Blog

  • जेन–जी पुस्तालाई निरुत्साहित नगरौं : मेयर गोपी हमाल

    जेन–जी पुस्तालाई निरुत्साहित नगरौं : मेयर गोपी हमाल

    धनगढी उप–महानगरपालिका मेयर गोपी हमालले जेन–जी पुस्तालाई निरुत्साहित नगरी उनीहरूको ऊर्जालाई राष्ट्र निर्माणमा सदुपयोग गराउन सवैमा अनुरोध गरेका छन्।   जेन्जी पुस्ता देशको भविष्य बताउँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘जेन्जी पुस्ता यो देशको भविष्य हो, गहना हो र आत्मा हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेन्जी पुस्तालाई निरुत्साहित गर्ने काम नगरी उहाँहरूको ऊर्जालाई यो राष्ट्र निर्माण सदुपयोग गर्न हुन सम्पूर्णमा हार्दिक अनुरोध ग आग्रह गर्दछु।’

  • ‘तपाईँहरू आफ्नै भूलबाट नसिक्ने मूर्ख’ :शङ्कर पोखरेल

    ‘तपाईँहरू आफ्नै भूलबाट नसिक्ने मूर्ख’ :शङ्कर पोखरेल

    नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले डा. भेषबहादुर थापाको राष्ट्र–परराष्ट्र  पढेपछि उठाएका प्रश्नको जवाफ पाठकहरूले  व्याख्यात्मक ढङ्गबाट दिएका छन्।  ‘भूतकालमा धेरै भूलहरू भएका हुन सक्छन्। त्यसैलाई केलाउँदै कसैलाई दोषी देखाई रहनुभन्दा त्यसबाट पाठ सिक्नुपर्छ,’ भेषवहादुर थापालाई उद्धृत गर्दे उनले लेखेका छन्, ‘ बुद्धिमान व्यक्ति अरूको भूलबाट सिक्छन्, मध्यम खालका भने आफ्नै भूल गरेपछि मात्र सिक्छन्। अनि आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्।’

    यस्तोमा पाठकहरूको पनि रमाइलो प्रतिक्रिया आएका छन्। कसैले एमाले चाहिँ यो मध्ये कुन वर्गमा पर्‍यो भनेर सोधेका छन् भने कसैले आन्दोलनले मुलुक जलिरहँदा किताब पढ्दै गरेको भन्दै आलोचना गरेका
    छन् ।  ‘तपाईँहरू सबै आफ्नै भूलबाट नसिक्ने मूर्खहरूमा पर्नुहुन्छ,’ उनको लेखमा क्षितिज सुवेदीले प्रतिक्रिया दिएका छन्, ‘अहिले भएको त्यही हो, जुन ढिलो नै सही हुनुपर्ने भएको हो।’

    जेन–जी आन्दोलनको क्रममा पढ्न नपाएका पुस्तक पढ्न मिलेको बताएका छन्। उनले त्यस क्रममा डा. भेषबहादुर थापाको राष्ट्र–परराष्ट्र पढ्ने मौका पनि मिल्यो भन्दै त्यसका केही बुँदाहरू सामाजिक सञ्जालमा सेयर गरेका हुन्।

  • दलविना गणतन्त्र बाच्दैन : गोकुल

    दलविना गणतन्त्र बाच्दैन : गोकुल

    नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले दलविना गणतन्त्र नबाच्ने बताउँदै पार्टीलाई पुनर्गठन गर्नु पर्ने बताएका छन्।  ‘दलविना गणतन्त्र बाच्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ।’

  • जेनजी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

    जेनजी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

     संघीय संसद् सचिवालयले जेनजी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन आगजनीका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको हो ।

    ‘मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनुहुन एवम् ती मालसामन रहेको स्थान तथा व्यक्तिको वतन जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

    संसद् सचिवालयले मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिन पनि आह्वान गरेको छ । भिडिओ–सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने सूचनामा उल्लेख छ ।

  • जलेको शीतल निवासको प्राङ्गणमा मन्त्रीहरूको शपथ

    जलेको शीतल निवासको प्राङ्गणमा मन्त्रीहरूको शपथ

     भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेको शीतल निवासको प्राङ्गणमा सोमबार मन्त्रीहरूको शपथ हुन लागेको छ । शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर शपथग्रहणका लागि मञ्च बनाइएको छ । मञ्चको पृष्ठभूमिमा आगजनीबाट जलेको केही भाग समेत देखिएको छ । यस्तै मञ्चमा सामान्य कार्पेट बिछ्याइएको छ ।

    यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतलनिवासभित्रको सानो कोठामा गरिएको थियो । आज भने बाहिरै टेन्ट टाँगेर मञ्च बनाइएको हो ।साेमवार अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह र कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालको शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै

    साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै

    साफ यू- १७ पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र श्रीलंका खेल्दै छन्। श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार ७: १५ देखि सुरु हुनेछ। समूह ए मा रहेको नेपालसँग आयोजक राष्ट्र श्रीलंका र बङ्गलादेश छन्। समूह बी मा भने भारत, पाकिस्तान, मालदिभ्स र भुटान रहेका छन्।यो  प्रतियोगितामा कूल ७ टोलीले सहभागिता जनाउँदै छन्।

  • सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

    सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहद्वारा बालुवाटारमा नाराबाजी

    प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

    सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् । शित‍ल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री कार्कीले सपथ ग्रहण गरेपछि सुदनले कार्कीको खुट्टा ढोगेका थिए ।

    कार्कीले आइतबार तीन मन्ती नियुक्त गरेको समाचार सार्वजनिक भइरहेका छन् । प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको समाचार सार्वजनिक भएको छ ।

    तर सुदनको समूह आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरिएको भन्दै असन्तुष्ट छ ।सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् । सुदनका समर्थकहरुहरुले आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै आक्रोशित भएका थिए । युवाहरु नाराबाजीमा उत्रिएपछि प्रधानमन्त्री निवास अगाडि सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो ।(अनलाइनखबर)

  • मुख्यमन्त्री कंडेलले भने : आन्दोलनमा प्रतिशोध साँध्नेको घुसपैठ भयो

    मुख्यमन्त्री कंडेलले भने : आन्दोलनमा प्रतिशोध साँध्नेको घुसपैठ भयो

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालमा जेन‐जी समूहले गरेको आन्दोलनका क्रममा सृजित परिस्थितिलाई सामान्यकृत गर्न सबैको भूमिका अपरिहार्य रहेको बताएका छन् । आइतबार पत्रकार भेटघाटको आयोजना गदै मुख्यमन्त्री कँडेलले यो बेलाको विषम परिस्थितले सिर्जना गरेको अवस्थालाई सामान्यकृत गर्नतर्फ हामी सबै एकजुट हुनुपर्ने औंल्याए । यसका लागि कोही पनि विचलित नभई अघि बढ्न आग्रह गर्दै उनले कर्णाली प्रदेश सरकार पनि यही कुरामा प्रतिबद्ध रहेको बताए ।
    उनले नेपालमा जेन–जी समूहको आन्दोलनका विषय उपयुक्त र जनप्रिय भएकाले आफू सहमत रहेको बताए । तर आन्दोलनका क्रममा घटेका घटनाले आन्दोलनका नाममा केही समूहले प्रतिशोध साँध्ने काम गरेको महसुश आफूले गरेको मुख्यमन्त्री कँडेलले बताए ।
    ‘आन्दोलनका क्रममा जुन खालका घटना भए ती परिपूर्तिका लागि भन्दा पनि आकर्षणका लागि गरिएको अवस्था थियो, देशलाई अर्कै दिशातिर लिनेगरि आन्दोलनका नाममा घुसपैठ गरेको देखिन्छ,’ उनले भने, ‘आन्दोलनपछि धेरै कुरा तत्काल सम्हाल्न सकिने अवस्था रहेन, विगतमा हामीले पनि आन्दोलनकारी नै भएर आन्दोलनकै बलबाट लोकतन्त्र ल्याएका हौं, त्यो इतिहासमा यसरी सम्पत्ति तहसनहस भएको थिएन ।’
    अहिलेको जेनजीका नाममा भएको आन्दोलनमा नेपाली भनेर चिनाउने इतिहास, अभिलेखहरु तहसनहस गर्नु इतिहासकै लागि दुखदायी भएको उनले बताए । सुशासन, भ्रष्टाचारको अन्त्य जस्ता जे माग राखेर आन्दोलन गरिएपनि यसको प्रकृति हेर्दा भने आन्दोलनले सीमा नाघेको उनको भनाई छ ।
    ‘जेनजीको आन्दोलनका क्रममा कतिपय षड्यन्त्रकारीहरुले घुसपैठ गरेर सार्वजनिक र व्यक्तिगत सम्पत्तिमा क्षति र लुटपाट गरेको देखिन्छ, आन्दोलन भोलिका दिनमा पनि होलान्, तर यही अवस्था रह्यो भने देश कहाँ पुग्छ भन्ने कुराको पनि हेक्का राख्न सबैले जरुरी छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘अहिलेको आन्दोलनमा प्रतिशोध साट्नेहरुको घुसपैठ भएको हो, उनीहरुले यो आन्दोलनलाई प्रतिशोध साँध्ने उपयुक्त मौकाका रुपमा लिएका थिए ।’
    माओवादीले विगतमा गरेको १० बर्षे सशस्त्र द्वन्द्वको बेलाभन्दा धेरै क्षति यो दुई दिनको आन्दोलनमा क्षति हुनुले व्यक्ति र व्यक्ति सम्बद्ध संस्था लक्षित समूहको घुसपैठ स्पष्ट देखिएको कँडेलले बताए । उनले आन्दोलनका नाममा देशलाई उठ्नै नसक्नेगरि विनास गर्न खोजिएको बताए । देशमा माओवादी, काँग्रेस, एमालेका पार्टी कार्यालय घुसपैठ गर्ने समूहको निशानामा परेको उनको भनाई छ । ‘यो दलीय व्यवस्थामा दल कमजोर हुँदा देश पनि कमजोर हुन्छ भन्ने कुरा आन्दोलनमा होमिनेहरुले बुझेनन्, यसले पनि जेनजीको मात्र आन्दोलन यो थिएन, प्रतिशोध साँध्नेहरुको घुसपैठ अझ बलियो थियो भन्ने स्पष्ट देखिन्छ ।’ उनले भने ।
    अहिलेको आन्दोलनको नाममा भएको घुसपैठले सार्वजनिक र निजी सम्पत्तिको क्षतिसँगै देशको संविधानलाई नै घायल बनाईएको उनले बताए । ‘यही आन्दोलनका नाममा भएका घुसपैठले आज हामीले बनाएको संविधान नै घायल अवस्थामा पुगेको छ, अहिलेसम्म यति धेरै आन्दोलन भए, ती आन्दोलनमा जेलबाट कैदीहरु बाहिर आएनन्,’ उनले भने, ‘तर यो आन्दोलनमा कैदीहरु कारागारबाट निस्कने र पुनः अदालतमै फर्किने अवस्थाको समेत सिर्जना भयो ।’
    यो आन्दोलनका बेला सुरक्षा निकाय कति कमजोर भएछन् भन्ने स्पष्ट देखिएको मुख्यमन्त्री कँडेलले बताए । सुरक्षा निकायलाई परिस्थितिले कमजोर बनाएको उनले औंल्याए । सुरक्षा निकायलाई कमजोर पारिएकै कारण देशको गर्विलो इतिहास बोको सर्वोच्च निकाय सिंहदरबार र शितलनिवास नै नरहने अवस्था सिर्जना भएको उनले बताए ।
    आन्दोलनका क्रममा कर्णाली प्रदेशमा सिर्जना भएको अवस्था र क्षतिका विषयमा आफूले प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षाकर्मीहरुसँग वैठक गरेर बुझेको मुख्यमन्त्री कँडेलले जानकारी दिए । प्रदेशको पनि क्षतिको मूल्याङ्कन गर्न समिति बनिसकिएको उनले जानकारी दिए । ‘यो अवस्थामा देशभरको चासोको विषय भएकाले सबै निकायले आ–आफ्नो तहमा समिति गठन गरेका छन्, हामीले सुर्खेत जिल्ला प्रशासनले बनाएको समितिसँग समन्वय गरी काम गर्नेगरि बनाएका छौं,’ उनले भने, ‘आवश्यक कारबाहीका लागि सिफारिस गर्ने कुरा छँदैछ ।’
    कर्णाली प्रदेश सरकारल मुख्यमन्त्री तथा मनित्रपरिषदको कार्यालयमा कार्यरत उपसचि कृष्णप्रसाद खरेलको संयोजकत्वमा समिति बनाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा क्षतिको मूल्याङ्कन गरी कार्यविधि बनाउन समिति गठन गरेको छ ।
    भदौ २३ र २४ गते देशभर भएको जेन–जी समूहको आन्दोलनका क्रममा दशेभर विभिन्न क्षेत्रमा सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि ठूलो क्षति पुगेको छ । राजनीतिक दल सम्बद्ध तथा जनप्रतिनिधिहरुको घरलाई लक्षित गर्दै व्यक्तिगत सम्पत्तिमा क्षति पु¥याईएको छ ।
    आन्दोलनकारीले वीरेन्द्रनगरमा रहेका सार्वजनिक र व्यक्तिगतसहित ३६ वटा संरचनामा ठूलो क्षति पु¥याएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यक्तिका घर ७, राजनीतिक दलका पार्टी कार्यालय ४, प्रदेश सरकारका संरचना ५, संघ र स्थानीय तहका कार्यालयहरु १९, बैंकको संरचना १ वटा गरी ३६ वटामा क्षति पुगेको छ ।
    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार कर्णाली प्रदेश सरकारका संरचनाहरुमा मुख्यमन्त्री कार्यालयमा आगजनीबाट आंशिक क्षति भएको छ । मुख्यमन्त्रीको सरकारी निवासमा तोडफोड र आगजनीले पूर्णरुमा क्षति पुगेको छ । कर्णाली प्रदेश सभा सचिवालय तथा संसद भवन र प्रदेश लेखा नियन्त्रक कार्यालयमा आगलागी र तोडफोडबाट पूर्ण क्षति पुगेको छ । मुख्यन्याधिवक्ताको कार्यालयमा आशिक क्षति पुगेको डिएसपी बुढथापाले जानकारी दिए ।
    वीरेन्द्रनगर–७ मा रहेको नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनका भाई डा. डम्बर खड्का र विष्णु खड्काको घरहरुमा तोडफोड र आगलागीबाट पूर्णरु क्षति भएको छ । वीरेन्द्रनगर–८ मा रहेका मोयर मोहनमाया ढकालको घरमा आगलागी र तोडफोडबाट आंशिक क्षति पुगेको छ भने मुख्यमन्त्री यामलाल कँडेलको वीरेन्द्रनगर–४ मा रहेको घरमा पूर्ण क्षति पुगेको छ । वीरेन्द्रनगर–४ मा रहेको उपमेयर निलकण्ठ खनालको घरमा पनि आगलागी र तोडफोड गर्दा आंशिक क्षति पुगेको छ । विष्णु खड्काको वीरेन्द्रनगर–१० मा रहेको पेट्रोल पम्पमा पनि आंशिक क्षति भएको छ ।
    वीरेन्द्रनगरमा रहेका नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनीले पूर्णरुपमा क्षति पुगेको छ ।
    वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा आन्दोलनकारीले तोडफोड गर्दा आंशि क्षति पुगेको प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि आंशिक क्षति पुगेको छ । नापी कार्यालयमा पूर्णरुपमा क्षति पुगेको छ । उच्च सरकारी वकिल कार्यालयमा सामान्य र सिटी हलमा आंशिक क्षति पुगेको छ ।
    वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर २, ३, ४ र ६ कार्यालयहरुमा आगलागी र तोडफोड हुँदा पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । वडा नम्बर १, ७, ८, ९, १० र ११ कार्यालयहरुमा आंशिक क्षति पुगेको डिएसपी बुढ्थापाले जानकारी दिए । यस्तै, वीरेन्द्रनगर–४ मा रहेको रेडक्रस र हिमाली पुस्तकालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, जिल्ला समन्वय समितिको कार्यालय, सुर्खेत उपत्यका खानेपानी संस्थाको कार्यालयमा पनि आन्दोलनकारीले ढुंगामुढा गर्दा आंशिक क्षति पुगेको उनले बताए । प्रदेश सभाको गेटमा राखिएको एनआइसी एसिया बैंकको एटीएममा आन्दोलनकारीले पूर्ण क्षति पु¥याएका छन् ।

  • अनुदानमा कृषकलाई दिने मल पसललाई बिक्री

    अनुदानमा कृषकलाई दिने मल पसललाई बिक्री

    कृषकलाइ अनुदानमा वितरण गर्नुपर्ने युरिया मल एक विक्रेता सहकारीले निजी स्टोरलाई विक्री गरेको पाईएको छ । कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतले उक्त निजी विक्रेतालाई वितरण गरिएको मल जफत गरी प्रहरीलाई बुझाएको छ ।


    दैलेखको गुराँस गाउँपालिकाका कृषकहरुलाई अनुदानमा मल वितरण गर्नेगरीअनुमति पाएको सुनगाभा साना किसान कृषि सहकारी संस्था लिमिटेडले वीरेन्द्रनगरमा रहेको निजी मल विक्रेता पसललाई सरकारबाट पाएको मल वितरण गरिदिएको हो । उक्त सहकारीको ठेगाना गुराँस गाउँपालिका ६ रहेको छ ।
    कृषि सामग्री लिमिटेडको विक्रेता रहेको उक्त सहकारीले गुराँस गाउँपालिकाका केही क्षेत्रमा कृषकहरुलाई अनुदानमा मल वितरण गर्नेगरि अनुमति पाएको थियो । तत्काल उक्त सहकारीले कम्पनीबाट पाएको ९० बोरा मल निजी पसललाई विक्री गरेको सूचनाका आधारमा जफत गरिएको हो ।
    कम्पनीले जफत गरी प्रहरीलाई बुझाएको मल कम्पनीलाई नै बुझाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । ‘उहाँहरुले हामीलाई बुझाएको मल फिर्ता गरेका छौं, थप कारबाही प्रक्रिया कम्पनीले नै गर्नुपर्छ ।’ उनले भने ।


    उक्त जफत गरिएको मलको विषयमा निर्णय गर्न प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने कृषि सामग्री कम्पनी लिमिटेडका एक कर्मचारीले जानकारी दिए ।