







‘बुधबार राति तीन जना कारागार आइपुगेका छन्’, ठाकुरले भने, ‘अन्य कतिपयले फोन सम्पर्क गरी आउन लागेको बताएका छन् ।’ भागेकामध्ये अधिकांश कैदी/थुनुवा फर्कने ठाकुरलाई विश्वास बढेको छ । आफूलाई बुधबार कार्यालयबाटै भागेका कैदी/थुनुवालाई फर्कन गरेको अपिलको सकारात्मक प्रभाव परेको उनको ठम्याइ छ ।
कारागार कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै भागेका कैदी/थुनुवालाई भागेबापत कुनै सजाय नगरिने जनाउँदै २४ घण्टाभित्र आइपुग्न अपिल गरेको थियो । सो अपिलमै स्वेच्छाले नफर्कनेको हकमा खोजी गरेर भेट्टाइँदा थप सजाय गरिने उल्लेख गरिएको थियो ।
यसैगरी, मंगलबार साँझ जेनजी आन्दोलनको आडमा कारागार भत्काएर भागेका ५७६ जनामध्ये भारतिर पस्ने क्रममा १० जना भारतीय पुलिसको नियन्त्रण रहेका खबर फैलिएको छ ।
यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सीमावर्ती भारतीय सुरक्षाकर्मीसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाइने कारागार प्रमुख ठाकुरको भनाइ छ ।


आफूहरूबीच फाटो ल्याउने प्रयास भइरहेको भन्दै उनीहरूले त्यसप्रति सचेत हुनुपर्ने पनि बताए ।


‘विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनै पनि सहयोगको पर्खाइमा रहनुभएका सबै विदेशी नागरिकहरूले नजिकको सुरक्षा निकाय वा नजिक तैनाथ सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस्ता विदेशी नागरिकहरूसँग सम्बन्धित होटल, पर्यटन व्यवसायी वा अन्य संघसंस्थाले उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय र सहजीकरण गर्नुहुन समेत अनुरोध छ ।’


मंगलबार प्रदर्शनकारीले राज्यका तीन वटै अंगका भवनहरू, महत्त्वपूर्ण सरकारी कार्यालय जलाइदिएका छन् । राज्यको महत्त्वपूर्ण दस्तावेजहरू जल्नु मुलुकको लागि अकल्पनीय क्षति भएको बताउँछन् अध्यता जगत नेपाल ।
यसअघि वि.सं २०३० साल असार २४ गते राति सिंहदरबारमा आगलागी भएको थियो । अध्यता नेपालका अनुसार ‘त्यसबेला अन्जानवश आगलागी भएको भनिएको छ ।’
आगलागी हुन सक्छ भन्ने पूर्वअनुमान नागरिकस्तरमा हुँदा समेत राज्यले सुरक्षा गर्न नसक्ने बिडम्बनापूर्ण अवस्था नेपालले व्यहोराको उल्लेख गर्दै उनी भन्छन्, ‘यसको मूल्य नेपालले युगौगुगसम्म चुकाउनुपर्ने हुन्छ ।’
उनका अनुसार वि.सं २०३० सालमा सिंहदरबार जल्दा सुगौली सन्धि जलेको भन्ने गरिएको छ । सुगाैली सन्धिको कपी नेपालसँग नहुनुले पनि यसलाई बल पुर्याउँछ । यो पटक कति त्यस्ता कागजात जले होला अनुमान बाहिर छ ।

राज्यका महत्त्वपूर्ण दस्ताजेव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राखिन्छ । यो भवन पूरै जलेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा समेत त्यस्ता कागजात हुन्छन् । राष्ट्रपति निवास शीतल निवासमा राखिन्छन् । यी कार्यालय पनि जलेका छन् । सर्वोच्च अदालतमा रहेका महत्त्वपूर्ण फैसला र कागजातहरू जलेका छन् ।
अध्यता नेपाल भन्छन्, ‘ऐतिहासिक दस्तावेज रहने ठाउँहरू सबै जले । सरकारी भवन त बन्ला तर, महत्त्वपूर्ण कागजात भेटिने छैनन् ।’(अनलाइनखबर)

_Zv3pWLzZ4l.jpg)
नेपालमा ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस घटनाको गहन छानबिन गर्न, थप हिंसा हुन नदिन संयमता अपनाउन र रचनात्मक संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका हुन्।
नेपालको स्थिति नजिकबाट नियालिरहेको बताउँदै गुटेरेसले थप मानवीय क्षति हुन नदिन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले संवाद र शान्तिपूर्ण उपाय नै कुनै पनि समस्याको समाधान रहेकोमा जोड दिनुभएको छ।




उनले आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पत्तिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा गरेका छन् ।



विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो ।
