेको थियो ।

    श्रममन्त्री भण्डारीले स्वतन्त्र विज्ञ समितिले सिफारिस अनुसार सेवा शुल्क निर्धारण हुने बताए ।

    उनले संस्थागत रूपमा श्रमिक पठाउन रोकिएको युरोपको मागपत्र प्रमाणीकरण एक महिनाभित्र सुरू गर्ने बताए ।