Blog

  • सिकाइ सुनिश्चितताका लागि सामूहिक प्रतिबद्धता

    सिकाइ सुनिश्चितताका लागि सामूहिक प्रतिबद्धता

    सामुदायिक विद्यालयहरुको सुधार, सिकाइमा गुणस्तर वृद्धि लगायतका विषयमा सरोकारवालाहरुले सामूहिक प्रतिवद्धता गरेका छन् । कर्णाली प्रदेशका सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीह, विद्यालयका प्रधानाध्यापक, शिक्षा विज्ञ, प्रदेश सरकारका प्रतिनिधि, विकास साझेदार संस्थाहरुले सामूहिक रुपमा विद्यालयको गुणस्तर अभिवृद्धि गर्नका लागि जिम्मेवार रुपमा भूमिका खेल्ने प्रतिबद्धता गरेका हुन् । शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय नेतृत्व र व्यवस्थापन’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय गोष्ठीबाट प्राप्त सुझाव, निष्कर्ष र मार्गनिर्देशनका आधारमा सरोकारवालबीच १४ बुँदे सामूहिक प्रतिबद्धता गरिएको हो ।
    प्रारम्भिक बालविकास उमेर समूहका सबै बालबालिकालाई बालविकास केन्द्रमा भर्ना गरी आवश्यक शैक्षिक सामग्री र स्रोतको सुनिश्चितता सहित पाठ्यक्रमअनुसार दैनिक क्रियाकलाप सञ्बालन गर्ने प्रतिबद्धता गरिएको छ । विद्यालयबाहिर रहेका अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना गरी सिकाइमा निरन्तरता दिने र विद्यालयलाई शतप्रतिशत भर्ना सम्पन्न विद्यालय घोषणा गर्ने, अपाङ्गताको कारण विद्यालय आउन नसक्ने बालबालिकाका लागि स्थानीय तहसँग सहकार्य गरी सम्बन्धित विद्यार्थीहरुको घरमै विद्यालय र बालिका तथा लैङ्गिक समावेशी सञ्जाल निर्माण गरी गुनासो सुनुवाइ प्रणाली विकास गर्ने प्रतिबद्धता सरोकारवालाहरुले गरेका छन् ।
    हामी सुधार्छौं हाम्रो विद्यालय’ अभियानको कर्णाली प्रदेशका सबै जिल्ला र स्थानीय स्तरमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ । यो अभियान सामुदायिक विद्यालय व्यवस्थापन समिति नेपालले २०७९ सालमा आयोजना गरेको नेपालभरका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनले तय गरेको राष्ट्रिय अभियान हो । यसलाई कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८२/०८३ को आफ्नो नीति तथा कार्यक्रममा पनि समावेश गरिसकेको छ ।
    विद्यालयको भौतिक पूर्वाधार सुधार गरी बालमैत्री, अपाङ्गतामैत्री, वातावरण् मैत्री र सुरक्षित वातावरण सुनिश्चित गर्दै बालबालिकाले सुरक्षित र भयरहित बातावरणमा सिक्ने अवस्था निर्माण गर्दछौं,’ प्रतिबद्धता पत्रमा भनिएको छ, बालबालिकाको सिकाइमा निरन्तरता एवम् घरमै सिक्ने बानी विकास गर्न र सिकाइमा अभिभावकको सहभागिता बढाउन प्रत्येक घरमा सिकाइ कुनाको स्थापना, गृह शिक्षकको प्रबन्धसहित गृहविद्यालय अवधारणालाई व्यवहारमा कार्यान्वयन
    गर्दछौं ।’
    शिक्षकको पेशागत विकास योजना तयार गरी शिक्षकको निरन्तर पेशागत विकासका लागि तालिम, मार्गदर्शन र प्राविधिक सहयोग प्रदान गर्ने, शिक्षकलाई विद्यार्थीको सिकाइप्रति उत्तरदायी बनाउन शिक्षकसँगको कार्यसम्पादन करारलाई कार्यान्वयन गरी उत्कृष्ट नतिजा दिने शिक्षकलाई प्रोत्साहन र सम्मानका कार्यक्रमहरु सञ्चालन गर्ने, शिक्षकहरुबीच सिकाइ तथा अनुभव आदानप्रदान र अध्ययन अवलोकन भ्रमणको प्रबन्धसहित सूचना प्रविधिसम्बन्धी क्षमता विकास गरी सिकाइका लागि डिजिटल सामुदायिक सञ्जालहरु निर्माणका लागि पहल गर्ने प्रतिबद्धता सरोकारवालाहरुले गरेका छन् ।
    यस्तै सहभागितामूलक विद्यालय सुधार योजना निर्माण गरी वार्षिक रुपमा अद्यावधिक गर्ने र अर्धवार्षिक रुपमा समीक्षा गर्ने अभ्यासलाई पूर्णरुपमा कार्यान्वयन गर्ने, स्थानीय पेशा, व्यवसाय, प्रविधि, संस्कृति र संस्कारलाई प्रवद्र्धन गर्ने गरी स्थानीय पाठ्यक्रमको विकास र कार्यान्वयन गर्ने सवालमा स्थानीय सरकार तथा विद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउने, विद्यालयको बातावरणलाई एकअर्काका निम्ति सम्मानपूर्ण, सहभागितामूलक, न्यायपूर्ण र विभेदरहित बनाउने काममा निरन्तरता दिने, विद्यालय शान्ति क्षेत्र घोषणा २०६८ को मर्मलाई कार्यान्वयन गर्दै, सामुदायिक विद्यालयमा सुशासन र जवाफदेहीतालाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने प्रतिबद्धता उनीहरुले गरेका छन् ।
    विद्यालय शिक्षा विधेयक २०८० मार्फत आउने नयाँ विद्यालय शिक्षा ऐनमा समुदाय, अभिभावक र विद्यालय व्यवस्थापन समितिको सशक्त भूमिकाको सुनिश्चिततासहित समुदायको योगदानप्रति सम्मान हुनेगरी स्थानीय तहहरुलाई विद्यालय व्यवस्थापन समितिहरुको हालको भूमिकामा संकुचन नगरी विद्यालय विकासमा हातेमालो गर्न आव्हान गर्ने प्रतिबद्धता गरिएको छ । प्रदेश सरकार, स्थानीय सरकार र विकास साझेदारसँग सहकार्य गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिको सुनिश्चित गर्ने, कर्णालीको विद्यालय शिक्षामा विशेष लगानी गर्न, पूर्ण निशुल्क शिक्षाको व्यवस्था गर्न, पर्याप्त शिक्षक तथा कर्मचारी व्यवस्था गर्न नेपाल सरकारसंग माग गर्ने घोषणा गर्ने प्रतिबद्धता सरोकारवालाहरुले गरेका छन् ।
    परीक्षा प्रणाली सुधार्न जरुरी छ : मन्त्री भण्डारी
    कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीको शैक्षिक गुणस्तर वृद्धि गर्न परीक्षा प्रणाली पनि सुधार गर्न जरुरी रहेको बताएका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कर्णाली प्रदेशको आयोजना तथा सेभ द चिल्ड्रेन र सोसेक नेपालको सहकार्यमा शुक्रबारदेखि सुरु भएको विद्यालय नेतृत्व र व्यवस्थापन सम्बन्धी गोष्ठीमा बोल्दै उनले परीक्षा प्रणाली उपयुक्त नभएकाले सिकाइ गुणस्तर वृद्धि हुन नसकेको बताए ।
    विद्यार्थीहरु परीक्षामा कसरी लेख्ने भन्ने विषयमा केन्द्रित भएर पढ्नुपरेको अवस्था छ, अहिलेको यही परीक्षा प्रणालीले विद्यार्थीलाई सिकाइ भन्दा पनि अंक प्राप्त गर्नेतिर केन्द्रित गरेको छ,’ उनले भने, शिक्षालाई व्यावहारिक, सिकाइ केन्द्रित गर्नु आवश्यक छ, सँगसँगै परीक्षा प्रणाली बदल्नु पनि उत्तिकै जरुरी छ ।’ उनले सामुदायिक विद्यालयसँग सम्बन्धित सरोकारवालाहरु विद्यालयको सिकाइ अभिवृद्धि गराउने भन्दा पनि पूर्वाधार बनाउनतर्फ केन्द्रित भएको टिप्पणी गरे । उनले कर्णाली प्रदेशको २५ प्रतिशत बजेट शिक्षासँग सम्बन्धित भएर कार्यान्वयनमा गएको बताउँदै त्यसमध्ये पनि धेरै रकम विद्यालयका पूर्वाधार निर्माणमा गएको बताए ।
    कर्णाली प्रदेश सरकारले परीक्षा प्रणाली सुधारका लागि केही विद्यालयमा परीक्षणका रुपमा छुट्टै कार्यक्रम गर्न लागेको मन्त्री भण्डारीले जानकारी दिए । उनले विद्यालय सुधारका लागि शिक्षक मेरुदण्डका रुपमा हुने भएकाले शिक्षकहरुले आफूलाई विकास गर्नुपर्ने बताए । शिक्षकलाई दिनुपर्ने तालिमका सन्दर्भमा उनले तत्काल कर्णालीमा भएको स्रोत, संरचना र जनशक्तिको अपर्याप्तताका कारण सरकारले चाहेर पनि सबै शिक्षकहरुलाई तालिममा समेट्न नसकेको बताए । मन्त्री भण्डारीले कर्णाली प्रदेशको १० बर्षे शिक्षा क्षेत्र योजना निर्माणको अन्तिम चरणमा सरकार रहेको जानकारी गराए ।
    शिक्षा विज्ञ तथा नेपाल सरकराका पूर्व शिक्षा अधिकरी जीतबहादुर शाहले शैक्षिक सुधारका लागि नीतिगत सुधार जरुरी रहेको औंल्याए । उनले प्रयोगात्मक कक्षाहरु अहिले पनि प्रभावकारी बनाउन नसकिएकाले सिकाइमा सुधार आउन नसकेको बताए । शिक्षा क्षेत्रमा हुने राजनीतिले क्षमतावानलाई पन्छाउँदै क्षमता नभएकालाई जनशक्तिका रुपमा भर्ना गर्ने प्रवृत्ति शिक्षा सुधार हुन नसक्नुको एक मुख्य कारण भएको उनको भनाई छ ।गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुनले स्थानीय सरकारले लगानी गर्नुपर्ने क्षेत्र धेरै भएकाले शिक्षामा पर्याप्त हुनेगरि लगानी गर्न नसकिएको
    बताए ।


    उनले आवश्यकता अनुसार दरबन्दी भएमा शिक्षाको गुणस्तर वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।
    स्थानीय तहहरुले विद्यालयमा हुने दरबन्दी अभावको मार खेप्नुपरेको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निमबहादुर केसीले बताए । हामी शिक्षक र कर्मचारी विद्यालयको सुधारका लागि करार गर्छौं, त्यही विद्यालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न करार गरिएका जनशक्तिलाई तलब खुवाउँदा महालेखाले बेरुजु लेख्छ,’ उनले भने, हामीले यसरी मार खेपेर शिक्षामा काम गर्न समस्या हुन्छ, बरु संघ सरकारले दरबन्दीअनुसार जनशक्ति पठाईदिनुपर्छ ।’

  • सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री पौडेल

    सञ्चार क्षेत्रले सरकारका कमजोरी औँल्याउने र राम्रा काम जनतासम्म पुर्‍याउनुपर्छ : अर्थमन्त्री पौडेल

    blog

      उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार जगत्ले सरकारका कमजोरी औँल्याउने र सकारात्मक काम जनतासम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्ने बताए ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्ने बताए । “सरकारका नीतिगत त्रुटि वा कार्यान्वयनमा कमजोरी भए त्यसलाई प्रस्टसँग जनतासामु उजागर गर्नु सञ्चारको दायित्व हो”, पौडेलले भने, “साथसाथै सरकारले गरेका उपलब्धि र जनहितमा भएका कामबारे नागरिकलाई सुसूचित पनि त्यत्तिकै महत्त्वपूर्ण छ ।” सो अवसरमा अर्थमन्त्री पौडेलले आर्थिक पत्रकारिताको महत्त्वमा जोड दिँदै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन पत्रकारको भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारी, रुस–युक्रेन तनावलगायत कारण मुलुकको अर्थतन्त्रमा असर देखिएको र पछिल्लो समय सुधार हुँदै गएको बताए । मुलुकको आर्थिक क्षेत्र सुधारका लागि निजी क्षेत्रबाट कसरी भूमिका खेल्न सकिन्छ भनेर महासङ्घले सधैँ पहल गरिरहेको उल्लेख गर्दै उनले कानुनी र व्यवहारिक सुधारका लागि सरकारलाई निरन्तर सुझाव दिइरहेको धारणा राखे । यद्यपि कानुन कार्यान्वयन कमजोर हुँदा सोचे अनुरूप नतिजा प्राप्त गर्न नसकेको ढकालको भनाइ छ ।

    कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्र सुधारका लागि कुन क्षेत्रमा कति लगानी आवश्यक छ र त्यसका लागि के कस्ता नीतिगत तथा कानुनी सुधार गरिनुपर्छ भनेर परिसङ्घले अध्ययन गरिरहेको बताए  ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्र सूचकहरू विस्तार सुधार हुँदै गए पनि निजी क्षेत्र अझै लगानीका तयार नभइसकेको बताए  । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई दिएका सुझाव तथा सिफारिस कार्यान्वयनमा उनले जोड दिए  ।

    कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूले सञ्चार क्षेत्रले सामना गरिरहेका चुनौती, पत्रकारिताको गुणस्तर र आर्थिक क्षेत्रसम्बन्धी अनुसन्धानात्मक समाचारको आवश्यकताबारे विचार व्यक्त गरे । अधिवेशनले सेजनको नयाँ नेतृत्व चयन गर्ने छ ।

  • एक लाख बालबालिकाले पाए सबै खोप

    एक लाख बालबालिकाले पाए सबै खोप

    blog

     कर्णाली प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको छ । कर्णाली प्रदेशका ५९ महिनासम्मका बालबालिकासहित खोप लगाउन छुटेका तथा खोप नलगाएका एक लाखभन्दा बढी बालबालिकाले खोप लगाएपछि बिहीबार कर्णालीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।

    कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, परिवार कल्याण महाशाखा काठमाडौँका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमलगायतको उपस्थितिमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो । कर्णाली प्रदेशका १५ महिनासम्मका ३१ हजार २४३ जना, १६ महिनादेखि ५९ महिनासम्मका ७० हजार ५४९ जना, शून्य डोजका १५ महिनासम्मका आठ जना, १५ महिनासम्मका खोप लगाउन छुटेका १९२ जनाले खोप लगाएका छन् । १६ महिनादेखि ५९ महिनासम्मका शून्य डोजका १८ जना र १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका ५८६ जना गरी कुल एक लाख दुई हजार ५९६ जना बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।

    स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले नियमित खोप लगाउनेका साथै खोपै नलगाएका र खोप लगाउन छुटेका बालबालिकासमेत खोपको पहुँचमा आएको बताए । उनले कर्णालीमा शून्य डोज र खोप छुटेका ८०४ जना नयाँ बालबालिका पनि खोपको सम्पर्कमा आउन सफल भएको जनाए । एक वर्षभित्र घर घरमा खोजी गरेपछि ती सङ्ख्या फेला पारी उनीहरूलाई पनि सबै खोप लगाइएको निर्देशक डा. खड्काको भनाइ छ । कर्णालीमा सबैभन्दा धेरै खोप छुट भएका १७५ जना, रुकुममा १०५ जना रहेको र हुम्ला, जुम्ला, मुगु, जाजरकोट र डोल्पामा शून्य डोजका बालबालिका नभएको जानकारी उनले दिए  । कर्णालीमा सबैभन्दा पहिला सल्यान जिल्ला गत असार १९ गते र सबैभन्दा पछि डोल्पा असार ३० गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका थिए । उनले प्रदेशका सबै जिल्लाका १३ प्रकारका खोप पाउनुपर्ने सबै बालबालिकाले खोप पाएको दाबी पनि गरे ।

    सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिए पनि यसको दिगोपनामा चुनौती देखिएको बताए  । उनले कर्णालीमा कामको सिलसिलामा अभिभावक भारततिर बालबालिकासहित जाने भएकाले उनीहरू खोप पाउनबाट वञ्चित हुनसक्ने अवस्था रहे पनि महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायतको मेहनतले उनीहरू खोपको पहुँचमा आउन सफल भएकोमा खुसी प्रकट गरे  । उनले खोप पाउनबाट कुनै पनि बालबालिका छुट्न नहुनेतर्फ सचेत रहन पनि स्वास्थ्यकर्मी तथा चिकित्सकलाई आग्रह गरे । कर्णालीको स्वास्थ्य क्षेत्रको सुधार हुने प्रमुख कदम खोप कार्यक्रम भएको हुँदा आगामी दिनमा खोपको दिगोपनालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    परिवार कल्याण महाशाखा काठमाडौँका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको जानकारी दिँदै त्यसमा खोप कार्यक्रमको योगदान पनि रहेको उल्लेख गरे । उनले कर्णाली पूर्ण खोप प्रदेश घोषणामा चौथो प्रदेश रहेको र अब तीन वटा प्रदेश बाँकी रहेको जानकारी दिए । उनले ८० प्रतिशत मृत्युदर घटाउन खोप कार्यक्रमले ६० प्रतिशत योगदान दिएको भन्दै शून्य डोज र छुटेका खोप लगाउने बालबालिका खोज्ने कार्यमा पनि नेपालले उल्लेख्य सुधार गरेको बताए ।

    सामाजिक विकास मन्त्रालयका सचिव एवं प्रदेश खोप समन्वय समितिको सचिवालयका संयोजक धोलकराज ढकालले कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार आएको दाबी गरे । सन् २००१ मा कर्णालीमा खोप पूर्णता ६५.६ प्रतिशत रहेकोमा सन् २०२५ मा ८४ प्रतिशत पुगेको, सन् १९९० मा बालमृत्यु दर प्रतिहजारमा १३८ जना रहेकोमा सन् २०२० मा २८.२ प्रतिशतमा झरेको उनले बताए । सचिव ढकालले खोपमा गरिएको खर्च लगानी भएको बताउँदै कर्णालीको स्वास्थ्यमा सुधार आउनुमा खोप कार्यक्रम पनि प्रमुख भएको जिकिर गरे  । कार्यक्रममा नगरपालिका सङ्घ कर्णालीका अध्यक्ष एवं गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुन, जिल्ला समन्वय समितिका उपप्रमुख सचिन बडुवाललगायतले पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणामा खटिने सबैलाई धन्यवाद व्यक्त गरे  ।

  • चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव

    चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव

     उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना दिएका छन् । उनले यस पर्वले नेपाली समाजमा आध्यात्मिक चेतना, नैतिकता तथा राष्ट्रिय एकताको भावना सुदृढ गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

    कुमारी इन्द्रजात्रा र अनन्त चतुर्दशी (अनवत) पर्व, २०८२ को पावन अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्– ‘यी जात्रा र पर्वहरू भूगोल, क्षेत्र, समुदाय तथा परम्परागत नामअनुसार फरकफरक शैली र नामले मनाइए पनि सबैको साझा उद्देश्य हाम्रो राष्ट्रियता, अखण्डता, पारस्परिक प्रेम, भ्रातृत्व, सौहार्द, सहयोग र एकताको भावना विकास गर्नु हो ।’

    जीवित कुमारीको पूजा तथा रथयात्रा, लिङ्गो ठड्याउने परम्परा, भैरव नाच, गणेश नाचलगायत सांस्कृतिक प्रस्तुतिले नेपाली सभ्यता र परम्पराको मौलिक पहिचानलाई उजागर गर्दै राष्ट्रिय एकताको सन्देश फैलाउनुपर्ने उनको भनाइ छ ।

    ‘जीवित देवी’ कुमारीलाई शक्ति र पवित्रताको प्रतीक मानिन्छ । इन्द्रजात्राका अवसरमा निकालिने रथयात्राले समाजमा धार्मिक आस्था र विश्वासलाई बलियो बनाउँदछ । इन्द्रजात्रा पर्वले आन्तरिक र बाह्य पर्यटनलाई पनि बढावा दिने र जसले देशको अर्थतन्त्रलाई सहयोग पु(याउने उपराष्ट्र यादवको भनाइ छ ।
    विशेषतः तराई–मधेसमा आजकै दिन (अनन्त चतुर्दशी अनवत) पर्व मनाउने परम्परा रहिआएको छ । यो पर्व देवी लक्ष्मी तथा भगवान् विष्णुको पूजाआर्चना गर्दै मनाइने धार्मिक अनुष्ठान हो ।
  • व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : गगन थापा

    व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : गगन थापा

  • एमालेमा विवाद भइरहेका बेला देउवाले भने– पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

    एमालेमा विवाद भइरहेका बेला देउवाले भने– पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

  • इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु

    इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृत्यु

     इजरायली कब्जा बलहरूले गाजा सहरका आवासीय भवन र विस्थापितको शिविरमा हवाई आक्रमण गर्दा १४ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुको साथै घाइते भएको चिकित्सा स्रोतहरूले जनाएका छन् ।गाजास्थित आवासीय अपार्टमेन्टमा इजरायली लडाकु विमानले बम प्रहार गर्दा तीन जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ ।

    रामल्लामा इजरायली सेनाले विस्थापित प्यालेस्टिनीहरूको शिविरमा गोलाबारी गर्दा तीन जनाको मृत्यु हुनुका साथ अन्य धेरै घाइते भएका छन् । आवासीय भवनमा भएको अर्को हवाई आक्रमणमा एक जनाको मृत्यु हनुका साथै अन्य केही घाइते भएको जनाइएको छ ।गाजा सहरको दक्षिणमा ताल अल हवा र साब्राका घरहरूमा भएको इजरायली हवाई आक्रमणमा थप पाँच प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् । अर्को छुट्टै आक्रमणमा, इजरायली ड्रोनले सहरको पश्चिममा विस्थापितको शिविरलार्ई निशाना बनाइ गरेको आक्रमणमा दुईजना प्यालेस्टिनीहरुको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् ।

    हाल गाजा सहर कब्जा गर्ने इजरायली सेनाले घोषणा गरेको अभियानको दोस्रो चरणको रूपमा तीव्र आक्रमण भइरहेको छ ।

  • कांग्रेसको महाधिवेशन समय आएपछि हुन्छ : देउवा

    कांग्रेसको महाधिवेशन समय आएपछि हुन्छ : देउवा

    सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठवन्धनले निरन्तरता पाउने बताएका छन्  ।

    शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सहमति आवश्यक पर्ने बताए ।

    उनले नेपाली कांग्रेसको आसन्न महाधिवेशन समय आएपछि हुने प्रतिक्रिया दिए । तत्काल सरकारका कुनै पनि मन्त्रीहरू हेरफेर नहुने देउवाले स्पष्ट पारे ।

  • कर्णाली स्याउ: उचित मूल्य पाएपछि उत्साहित किसान

    कर्णाली स्याउ: उचित मूल्य पाएपछि उत्साहित किसान

    स्याउको मूल्य बारीमै ५५ रुपैयाँ प्रतिकिलो पाउन थालेपछि डोल्पाका कृषकहरु उत्साहित भएका छन् । सडक र यातायातको समस्या रहे पनि व्यापारीहरुले गाउँमै पुगेर स्याउ किन्ने गरेका छन् ।
    त्रिपुरासुन्दरी नगरपालिका–४ का रुद्री बुढा स्याउ किन्न जिल्ला बाहिरका व्यापारी घरमै पुगेपछि दङ्ग छन् । करिब दुई सय बोट स्याउ रोपेका बुढाले सातामा डेढ लाख आम्दानी गरेका छन् । सिजनको सुरुआतमै राम्रो भाउमा सबै स्याउ बिक्री भएपछि उनले खाली जग्गामा पनि रोप्ने योजना बनाइरहेका छन् । ‘यसपालि बगैँचामै ५५ रुपैयाँ किलो बेचियो, पोहोर ३५ थियो,’ उनले भने, ‘व्यापारीलाई पनि झन्झटै छ, ठाउँ–ठाउँमा गाडी फेरेर लैजानुपर्छ । गाउँसम्म राम्रो बाटो भए अझै मूल्य पाउने थियौँ ।’ सडकको अवस्था राम्रो नभएकै कारण व्यापारीले अझै मूल्य हाल्न धक मान्ने गरेको उनले बताए ।


    त्रिपुरासुन्दरी–४ का विष्णु बोहरालाई यति बेला राम्रोसँग खाने फुर्सद पनि छैन । स्याउ किन्ने व्यापारी पुगेपछि उनलाई टिप्न, कार्टुनमा प्याक गर्न र गाडी भएको ठाउँसम्म ओसार्न भ्याइनभ्याई छ । ‘६/७ दिनदेखि स्याउको कामले खाने फुर्सदसम्म छैन, बिहानै परिवारै बगैँचामा जान्छौँ, एक छिन खाना खान फर्केर साँझसम्म खटिनुपरेको छ,’ उनले भने ।
    आफ्ना तीन वटा बगैँचामध्ये यसपालि धेरै बोट नफलेको उनले बताए । परिवारका सदस्यले मात्र सक्ने अवस्था नहुँदा कामदार लगाएरै टिप्नुपर्ने अवस्था रहेको छ । रंगगाउँकै अर्का कृषक ज्ञानबहादुर बुढाले स्याउसँगै दाँते ओखर रोपेका छन् । यहाँको स्याउलाई राम्रोसँग ‘ग्रेडिङ’ गरेर बेच्न पाए अझै मूल्य पाउने उनले बताए ।
    करिब ३ सय घरधुरी भएको रंगगाउँमा प्रायः घरले स्याउ रोपेका छन् । यस बेला बालबालिकादेखि वृद्धसम्म स्याउ टिप्न, प्याक गर्ने काममा लागेका छन् । गाउँका प्रत्येक घरले स्याउबाट यस वर्ष ५० हजारदेखि २ लाखसम्म आम्दानी गर्ने अनुमान गरिएको वडा नं. ४ का अध्यक्ष रञ्जित बुढाले बताए । ‘यस वर्ष रंगगाउँमा मात्रै एक करोड भित्रिने अनुमान छ, गाउँमै व्यापारी पुगेर भनेकै मूल्य पाएपछि कृषक खुसी छन्,’ उनी भन्छन्, ‘पहिला स्याउ धेरै फले बजार नभएर चिन्ता हुन्थ्यो, अहिले त अन्य बाली रोप्न छाडेर पनि स्याउ रोप्न थालेका
    छौँ ।’ वडा कार्यालयले पनि स्याउ खेती प्रोत्साहन गर्न बिरुवा वितरणदेखि काँटछाँट र औजार उपलब्ध गराएको बुढाले बताए ।
    वडा कार्यालयले स्याउ पकेट क्षेत्र बनाएर बगैँचाको घेरा बाराका साथै संरक्षण गर्न कर्मचारी पनि नियुक्त गरिएको उनले सुनाए । रङ्ग गाउँमा मात्रै करिब २० हेक्टर क्षेत्रमा स्याउ रोपिएकाले केही वर्षमा सबैले फल दिन थाले पश्चिम नेपालको आधा बजार धान्ने अनुमान गरिएको वडाध्यक्ष बुढाले बताए । त्रिपुरासुन्दरी नगरपालिकाका रङ्गसहित जिउ, सुँ, त्रिपुराकोट, मद्धुलगायतका गाउँमा व्यावसायिक रूपमा स्याउ खेती गरिएको छ । यसबाहेक ठूलीभेरी नगरपालिका, काइके गाउँपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि व्यावसायिक खेती
    छ । केही वर्ष पहिलासम्म बजार अभावमा बोटमै कुहिने डोल्पाको स्याउ अहिले नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी, पोखरालगायत सहरमा पुग्ने गरेको छ ।
    डोल्पासम्म नियमित सिधा सडक यातायात जोडिएको छैन ।
    हिाउदमा काठमाडौँ, नेपालगन्ज लगायतका सहरबाट सिधै डोल्पासम्मै गाडी पुग्ने भएपनि बर्खामा खोलानालाले ठाउँठाउँमा मानिसले बोकेर गाडीसम्म पुर्‍याउनुपर्छ । डोल्पा जोड्ने सडकमा पर्ने स–साना खोलामा पुल नबनेका कारण नियमित यातायात चल्न नसकेको हो ।
    कच्ची सडकको बीचबीचमा पर्ने खोलानालामा पुल नहुँदा वर्षमा ६ महिना जति आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्दै यात्रु गर्नुपर्ने बाध्यता छ । स्याउ सिजनमा पनि साउन खरिदका लागि साउन अन्तिम देखिनै व्यापारीहरू गाउँमा पुग्ने भएकाले यति बेला टिपेको स्याउ कष्ट सहेर बजार लैजानुपर्ने व्यापारीहरुको गुनासो छ । ‘अर्गानिक र स्वादमा पनि मिठो भएकाले सहरी क्षेत्रमा डोल्पाको स्याउको माग धेरै छ, सडक राम्रो नहुँदा नोक्सानी पनि व्यहोर्नुपरेको छ, त्यसैले धेरै राम्रो भाउ दिन सकिएको छैन,’ स्याउ व्यवसायी डम्बरबहादुर वलीले भने, ‘कृषकलाई ग्रेडिङको सीप सिकाएर मोटर बाटो सुधार भइदिए डोल्पाको स्याउको माग र भाउ कसैले पछ्याउन सक्दैन ।’
    रङ्ग गाउँसम्म पुग्ने मोटर बाटो खुले पनि अझै स्तरोन्नति भएको छैन । गाउँसम्म सडक पुगे पनि त्यहाँबाट बगैँचा आसपास बाटो नहुँदा ढुवानी रकम थप बढ्नुको साथै बोकेर सडकसम्म ओसार्नु पर्ने समस्या भएको त्यहाँका स्याउ किसान बताउँछन् ।


    प्रहरीसँग भएको स्याउ निर्यात रेकर्डअनुसार भदौ ७ गतेदेखि २ सय ७६ टन भन्दा बढी स्याउ डोल्पा जिल्लाबाट बाहिरिएको छ । अघिल्लो वर्ष डोल्पाबाट करिब १ सय ५० मेट्रिक टन स्याउ जिल्लाबाहिर गएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको स्याउ जोन कार्यालयका अनुसार डोल्पाको स्याउको मूल्य यो वर्ष किलोमा १५ देखि २० रुपैयाँले बढको छ । सडकको अवस्था सुधार गर्न सके र शितगृह निर्माण गरेर सिजन सकिएपछि जोगाउन सके अझै राम्रो भाउ पाउन सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन कार्यालय डोल्पाका प्रमुख गोविन्दबहादुर मल्लले बताए ।
    यसवर्ष डोल्पामा स्याउ बिक्रीबाट १६ करोड रुपैयाँ बढी कार्यालयको अनुमान छ । डोल्पामा रेड डेलिसिएस, गोल्डपनलगायतका विभिन्न जातका स्याउ उत्पादन हुने गर्छन् ।