Blog

  • पार्टी काममा फर्किए प्रचण्ड

    पार्टी काममा फर्किए प्रचण्ड

    माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरि सक्रिय रूपमा पार्टी गतिविधिमा फर्किएका छन्। केही समयसम्म सरकारी जिम्मेवारी, स्वास्थ्य समस्या र आन्तरिक व्यस्तताका कारण संगठनात्मक काममा कम ध्यान दिएका प्रचण्ड हाल फेरि पार्टी संचालन र नेतृत्वमा सशक्त रूपमा उभिन थालेका हुन्।

    भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए । २३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए । तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो । माओवादी केन्द्रका एक उच्च नेताका अनुसार स्थिति सामान्य बन्न थालेसँगै उनी सोमबारदेखि पार्टी काममा फर्किएका हुन् ।

  • आन्दोलनले प्रदेश सरकारको भुक्तानी प्रणाली प्रभावित, तत्काल तलबबाहेकको भुक्तानी नहुने

    आन्दोलनले प्रदेश सरकारको भुक्तानी प्रणाली प्रभावित, तत्काल तलबबाहेकको भुक्तानी नहुने

    यही भदौ २३ र २४ गते जेन–जी समूहले गरेको प्रदर्शनका क्रममा पु¥याईएको क्षतिले कर्णाली प्रदेश सरकारको भुक्तानी प्रणाली प्रभावित बनेको छ । प्रदर्शनकारीले वीरेन्द्रनगरमा रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयमा क्षति पु¥याउँदा भुक्तानी प्रणालीमा समेत ठूलो क्षति पुगेको छ । २४ गते आन्दोलनका नाममा प्रवेश गरेका अराजक समूहले कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । कार्यालयमा पुगेको क्षतिले कर्णालीको सरकारी भुक्तानी प्रणालीलाई पूर्णरुपमा नियमित गराउन सकिएको छैन ।
    पूर्णरुपमा सेवा सुचारु गरी सबै भुक्तानी प्रणाली नियमित गराउन नसकिएपछि दशैंअघि तलब भुक्तानीको काम भने गर्न सकिने भएको छ । कार्यालयले आइतबारदेखि कामकाज सुरु गरेको छ । हाल क्षति भएको कार्यालयको छेउमा भएको पुरानो सानो भवनमा आवश्यक व्यवस्थापन गरेर आंशिकरुपमा सेवाप्रवाह सुरु गरिएको हो । ‘यसअघि कार्यालय भएको भवनको बाहिरपट्टिको सानो भवनमा कार्यकक्ष स्थापना गरेर हामीले काम सुरु गरेका छौं, तत्कालका लागि यतैबाट कार्यसम्पादन गर्नुपर्नेछ ।’ प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीले भने ।
    कार्यालयले काम सुरु गरेपनि तत्कालका लागि तलबबाहेकको भुक्तानी भने गर्न सकिने अवस्था नरहेको उनले बताए । कागजात, इन्टरनेट लगायतका महत्वपूर्ण सेवामा क्षति पुगेकाले योजना, खरिद लगायतका भुक्तानी गर्न सकिने अवस्था नरहेको उनले बताए ।
    ‘नभइनहुने महत्वपूर्ण कागजात नै जलेका छन्, बचेको थोरै कागजात स्पष्ट छैनन्,’ कार्यालय प्रमुख सुवेदीले भने, ‘अहिले हामीले दशैंअघि कर्मचारीहरुको तलबसम्म भुक्तानी गर्न सक्छौं, बाँकी भुक्तानी कहिले र कसरी हुने भन्ने पनि अन्योल छ ।’
    उनका अनुसार आन्दोलनकारीले कार्यालय भवनमा आगजनी गर्दा वित्तीय अभिलेख राखिएका कक्षहरु नै जलेर नष्ट भएका छन् । ‘पुराना आय–व्यय विवरण, कर्मचारीको तलब तथा भुक्तानी आदेशसम्बन्धी सम्पूर्ण फाइल जलेका छन्,’ सुवेदीले भने । डिजिटल प्रणालीमा सुरक्षित गर्न प्रयोग गरिने उपकरणसँगै भौतिक अभिलेख जलेपछि हिसाब मिलान र प्रमाणीकरणमा कठिनाइ हुने उनले बताए ।
    आन्दोलनका क्रममा कर्णाली प्रदेश सरकार र मातहतका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनको पाटोलाई पारदर्शी राख्ने संवैधानिक जिम्मेवारी बहन गरेको कार्यालयमा गरिएको तोडफोड र आगजनीले लेखासम्बन्धी सम्पूर्ण कागजी दस्तावेज र उपकरणमा व्यापक क्षति पुगेको छ । यो क्षतिले तत्काल प्रदेश सरकारको महत्वपूर्ण वित्तीय व्यवस्थापनको पाटो रोकिने भएको छ ।
    प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत प्रदेशका विभिन्न मन्त्रालय, लोकसेवा आयोग लगायतका मातहतका कार्यालयमा कार्यरत कर्मचारीलाई तलब–भत्ता भुक्तानी गरिन्छ । यसबाहेकको सरकारले गर्ने थुप्रै कामहरुको वित्तीय व्यवस्थापन कार्यालयबाट गरिन्छ । प्रदेश सरकार मातहतका सुर्खेत जिल्लास्थित कार्यालयको तलबी प्रतिवेदन प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रमाणित गरी तलब भुक्तानी गर्छ । अन्य जिल्लाको हकमा भने प्रदेश लेखा इकाई कार्यालयहरुले यसकै मातहत काम गर्छन् ।
    तलबबाहेक तत्काल कार्यालयहरुबाट मुक्तानी माग भएर आएका आदेशहरुको निकासा दिन कठिन भएको प्रमुख सुवेदीले बताए । ‘अहिले तत्काल कुनै पनि आपतकालीन अवस्था आएमा पनि निकासा दिन सकिने अवस्था छैन ।’ उनले भने । कार्यालयमा भएको आगजनीका कारण वेबसाइट समेत खुलेको छैन । आगजनीबाट कार्यालयका ९ वटा मोटरसाइकल र दुई वटा चारपांग्रे गाडी जलेर नष्ट भएका छन् । प्रदेश सरकारले संकलन गर्ने कर, राजस्व र अन्य आम्दानीको लेखाजोखामा समेत असर परेको छ ।
    कार्यालयबाट महालेखा परीक्षकको कार्यालयलाई पठाइने वार्षिक विवरण र लेखा परीक्षण गर्नका लागि तयार पारिएका आवश्यक कागजात नष्ट भएका छन् । आगजनीका कारण कार्यालयको विद्युत, टेलिफोन र खानेपानी सेवा पनि पूर्णरुपमा अवरुद्ध छ । क्षतिको एकिन विवरण अझै संकलन हुन नसकेको कार्यालय प्रमुख सुवेदीले बताए ।
    तोडफोड र आगजनीका कारण क्षति पुगेको भवनमा सरसफाइ गर्न मात्रै कम्तिमा एक साता लाग्ने उनले बताए । ‘तोडफोड र आगजनीका कारण कार्यालयमा ठूलो क्षति पुगेको छ, भवनबाहेक सेवा प्रवाहका लागि आवश्यक सम्पूर्ण सामग्री फेरि बनाउनुपर्ने र खरिद गर्नुपर्ने अवस्था छ,’ सुवेदीले भने, ‘यसले कार्यालयबाट नियमित सेवा प्रवाह हुन अझै समय लाग्ने देखिन्छ ।’
    भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालमाथि लगाईएको प्रतिबनधको विरोध गर्दै गत साता भएको जेन–जी समूहको आन्दोलनका क्रममा प्रदेश राजधानी वीरेन्द्रनगरमा मा सर्वाजनिक र व्यक्तिगत ३६ वटा संरचनामा क्षति पुगेको छ । अधिकांश सार्वजनिक र व्यक्तिगत संरचना तहसनहस पारिएको छ ।
    यी सम्पत्तिमाथि भएको क्षतिको मूल्याङ्ककन गरी प्रतिवेदन बुझाउन दुई वटा समिति बनेका छन् । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री कार्यालयका उपसचिव कृष्णप्रसाद खरेलको संयोजकत्वमा र जिल्ला प्रशासन कार्यालय सुर्खेतले सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा अध्ययन समिित बनाएका छन् ।

  • कार्तिक १७ लाई तोकिएको उपनिर्वाचन रद्ध

    कार्तिक १७ लाई तोकिएको उपनिर्वाचन रद्ध

    सरकारले कार्तिक १७ गते सञ्चालन गर्न लागेको उपनिर्वाचन रद्ध भएको छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको कार्यक्रम रद्ध भएको जानकारी दिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ ।’

    आयोगले राष्ट्रपतिको कार्यालयले प्रतिनिधि सभा विघटन गरी नयाँ प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेकाले उपनिर्वाचन रद्ध गरेको उल्लेख गरिएको छ ।   आयोगले भनेको छ, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा  ६८ बमोजिम मिति २०८२/०७/१७ गते सोमबारका दिन रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट मिति २०८२/०५/२७ गते प्रकाशित विज्ञप्तिबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी आयोगको मिति २०८२/०५/३० को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

  • ‘तलब, गाडी र क्वार्टर केही लिन्नँ’:अर्थमन्त्री खनाल

    ‘तलब, गाडी र क्वार्टर केही लिन्नँ’:अर्थमन्त्री खनाल

    अर्थमन्त्री बन्न लागेका खनालले भने- ‘तलब, गाडी र क्वार्टर केही लिन्नँ’

    प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बन्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले राज्यबाट उपलब्ध हुने कुनै पनि सेवा-सुविधा नलिने घोषणा गरेका छन्।  उनले तलब, मन्त्री क्वार्टर, गाडी र व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) समेत नलिई काम गर्ने इच्छा व्यक्त गरेका हुन्। खनालको नियुक्ति हुन बाँकी भए पनि मन्त्री बन्ने टुंगो लागिसकेको छ। देशको हालको परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीको टोलीले खनाललाई कम्तीमा पीएसओ राख्न आग्रह गरेको थियो।  तर, खनालले उक्त आग्रहसमेत अस्वीकार गरेका छन्।

    खनालले राज्यको सुविधा नलिई काम गरेको यो पहिलो पटक भने होइन। यसअघि उनी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार हुँदा पनि कुनै सुविधा नलिई काम गरेका थिए।पूर्वअर्थसचिव खनाल अर्थतन्त्रका गहिरा जानकार मानिन्छन्। तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग व्यवसायीहरूको करछलीको विषयमा मतभेद भएपछि उनले पदबाटै राजीनामा दिएका थिए, जसले उनको व्यावसायिक निष्ठालाई चर्चामा ल्याएको थियो। केही समयअघि मात्र उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो विस्तृत प्रतिवेदन बुझाएका थिए।

  • बालेननिकट अर्याल गृहमन्त्री बन्ने कुराले जेन: जीहरूमा तरङ्ग

    बालेननिकट अर्याल गृहमन्त्री बन्ने कुराले जेन: जीहरूमा तरङ्ग

  • मेराे पेशाबाटै देशकाे सेवा गर्छु : सन्दुक रुइत

    मेराे पेशाबाटै देशकाे सेवा गर्छु : सन्दुक रुइत

  • शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने: गृहमन्त्री

    शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने: गृहमन्त्री

    सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ। कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्नेछ। यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।
  • क्षति भएपनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल

    क्षति भएपनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल

    नवनियुक्त गृहमन्त्री ‌ओमप्रकाश अर्यालले क्षति भए पनि आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकोले अब विवाद अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

    मन्त्रीको पदभार ग्रहण गरे लगत्तै सोमबार गृहमन्त्रालयमा उनले सञ्चारकर्मीहरुसँग अब विवाद गरेर पछि फर्किन नहुने धारणा राखे । ‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने,’क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ। अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचन बाट थप प्रमाणिकरण गर्न लाग्नुपर्छ ।’

    उनले अहिले मुलुकलाई दीर्घकालीन रुपमा सहि बाटोमा लैजानुपर्ने बताए । उनले अहिले सरकारको मुख्य प्राथिमिकता राज्यका तीनवटै अंगका संरचनाहरु नभएकाले राज्य भन्न लायक गरी ती संरचना बनाउनमा हुने बताए ।

  • मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रैछ : हर्क

    मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रैछ : हर्क

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्री बन्नका लागी भारतीय दूतावास धाउने नेपाली प्रवृत्ति प्रति व्यङ्ग गरेका छन् । मन्त्री बन्नु अघि दूतावास जाने चलनप्रति प्रश्न गर्दे उनले यस्तो व्यङ्ग हानेका हुन्।

    ‘मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रैछ ? यो मैले नबुझेको ! म त जान्न ! “जाँदिनँ“ भन्दिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री बनेँ भने मलाई भेट्न र बधाई दिन चाहिँ आउनु पर्छ भारतीय राजदूत नमस्कार गर्दै मेरो मन्त्रालयमा ! कि कसो नेपाली हो ?’