Blog

  • सीडीओको आदेश : सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनु

    सीडीओको आदेश : सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउनु

     काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षाकर्मीहरूलाई गोली चलाउने आदेश दिएका छन् ।

    उनले सार्वजनिक सम्पत्ति संरक्षणका लागि भन्दै सुरक्षाकर्मीहरूलाई ‘आवश्यक परेमा रवरको गोली हान्नु’ भनी आदेश दिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले बताए ।

    ‘प्रमुख जिल्ला अधिकारीज्यूले सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक परेमा बल प्रयोग गर्ने आदेश दिनुभएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनी दिएर सामान्य बल प्रयोग गरेपनि गोली चलाउन पाउने अनुमती भएको हो ।’ सहायक प्रमुख जिल्ला अधिकारीले सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्न आदेश नभएको र रबरको गोली प्रयोग गर्ने हदसम्म मात्रै अनुमती दिइएको बताए । तर अहिलेसम्म कति जनामाथि गोली प्रहार भयो र कति घाइते छन् भन्नेबारे कुनै जानकारी नभएको उनले बताए ।

  • भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनौँ भने हामी के भन्छौँ : गृहमन्त्री

    भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनौँ भने हामी के भन्छौँ : गृहमन्त्री

    गृहमन्त्रीको प्रश्न– भोलि कुनै संस्थाले तिम्रो देशलाई मान्दैनौँ भने हामी के भन्छौँ ?

    गृहम रमेश लेखकले नेपालमा काम गर्ने जुनसुकै संस्थाले यहाँको कानुन मान्नुपर्ने बताएका छन् । सोमबार (भदौ २३) राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सामाजिक सञ्जाल निष्क्रियको विषय उठाइएपछि उनले यस्तो बताएका हुन् ।

    सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन मात्र सरकारले आग्रह गरेको उनले उल्लेख गरे । काम गर्न र चलाउन नदिने भन्ने सरकारको उद्देश्य नभएको उनले स्पष्ट पारे ।

    नेपालमा सूचीकरण हुनू भन्दा पनि नमानेको उनले बताए । सरकारले आफ्नो देशभित्र कुन संस्थाले के काम गरिरहेको छ भन्ने थाहा पाउनुपर्ने उनले तर्क गरे । त्यसनिम्ति संस्थाहरू सूचीकरण गर्नुपर्ने उनको भनाइ छ ।

    कुनै पनि संस्थाले देशको कानुन मान्दिनँ भन्न नपाउने उनले बताए । भविष्यमा कुनै संस्था आएर ‘तिम्रो देश मान्दैनौँ भन्यो भने हामी के भन्छौँ ?’ भन्ने उनले प्रश्न गरे ।

    समिति बैठकमा गृहमन्त्री लेखकको भनाइ पढ्नोस्:
    सामाजिक सञ्जालमा केही अवरोध भएको कारणले समस्या पैदा भएको छ । केही जटिलता भएको छ । त्यो मैले स्वीकार गर्छु । अब कतिपय मानिसहरू, सामाजिक सञ्जालका प्रयोगकर्ताहरू धेरै बढेका छन् । कतिपय विद्यार्थीले त्यसैबाट सिक्ने कुरा पनि छ । कतिपयको बिजनेस पनि छ । कतिपयको आफ्ना घरपरिवारका मान्छेसँग विदेशमा सम्पर्क गर्नुपर्ने कुरा छ । यी अप्ठ्याराहरू छन् । यो सत्य कुरा हो । तर, त्यसको अर्को पाटो पनि छ, जम्माजम्मी सरकारले सूचीकरण गर भनेको हो नि ! तँलाई दर्ता गर्दैनौँ, मेरो देशमा काम गर्न दिँदैनौँ, यहाँ तिमीले त्यो चलाउने व्यवस्था हुँदैन भन्ने हुँदै होइन, जम्माजम्मी सूचीकरण । मलाई लाग्छ, सूचीकरण भनेको के हो ? हामी सबै बुझ्छौँ । सूचीकरण भनेको त्यो संस्थालाई इनलिस्ट गर्ने हो । सरकारले मेरो देशमा यो यो संस्था काम गर्दै छ भनेर रिकग्नाइज गर्ने हो । त्यसका पनि केही आचारसंहिता होलान् । एउटा संस्थाले हाम्रो देशमा काम गरिराखेको छ, अनि यो देशमा त्यो संस्थासँग सम्बन्धित विषयमा सरकारले कसैलाई भन्नुपर्‍यो भने कसलाई भन्ने हो भन्ने मान्छे चिन्नु परेन ? अथवा, मेरो देशमा आएर काम गर्ने संस्थालाई सूचीकृत गर भनेर सरकारले भन्न पाउँदैन ? अनि, तेरो कानुन मान्दैन, तेरो संविधान मान्दैन, भोलि कुनै संस्था आएर तेरो देश मान्दैनौँ भन्यो भने हामी के भन्छौँ ? ठिकै छ, अब तँ नमाने नमान न, तँ ठूलो छस्, धेरै मान्छे तँसँग सम्बन्धित छन् । कसैका व्यापार चलेका छन्, कसैका पढाइ चलेका छन् । अब नेपाललाई नमानेर के भयो त भन्छौ हामी ? त्यही हो त मुलुक ? होइन होला नि !’ न्युज एजेन्सी नेपाल

     

  • गोली लागेर एक जनाको मृत्यु बानेश्वर क्षेत्र थप तनावग्रस्त

    गोली लागेर एक जनाको मृत्यु बानेश्वर क्षेत्र थप तनावग्रस्त

    प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ । कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ । प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । भागदौडमा कतिपय घाइते भएका छन् ।

  • प्रहरीले चलाएको गोली लागेर केही जेन्जी घाइते

    प्रहरीले चलाएको गोली लागेर केही जेन्जी घाइते

  • जेनजी प्रदर्शन : प्रहरीले चलायो गोली

    जेनजी प्रदर्शन : प्रहरीले चलायो गोली

    नयाँ बानेश्वरमा प्रहरीले गोली चलाएको छ ।

    जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।

    अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

  • जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो

    जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो

     सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् ।

    माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका छन् ।

    भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगाएको विरोधमा स्व:स्फूर्त सडकमा उत्रिएका युवाहरुको जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ ।

    नयाँबानेश्वरमा प्रहरीले सडकमा ब्यारिकेड राखेर प्रदर्शनकारीलाई रोकेको छ ।

    प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् ।

    उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

    राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरुले राष्ट्रभक्ति गाएका छन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिन्छन् ।

    ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

    सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।

    प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।

    उनीहरुले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ ।

  • माइतीघरमा जेनजी पुस्ताको प्रदर्शन सुरु

    माइतीघरमा जेनजी पुस्ताको प्रदर्शन सुरु

    सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाण्डौको माइतीघरमा प्रदर्शन शुरु गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका उनीहरुमध्ये कतिपय स्कूल, कलेजको ड्रेसमै उपस्थित भएका छन् । जेन जी अर्थात् सन् १९९७ देखि २०१२ भित्र जन्मिएका २८ वर्षमुनिका युवा पुस्ताहरुले स्वतः स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाण्डौले उनीहरुलाई निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ । विभिन्न व्यक्ति र समूहहरुलेसमेत ऐक्यबद्धता जनाएका कारण प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने भन्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रशासनले घुसपैठ हुन सक्ने आङ्कलन गर्दै आयोजकहरुलाई सजक हुन भनेको छ ।

    प्रहरीले कानूनविपरीतका क्रियाकलाप हुन नदिने भन्दै त्यहीअनुसार जनशक्ति परिचालन गर्ने जनाएको छ । सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ताले स्वतःस्फूर्त रूपमा प्रदर्शन हुन् । उनीहरुले भ्रष्टाचार अन्त्यसहितका विषयलाई मुख्य नारा बनाएका छन् । युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएका छन् । कसैका बुवा ठूलो पदमा पुगेको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गरेका हुन् ।

  • बोलेरो जिप दुर्घटना हुँदा  ६ जना घाइते

    बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते

    जाजरकोटको शिवालय गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सोमबार बिहान करिब ९ः३० बजे शिवालय गाउँपालिकाबाट छेडातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३५० नम्बरको बोलेरो जिप गाडी थलह–छेडा सडक खण्डको सालतडामा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी घाइते हुनेहरूमा चालक शिवालय–८ का २६ वर्षीय हस्त बुढा, भेरी नगरपालिका–१ की ४६ वर्षीया अबिकला राना, शिवालय–३ का ५० वर्षीय पशुपति शर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक नन्दबहादुर बिष्टले खबरदृष्टिलाई जानकारी दिए । उनले चालकको निधार र टाउकोमा, रानाको दायाँ कम्मरमा र शर्माको बायाँ खुट्टा र पेटमा चोट लागेको जानकारी दिए ।

    अन्य तीन जना घाइतेको भने पहिचान खुल्न बाँकी छ । जिपमा ९ जना सवारमध्ये तीन जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । जिपमा अनियन्त्रित भई सडकबाट करिब २६ मिटर तल खोलामा खसेको थियो । घाइतेहरूको स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि सुर्खेतको सिम्ता गाउँपालिकास्थित जामुने बजार पठाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • फेसबुकलाई ओलीको चेतावनी: भोकै बसेर नाकाबन्दी सहेका हाैँ

    फेसबुकलाई ओलीको चेतावनी: भोकै बसेर नाकाबन्दी सहेका हाैँ

  • आज राति खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल ?

    आज राति खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल ?

    भाद्र शुक्ल पूर्णिमाका दिन आज खग्रास चन्द्रग्रहण लाग्दै छ । यो २०८२ सालको पहिलो चन्द्र ग्रहण हो । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा स्पर्श हुने चन्द्रग्रहण ११ बजेर ५६ मिनेटमा मध्य हुनेछ । यसैगरी १२ बजेर ३८ मिनेटमा उन्मीलन तथा राति १ बजेर ४१ मिनेटमा मोक्ष हुने बताइएको छ ।

    जम्मा ३ घण्टा ३० मिनेट रहने ग्रहणमा १ घण्टा २३ मिनेट खग्रास रहने समितिले जनाएको छ । आजको ग्रहण नेपाल, भारतलगायत एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिने छ । साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए । ०८२ सालको यो पहिलो ग्रहण हो । आउँदो फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

    शास्त्रीय मान्यताअनुसार आज दिउँसो १ बजेर ११ मिनेटदेखि बालबालिका, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । चन्द्रग्रहणको अवधिमा मन्त्र जप, दान, स्नान गर्नुलाई राम्रो मानिन्छ भने सुत्ने, खाने, मैथुनलगायतका कार्यलाई बर्जित गरिएको छ ।

    चन्द्र ग्रहणको फल कुन राशिलाई कस्तो ?
    मेष– लाभ
    वृष– सुखम्
    मिथुन– माननाश
    कर्कट– कष्टम्
    सिंह– स्त्रीपीडा
    कन्या– सौख्यम्
    तुला– चिन्ता
    वृश्चिक– व्यथा
    धनु– श्रीप्राप्ति
    मकर– क्षति
    कुम्भ– घात
    मीन– व्यय