काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजनीतिक दल
हरूलाई नगद चन्दा संकलनमा रोक लगाउन सुझाव दिएको छ ।
दलले निश्चित सर्त र सीमाको अधिनमा रहेर बैंकिङ प्रणाली प्रयोग गरी चन्दा लिन पाउने व्यवस्था गर्न समेत आयोगले सुझाव दिएको छ ।
पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले शुक्रबार उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा निर्वाचनका बेला भने कुनै पनि उम्मेदवारले चन्दा लिन नपाउने व्यवस्था गर्न समेत भनिएको छ ।
निर्वाचनमा उम्मेदवार हुने व्यक्तिले व्यक्तिगत सम्पत्ति प्रयोग गरेर वा व्यक्तिगत चन्दा उठाएर निर्वाध खर्च गर्न पाउने व्यवस्थाले निर्वाचित भइसकेपछि लगानी गरेको रकम जुनसुकै तवरबाट उठाउन प्रयत्न गर्ने भन्दै यस्तो आर्थिक स्रोतको समेत नियमन गर्न आयोगले सुझाव दिएको छ ।
संघीय सरकारले निर्वाचन आयोगमार्फत गरिदिने उम्मेदवारको अतिरिक्त कुने दलसँग आवद्ध उम्मेदवारलाई दलले आफ्नो कोषबाट निर्वाचन आयोगले तोकेको सीमा नबढ्ने गरी प्रचार खर्च भने दिन सक्ने प्रावधान ल्याउन समेत सुझाव दिइएको छ । सबै राजनीतिक दलले आफ्नो आम्दानी र खर्चको विवरण त्रैमासिक रुपमा निर्वाचन आयोगमा पठाउनु पर्ने र निर्वाचन आयोगले वेवसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाउन समेत आयोगले सुझाव दिएको छ । सबै राजनीतिक दलको स्रेस्ताको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने कानूनी व्यवस्था गर्न समेत आयोगले भनेको छ ।



बार बिहानमात्र चिकित्सकको टोलीलाई बिदाइ गरिएको बताए । एकरएक पाइला फाउन्डेसनसँग समन्वयपछि नरहरिनाथ गाउँपालिकाको विकट बस्तीका नागरिकलाई पहिलो पटक ३२ जना विशेषज्ञ टोलीलाई स्वास्थ्य सेवा दिन सफल भएको पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । शिविर यति प्रभावकारी होला भनेर मैले पनि सोचेको थिइन्ँ, उनले भने, काठमाडौंमा पाइने स्वास्थ्य सेवा गाउँमै पाउँदा नागरिक पनि खुशी छन् । उनले नरहरिनाथका बासिन्दाका लागि आगामी दिनमा पनि यस्तै खालका विशेषज्ञ स्वास्थ्य सेवा दिन गाउँपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता गरे । योगी नरहरिनाथ आधारभूत अस्पतालबाट प्राप्त जानकारीअनुसार अत्याधुनिक उपकरणसहित आएको विशेषज्ञ टोलीले १५ प्रकारका सेवा दिएको छ । शिविरमा ७ सय ९९ जनाको आँखा परीक्षण गरिएकोमा १ सय १ जनाको शल्यक्रिया गरिएको छ । ६ वर्षदेखि दुवै आँखा बन्द भएकी नरहरिनाथ–६ माल्कोटकी ६६ वर्षीया मना विश्वकर्माले ज्योति फर्किएकोमा खुशी हुँदै साँच्चिकै गाउँमा सरकार पुगेको महसुस भएको बताइन् ।
काठमाडाैं । काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन गराएर फरार दुर्गा प्रसाईंलाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ ।
