प्रहरीको ट्रयाकसुट लगाएर हिँड्दा पक्राउ, कोठामा भेटयो लुटिएका सामान

नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका व्यक्ति लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। भदौ २४ गते प्रहरी प्रभाग कपनमा लुटपाट गरेको ट्र्याकसुट लगाएर हिँडेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आइतबार बिहान ७ बजे २२ वर्षीय अमृत साउँदलाई फेला पारेका थिए। अछाम मल्लेक गाउँपालिका–७ घर भएका उनी काठमाडौंको कपनमा बस्दै आएका थिए। प्रहरीको ट्र्याकसुट लगाएर हिँडिरहेको अवस्थामा फेला परेपछि प्रहरी उनको डेरामा पुगेको हो।
डेरामा पुगेर तलासी लिँदा प्रहरी प्रभाग कपनबाट लुटिएका कम्प्युटर, सिपियू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार फेला परेको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *