Blog

  • दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ

    दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ

    दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क बस्ने १९ वर्षीय नवीन राना, तुलसीपुर–६  गोखौराका १८ वर्षीय बसन्त परियार, सोही ठाउँका १८ वर्षकै राजेश परियार, १८ वर्षीय नवीन सुनार र १८ वर्षीय जीवन विक छन् ।

    उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । तुलसीपुरका डीएसपी अनिल ठकुरीकाअनुसार १९ भदौमा तुलसीपुर–६ को महेन्द्र मावि पछाडिको चौरमा खसी कप फुटबल प्रतियोगिता भएको थियो ।

    श्री सेन्टर माविका विद्यार्थीले फुटबल खेल्ने क्रममा विनोद विक र वसन्त परियारबीच आपसमा झगडा भएको थियो । खेल सकिएपछि वसन्त परियार समूहका मान्छेले राति साढे १० बजेतिर स्याउलीबजार स्थित बाटोमा अर्को समूहका व्यक्तिलाई खुकुरी प्रहार गरेको आरोप छ ।

    खुकुरी प्रहारबाट आयुष विक, विनोद विक, प्रवेश योगी घाइते भएका छन् । घाइते आयुष र विपिनको नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा उपचार भएको छ ।

    खुकुरी प्रहार गरी रक्षाचौरस्थित जंगलमा लुकेको अवस्थामा पक्राउ परेकाहरूबाट प्रहरीले १ थान खुकुरी, खुकुरीको दाप र फुटेको हेल्मेट बरामद गरेको छ ।

  • ०८४ मा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : ओली

    ०८४ मा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको चुनावमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

    एमाले विधान महाधिवेशनलाई शुक्रबार उद्‌घाटन गर्दै ओलीले ०८४ सालमा एमालेले बहुमत ल्याउन सम्भव रहेको बताएका हुन् ।

    ‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ, यदि जनताको बीचमा सक्रियतापूर्वक गयौं भने– पार्टी र जनवर्गीय कमिटीका सदस्य र कार्यकर्ता परिचालन गरेर जनतामा गएमा बहुमत ल्याउन कसैले रोक्न सक्दैन,’ ओलीले भने । ओलीले ०८४ सालको चुनावमा धाँधली हुन नदिने बताए । ‘हामी सरकारमा छौं, आउँदो निर्वाचन कसैले धाँधली गर्न पाउने छैन । निष्पक्ष, स्वतन्त्र निर्वाचन हुनेछ,’ ओलीले भने ।

  • राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ: मन्त्री सिंह

    राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ: मन्त्री सिंह

  • सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय संविधानविरोधी छ: प्रचण्ड

    सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय संविधानविरोधी छ: प्रचण्ड

  • ओली बोलिरहँदा सञ्चारकर्मीलाई हलबाट निस्कन आदेश

    ओली बोलिरहँदा सञ्चारकर्मीलाई हलबाट निस्कन आदेश

  • भूकम्पमा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या २२ सय कट्यो

    भूकम्पमा परी अफगानिस्तानमा मृत्यु हुनेको संख्या २२ सय कट्यो

  • सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको निर्देशन

    सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको निर्देशन

    सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको निर्देशन

    मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न निर्देशन दिएको छ । आयोगले आज एक विज्ञप्तिमार्फत सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर्न निर्देशन दिएको हो ।

    “नेपाल सरकारले सामाजिक सञ्जालहरुलाई बन्द गर्ने भनी गरेको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुमा असर पार्नेे मात्र नभई लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत समेत हुन जान्छ,” आयोगले भनेको छ ।

    आयोगले अगाडि लेखेको छ, “कुनै पनि सेवाप्रदायकलाई सेवा सञ्चालन गर्नुपूर्व नै कानूनी रुपमा दर्ता गराउने, सूचीकृत गर्ने वा नियमन गर्ने गराउने कर्तव्य, दायित्व र अधिकार सरकारको रहन्छ । तर नियमन र व्यवस्थित गर्ने नाममा लामो समयदेखि सञ्चालनमा रहेका र आमनेपालीको अभिव्यक्ति र सञ्चारको जीवनशैली बनिसकेको सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णयबाट आमउपभोक्तामा असर पर्न गएको देखिएको छ । यस प्रकारको कार्यले नेपालको संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रताको हक (धारा १७) सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७) जस्ता मौलिक हकहरुको सङ्कुचन हुनुका साथै मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ मा उल्लेख गरिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रतिकूल समेत हुन जाने स्पष्ट छ ।”

  • विद्याको सदस्यताबारे अनावश्यक उचालियो, विधान महाधिवेशनमा छलफल नै हुँदैन : ओली

    विद्याको सदस्यताबारे अनावश्यक उचालियो, विधान महाधिवेशनमा छलफल नै हुँदैन : ओली

    विद्याको सदस्यताबारे अनावश्यक उचालियो, विधान महाधिवेशनमा छलफल नै हुँदैन : ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको टिप्पणी गरेका छन् । शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनमा ओलीले भण्डारीको पार्टी सदस्यताको विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल नै हुन नसक्ने बताए ।

    उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषय कमिटीगत छलफलको विषय भएकाले सोही ठाउँमा त्यस विषयसँग छलफल हुने बताए । पार्टीमा कतिपय कुरा अनावश्यक ढंगले अघि बढाउन खोजिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई विधान महाधिवेशनको छलफलको विषय भन्न नसकिने स्पष्ट पारे । उनले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमा छलफल केन्द्रित हुने पनि बताए ।

    “विधान महाधिवेशनको बेला केही विषयहरू अनावश्यक ढंगले अघि बढाइएका छन् । ती कुराहरू विधान महाधिवेशनसँग सम्बन्धित छैनन् । ती विषयहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन् । ती स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफलका विषय बनाउँछौँ । विधान महाधिवेशनमा विधानको विषयमा केन्द्रित भएर छलफल हुन्छ,” उनले भने ।

    महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । प्रधानमन्त्री ओलीले सोही कार्यसूचीमा केन्द्रित भएर विधान महाधिवेशनमा छलफल हुने बताए ।

  • नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन् : राष्ट्रपति पौडेल

    नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन् : राष्ट्रपति पौडेल

    blog

    नेपाल कला परिषद्काे आयोजनामा नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्ने बताए ।

    राष्ट्रपति पौडेलले भने , “लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । त्यसैले, प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्छ ।”

    उनले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवं गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न बर्सेनि लाखौँ पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणका लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताएका थिए ।

    राष्ट्रपति पौडेलले नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीको ध्यान आकर्षित गर्न स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्नसके पर्यटकको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने धारणा राखे। उनले नेपालका कलाकृति तथा सांस्कृतिक सम्पदाको ख्याति विश्वभरि नै रहेको उल्लेख गर्दै नेपाली सभ्यताको परिसूचकका रूपमा रहेका कला र संस्कृतिले विश्वमा विशिष्ट स्थान ओगट्न सफल हुनु गौरवको विषय भएको बताए  ।

    नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान,  पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ थियो । उनले भने, “सदियौँ पुराना कला, संस्कृति तथा सम्पदाहरूको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने दायित्व सरकार, निजी संस्थासहित हामी सबैको हो । यस परिवेशमा नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा आयोजित यो महोत्सव उद्घाटन गर्न पाउँदा म हर्षित भएको छु ।”

    राष्ट्रपति पौडेलले सबैको सहकार्यले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशिला तयार हुने विश्वास व्यक्त गरे ।

  • सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत छ :गगन

    सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत छ :गगन

    नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालको विषयमा सरकारले गरेको निर्णय गलत रहेको बताए।

    ‘सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ।’

    सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको भन्दै उनले यस्तो आग्रह गरेका हुन्।

    ‘यो सँग सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकी सँग जोडिएको छ,’ उनले लेखेका छन्, ‘सञ्जालमा लगाउने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई सङ्कुचित पार्छ।’