Blog

  • आन्दोलनको ४८औँ दिनमा अर्थ मन्त्रालय र धितोपत्र बोर्डका कर्मचारीबीच सहमति

    आन्दोलनको ४८औँ दिनमा अर्थ मन्त्रालय र धितोपत्र बोर्डका कर्मचारीबीच सहमति

    विगत ४८ दिनदेखि चरणबद्ध आन्दोलनामा रहेका नेपाल धितोपत्र बोर्डका कर्मचारी र अर्थ मन्त्रालयबीच सहमति भएको छ । आइतबार मन्त्रालयमा बसेको बैठकले कात्तिक मसान्तभित्र कर्मचारीहरूको माग पूरा गर्ने सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएको नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले  जानकारी दिए ।
    उनले भने, ‘हामीले राखेको माग कात्तिक मसान्तसम्म पूरा गर्ने सहमति भएसँगै काममा फर्किन तयार भएका हौँ । तथापि, सबै आन्दोलनका कार्यक्रम फिर्ता हुँदैनन् । ८–१० दिनको समयसम्म ‘पेन डाउन’ कार्यक्रम फिर्ता लिने तर बोर्डमा चलिरहेको निरन्तरको धर्ना कार्यक्रम भने जारी राखिनेछ ।’
    कर्मचारीको सेवा सुविधा र बोर्डको स्वायतताको मुद्दालाई लिएर आन्दोलित भएका कर्मचारीहरूले यी माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । आइतबार मन्त्रालयसँग कात्तिक मसान्तसम्ममा समस्याको समाधान गरिसक्ने सहमति भएको र यसलाई लिखित रूपमै गर्न लागिएको अध्यक्ष ढुंगानाले जानकारी दिए । यस लगत्तै धितोपत्र बोर्डका कर्मचारीहरू नियमित काममा फर्किने पनि उनले जानकारी दिए ।

  • जेन–जी मुभमेन्ट अलायन्सले बालेनलाई भन्यो– सुकुम्बासीमाथि दम्भ नदेखाऊ

    जेन–जी मुभमेन्ट अलायन्सले बालेनलाई भन्यो– सुकुम्बासीमाथि दम्भ नदेखाऊ

    जेन–जी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै उत्पीडित जनतामाथि दम्भ नदेखाउन आग्रह गरेको छ।
    अलायन्सले जारी गरेको विज्ञप्तिमा स्थानीय सरकारले पर्याप्त अध्ययन र सहमतिबिना बस्ती हटाउने तयारी गरेकोमा चिन्ता व्यक्त गरेको छ। न्यायपूर्ण र सहमतिको व्यवस्थापन गर्न अलायन्सको अनुरोध छ।
    ‘सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौं महानगरपालिकाले उदाहरण प्रस्तुत गरोस्। निहत्था, उत्पीडित जनताहरू माथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाओस्,’ विज्ञप्तिमा भनिएको छ।
    त्यस्तै, अलायन्सले महानगर क्षेत्रभित्र रहेका बस्तीहरूबारे यथार्थ विवरण र तथ्यांक सार्वजनिक गर्न पनि आग्रह गरेको छ।
    ‘नक्कली र सक्कली सुकुम्बासी भनी विभिन्न बहसहरू हुने गरेको पनि पाइन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले यदि अध्ययन गरिएको छ भने त्यसको प्रतिवेदन र तथ्यांक सार्वजनिक गर्नुपर्छ।’

  • राजीनामाको दबाबपछि ‌गृहमन्त्रीस् : ‘शुद्ध चित्तले कर्म गरिरहनेबाहेक अरु विकल्प हुँदैन’

    राजीनामाको दबाबपछि ‌गृहमन्त्रीस् : ‘शुद्ध चित्तले कर्म गरिरहनेबाहेक अरु विकल्प हुँदैन’

    जेन–जीलगायतले राजीनामाका लागि दबाब दिन थालेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो धारणा सार्वजनिक गरेका छन् । गृहमन्त्री अर्यालले आज सामाजिक सञ्जालमार्फत शुद्ध चित्तले कर्म गर्नुको विकल्प नभएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गरौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक हामीसँग अरु विकल्प हुँदैन ।’
    उनले पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डोरÞ्याउने सरकारको अभिभारालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्रीको कामप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन् ।भने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका विश्वासपात्र भिक्टोर पौडेलले पनि केही दिनअघि गृहमन्त्री अर्याललाई हटाउन सामाजिक सञ्जालमा ट्रेन चलाउनुपर्ने तर्क सार्वजनिक गरेका थिए । जेन–जी आन्दोलनमा राज्यको तर्फबाट दमन भएकोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखककलाई पक्राउ गर्नुपर्ने उनीहरूको अडान छ ।

  • प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दा पक्राउ, कोठामा भेटयो लुटिएका सामान

    प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दा पक्राउ, कोठामा भेटयो लुटिएका सामान

    नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। भदौ २४ गते प्रहरी प्रभाग कपनमा लुटपाट गरेको ट्र्याकसुट लगाएर हिँडेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
    प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आइतबार बिहान ७ बजे २२ वर्षीय अमृत साउँदलाई फेला पारेका थिए। अछाम मल्लेक गाउँपालिका–७ घर भएका उनी काठमाडौंको कपनमा बस्दै आएका थिए। प्रहरीको ट्र्याकसुट लगाएर हिँडिरहेको अवस्थामा फेला परेपछि प्रहरी उनको डेरामा पुगेको हो।
    डेरामा पुगेर तलासी लिँदा प्रहरी प्रभाग कपनबाट लुटिएका कम्प्युटर, सिपियू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार फेला परेको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

  • नयाँ पार्टी गठन गर्ने तयारीमा जनार्दन, यी हुन् उनको पक्षमा उभिने नेताहरु

    नयाँ पार्टी गठन गर्ने तयारीमा जनार्दन, यी हुन् उनको पक्षमा उभिने नेताहरु

    नेकपा माओवादी केन्द्रले दश पार्टीसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी नामकरण गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाको यही निर्णयमा अन्तरविरोध जनाउँदै अलग्गिएका जनार्दन शर्माले प्रगतिशील अभियान घोषणा गरेका छन् । माओवादीमा तत्कालीन उपमहासचिव जनार्दन शर्माले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् ।
    ४० वर्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेर पार्टीको काम गरेका शर्माले अन्तिममा पार्टी एकता प्रक्रियामा सहमति जनाएनन् । उनले गत आइतबार नै प्रचण्डसँग सम्बन्ध तोड्दै प्रगतिशिल नेपाल अभियान घोषणा गरेका थिए । उनको यो अभियानलाई सुरुमा साथ दिने नेताहरुमा माओवादीका तत्कालीन सचिव राम कार्की र स्थायी समिति सदस्य अञ्जना विशंखे थिए ।
    यही १९ कात्तिकमा माओवादीको महाधिवेशन आयोजक समितिको अन्तिम बैठक काठमाडौंको प्रज्ञा भवनमा बसेको थियो । शर्मा र कार्कीले ललितपुरको बुखुण्डोलमा पत्रकार सम्मेलन गरेर अभियानको सुरुवात गरेका थिए । उनको अभियानमा सुरुको दिनमा साथ दिने कोही नभए पनि बिस्तारै उनको अभियानमा पूर्वमाओवादी नेताहरु जोडिन थालेका छन् ।
    शर्माको अभियानसँगै उनको पार्टी गठन प्रक्रियामा कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म सहभागी हुँदैछन् । उनीहरुले जनार्दनलाई साथ दिने निर्णय गरेका छन् । उनीसँग माथिल्लो तहमा प्रभाव राख्ने राम कार्की, सुदन किराँती, अञ्जना विशंखे, जगप्रसाद शर्मा जोडिएका छन् ।
    जनार्दनको साथमा उनका बहिनी नारायणी शर्मा रहेकी छन् । उनी दाप्रतिनिधि सभा सदस्य थिईन् । यस्तै कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पनि उनको साथमा छन् । कर्णालीकै पूर्व कृषिमन्त्री भिमप्रकाश शर्मा पनि जनार्दनको साथमा छन् । राजकुमार रुकुम पश्चिमका हुन् भने भिमप्रकाश सल्यानका हुन् ।
    अन्य नेताहरु पुष्प न्यौपाने, सन्तोष विष्ट, पदमराज जोशी, ओमप्रकाश पुन, शिवकुमार मण्डल, अशोक जयसवाल, उमेश यादव, भगत बडुवाल, टेकेन्द्र भट्ट, दीपक साउद, विमला सिंह, भीमबहादुर मल्ल, रामप्रसाद न्यौपाने, प्रतिभा केसी, मनऋषि धितालले पनि उनलाई साथ दिएका छन् ।
    जनार्दनको साथमा उभिने अनुमान गरिएका रुकुमकै केही माओवादी नेताहरु भने प्रचण्डाको पार्टी एकता गर्ने निर्णयको पक्षमा उभिएका छन् । माओवादीका कर्णाली प्रदेश अध्यक्ष विमला केसी प्रचण्डको पक्षमा उभिएकी छन् । उनी यसअघि कर्णाली प्रदेश सभा सदस्य तथा कृषि मन्त्री भएकी थिईन् । केसी २०७० सालको संविधान सभामा सदस्य थिईन् ।
    रुकुम पश्चिमै गोपाल शर्मा पनि प्रचण्डकै पक्षमा उभिएका छन् । जनार्दन गृहमन्त्री हुँदा उनको स्वकीय सचिव भएका शर्मा २०७४ को प्रदेश सभा निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य भएका थिए । उनी प्रदेशको अर्थमन्त्री समेत भईसकेका छन् । जनार्दनका निर्वाचन अभियानमा पनि निरन्तर साथ दिईरहने उनले अन्तिममा ‘राजनीतिमा स्वनिर्णय लिने स्वतन्ता भएको’ भन्दै अलग भएका छन् ।
    माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविनद रोका (सचिन) पनि अन्तिममा प्रचण्डको पक्षमा उभिएका छन् । उनी जनार्दनका निकट पात्रमध्येका एक हुन् । उनी जनार्दन अर्थमन्त्री हुँदा सल्लाहकार पनि थिए । यसअघि कर्णाली प्रदेशको अर्थमन्त्री भईसकेका रुकुम पश्चिमकै महेन्द्र केसीले पनि जनार्दनलाई साथ दिएनन् ।
    कर्णाली प्रदेशबाट तत्कालीन माओवादी केन्द्रमा प्रभाव राख्ने कर्णाली प्रदेशका नेताहरु कालीबहादुर मल्ल, शक्ति बस्नेत, महेन्द्रबहादुर शाही, सत्या पहाडी लगायतका नेताहरु पनि प्रचण्डकै पक्षमा उभिएका छन् । केन्द्रमा जनार्दन र प्रचण्डबीचको अन्तरविरोधलाई गुटका रुपमा हेरिएको थियो । केन्द्रमा प्रचण्ड–जनार्दन गुट भएपनि कर्णालीमा भने शक्ति–जनार्दन गुट थियो । शक्ति बस्नेतले कर्णालीमा प्रचण्ड गुटको नेतृत्व गर्दा जनार्दन केन्द्र र कर्णालीमा एक्लै हाबी भएका थिए ।

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार गुलरिया–७ का ३० वर्षीय विकास यादवको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लले बताए ।
    राजापुर नगरपालिका–१० स्थित जोगीपुर हुलाकी सडक खण्डमा राजापुर हुँदै गुलरियातर्फ आइरहेको लुप्र ०३००१ प ४१५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
    मोटरसाइकल चालक गुलरिया–७ का ३६ वर्षीय रामदत्त सोनीको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज रिफर गरिएकामा उक्त अस्पतालले यहाँ उपचार सम्भव नभएपछि लखनउ रिफर गरेको गुलरिया–७ का वडाध्यक्ष मनोजकुमार यादवले बताए ।

  • ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद

    ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद

    जिल्ला प्रहरी कार्यालय हुम्लाले एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा नियन्त्रणमा लिएको छ । चिनको ताक्लाकोबाट हिल्सा नाका भएर भित्रिएको चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।
    यही महिनाको १९ गते जिल्ला प्रहरी कार्यालय हुम्लाको डिएसपी शंकर पोखरेलको नेतृत्वमा खटिएको टोलीले नाम्खा गाउँपालिकाका विभित्र स्थानबाट ३५१ कार्टुन र शुक्रबार बेलुका नाम्खा गाउँपालिका–३ को लामा खोल्सीबाट ४०२ कार्टुन गरी ७५३ कार्टुन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
    नियन्त्रणमा लिएको चिनियाँ मदिराको बजार मूल्य ३७ लाख ६ हजार ५०० रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए । ७५३ कार्टुनभित्र ९ हजार ३६ बोतल रहेको डिएसपी पोखरेलको भनाइ छ । विशेष सूचनाका आधारमा प्रहरीले जनप्रतिनिधि सुरक्षा, पत्रकारहरूको रोहबरमा छापा हानेको बताए ।

  • हट्यो खानेपानीका लागि खोला धाउनुपर्ने बाध्यता

    हट्यो खानेपानीका लागि खोला धाउनुपर्ने बाध्यता

    जुम्लाको सिँजा गाउँपालिकामा अधिकांश घरहरुका धारामा खानेपानी आउन थालेपछि स्थानीय उत्साहित भएका छन् । नदी, नाउला र खोलाबाट गाग्रीमा भरेर ल्याएको पानीले काम चलाउनुपर्ने सिँजाबासीले अहिले घरमै धारामा आउने पानी भर्न पाएका छन् । ‘घर–घरमा धारा पुगिसकेका छन्, अब धाराहरुको रेखदेख र संरक्षणको आवश्यकता छ, यो स्थानीयले आफैंले गर्नुपर्ने देखिन्छ ।’ सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने ।
    सिँजाको तथ्यांक अनुसार एक हजार ६४ घरमा खानेपानी धारा पुगेको छ । ‘स्थानीयले खानेपानीको अभावले दशकौंदेखि कठिन जीवन बिताइरहेका थिए,’ अध्यक्ष, ‘धितालले भने, ‘अब खानेपानीकै लागि समस्या भोगिरहनु पर्दैन ।’ सिँजाको मुख्य बजारदेखि दुर्गम भुलभुली सम्म, धितालिही देखि जोडु, भाडगाउँ सम्मका स्थानीय सुरक्षित खानेपानीको पहुँचमा पुगेका छन् । विद्यालय, स्वास्थ्यचौकी र हरेक सार्वजनिक स्थानमा खानेपानीका धारा राखिएका छन् ।
    जसले पानीको प्यास मेट्न मात्रै नभइ स्वास्थ तथा सरसफाइका काममासमेट टेवा पु¥याएको छ । सिँजाका डिग्रा, जाँच गाउँका २१४, विष्टबाडा ८५, नराकोट १५२, फुंग्रमा ११९, गडापानीमा ४९४, धितालिहीमा ६४, फार्सेबाडामा १३०, गोरामा १८८, रुघागाउँमा ५४, जोडुमा ११०, चुलेलगाउँमा ८८, धापामा २७ र भुलीमा २२ धारा बनेका छन् ।
    सिँजाले खानेपानी तथा सरसफाइलाइ प्राथमिकतामा राखेर काम गरेको छ । खानेपानीको क्षेत्रमा सुस्वा परियोजनाले साथ दिएको थियो । सुस्वा परियोजनाका प्रमुख मञ्जु थापाले खानेपानीका क्षेत्रमा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजित मूल्यांकन कार्यक्रममा २८ स्थानीय तहमा सिँजा पहिलो स्थान ल्याउन सफल भएको प्रतिक्रिया दिए । सिँजाले खानेपानीको क्षेत्रमा कुल बजेटको २६ प्रतिशत बजेट लगानी गरेको छ । संघीय सरकारको अनुदान, फिनल्याण्ड सरकार र युरोपियन युनियनको सहकार्यमा सिँजाले खानेपानीका क्षेत्रमा काम गरेको थियो ।

  • भूकम्पपछिको पुनर्निर्माणमा सुस्त गति

    भूकम्पपछिको पुनर्निर्माणमा सुस्त गति

    जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको दुई वितिसकेको छ । २०८० कार्तिक १७ गते जाजरकोटसँगै रुकुम पश्चिम र सल्यानमा ठूलो जनधनको क्षति हुने गरी गएको भूकम्पपश्चात राहत तथा पुनर्निर्माणको कामले भने गति लिएको छैन । भूकम्पमा परी जाजरकोट, रुकुम पश्चिम र सल्यानका गरेर १ सय ५७ जनाले ज्यान गुमाएका थिए भने सयौं सर्वसाधारण घाइते भएका थिए । भूकम्प गएको दुई वर्ष पुग्दा समेत यहाँका पीडित अहिलेसम्म पनि पुनःनिर्माणको पर्खाइमा टहरामै बस्न बाध्य छन् ।
    ‘भूकम्प गएको दुई वर्ष पुग्दासम्म पनि हाम्रो बसोबास टहरामै छ, सरकारले आश देखायो तर हाम्रो पिरमर्का बुझेन,’ आठविसकोट नगरपालिका–६ का भूकम्पपीडित महेन्द्र सत्यालले भने, ‘खाली फारम भर्न लगाउने, यो गर्छौं र त्यो गर्छौं भन्ने तर नगर्ने सरकारको भर हामी कहिलेसम्म पर्ने ?’ ्आफूहरु यसरी कहिलेसम्म टहरामा बस्ने भन्ने चिन्तामा रहेको उनले बताए ।
    जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको तथ्यांक अनुसार रुकुम पश्चिममा कुल ३४ हजार ९९७ प्रभावित घर–परिवारलाई लाभग्राही कायम गरिएको थियो । हालसम्म ३१ हजार ९ सय ३१ लाभग्राहीले अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरेर २५÷२५ हजारका दरले प्रतिघर–परिवार ५० हजार रकम प्राप्त गरेका छन् भने बाँकी १ हजार ६५ लाभग्राही पहिलो किस्ताको रकम पाए पनि दोस्रो किस्ताका लागि योग्य नभएको बताइएको छ ।
    यसपछि विस्तृत क्षति आकलन (डीडीए) गरेर यसैमध्येबाट क्षतिको मूल्यांकन गरी प्रवलीकरण, पुनःनिर्माण अथवा पुनःस्थापना के गर्ने भनेर वर्गीकरण गरेपछि सम्झौता गरेर बाँकी काम अगाडि बढाइनुपर्ने हो । तर, यो कामले अपेक्षित गति लिन नसकेको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले बताए । ‘पीडितले हामीलाई घर कहिले बनाइदिने हो भनेर सोध्छन, हामीसँग त्यसको जवाफ छैन,’ अध्यक्ष विष्टले भने, ‘पहिला कार्यविधि आउन समय लाग्यो, त्यसपछि डीडीएको काम पनि ढिला गरी भयो, त्यसपछिको बाँकी काम पनि ढिला भइरहेको छ ।’
    रुकुम पश्चिमका कुल ३० हजार ८ सय ५० लाभग्राहीको डीडीए गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिबाट अनुमोदन भई स्विकृत भएका लाभग्राहीको संख्या हालसम्म ४ हजार ६ सय ७ रहेको प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले जानकारी दिए । ‘डीडीए सम्पन्न भइसकेका लाभग्राहीलाई यथाशक्य जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट अनुमोदन भई स्विकृत गर्ने काम हामीले गरिरहेका छौं,’ प्रजिअ थानी भन्छन्, ‘तर स्थानीय तहबाटै सूचना प्रणालीमा प्रविष्ट गर्ने काम नै ढिला भइरहेको छ ।’
    डीडीए भएकामध्ये अहिलेसम्म जम्मा ४ जनाको मात्रै पुनर्निर्माणका लागि सम्झौता गरिएको छ । जबकि, डीडीए भएकाको संख्याका आधारमा यो नगन्य संख्या हो । अब पुनर्निर्माणका लागि डीडीएमा परेका लाभग्राही नै अन्तिम भएको भए पनि निर्धारित समयभन्दा ढिला गरी स्थानीय तहबाट पेस गरिएका २ हजार १ लाभग्राहीले पहिलो किस्ता पनि पाउन सकेका छैनन् । साथै विविध कारणले डीडीए हुन छुट भएका लाभग्राहीको विवरण सम्बन्धित स्थानीय तहबाट माग गरी डीडीएका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
    सुरुमा उद्दार, राहत र केही अस्थायी आवास निर्माण लगायतका काममा आफूहरुले सकेको काम गरेको भन्दै आठविसकोट नगरपालिकाका प्रमुख रवि केसीले पुनर्निर्माणको काम सबै संघीय सरकारको भएकाले छिटोभन्दा छिटो यसलाई अघि बढाउन अनुरोध गरे । ‘हामीले स्थानीय सरकारका तर्फबाट सकेको गरिरहेका छौं । तर समस्या समाधानका लागि संघीय सरकारले प्राथमिकताका साथ काम गर्नुप¥यो,’ उनले भने । दुई वर्षसम्म झरी, हुरी, बादल र गर्मी टहरामै खपेका पीडितहरु यसप्रकारको सास्ती, पुनर्निर्माणको गतिका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।