Blog

  • १ सय ७ किलो गाँजासहित युवक पक्राउ

    १ सय ७ किलो गाँजासहित युवक पक्राउ

    एक सय सात किलो लागु औषध गाँजासहित प्रहरीले आज एक कार चालकलाई नियन्त्रणमा लिएको छ।

    सर्लाहीको पर्सा गाउँपालिका-१ का २० वर्षीय चन्दन यादव उक्त परिमाणको गाँजासहित प्रकाउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारका अनुसार बीआर ३० एएच २३८८ नम्बरको सेतो रङ्गको कारको डिक्कीमा सो गाँजा फेला परेको थियो।

    ‘डिक्कीमा गाँजा राखी बर्दिवास हुँदै सदरमुकाम जलेश्वरतिर आउँदै गरेको कारलाई औरही नगरपालिका-८ स्थित टिम्कियामा चेकजाँच गर्न क्रममा गाँजा फेला पारि पक्राउ गरेका हौं’ उनले भने।

    प्रहरीलाई शङ्का लागि कार रोकेर जाँच गर्दा कारको डिक्कीभित्र २० वटा पोकामा एक सय सात किलो चार सय ८५ ग्राम लागुऔषध गाँजा लुकाइ राखेको अवस्थामा बरामद गरिएको उनले बताए।

    बरामद गाँजालाई चालकसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

  • पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ

    पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ

    भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

    उनले भने, ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ।’

    परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए।

  • बागमतीमा संसदीय समितिका ६ सभापतिले लिए शपथ

    बागमतीमा संसदीय समितिका ६ सभापतिले लिए शपथ

    भागबण्डाको विषयमा केही रस्साकस्सी पछि नियुक्त भएका बागमती प्रदेशसभा संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    हेटौंडास्थित प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमकाबीच विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

    प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समिति सभापतिमा नुरज बज्राचार्य र विशेषाधिकार समितिको सभापतिमा मायादेवी शर्माले शपथ ग्रहण गरेका हुन्।

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। प्रदेश मामिला समितिका सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने नेपाली कांग्रेसका हुन् भने शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल नेकपा माओवादी केन्द्र, उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ नेकपा एमाले, अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समितिको सभापति शर्मा नेकपा एकीकृत समाजवादीका सांसद हुन्।

    आन्तरिक भागबण्डाका लागि एउटा समिति थप गरेर ६ वटा बनाइएको हो। विशेष परिस्थितिमा निर्माण हुने विशेषाधिकार समिति थपिएको हो। यो समिति विशेष परिस्थितिमा बनाउने व्यवस्था रहे पनि भागबण्डाकै लागि बनाइएको हो।

    समिति मात्र नभई बागमती प्रदेशमा मन्त्रालय संख्या समेत बढाइएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो सरकार टिकाउनका लागि मन्त्रालय संख्या समेत बढाएका हुन्।

    करिब डेढ महिना मन्त्रालयविहीन रहेकी नेकपा एकीकृत समाजवादीका सांसद रमा आले मगरका लागि मन्त्रालय विभाजन गरिएको थियो। एकीकृत समाजवादीले ३ वटा मन्त्रालय पाउनुपर्ने आफ्नो अडान कायम राखेपछि सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो।

    योसँगै बागमती प्रदेशमा मन्त्रालयको संख्या १२ बाट १३ पुगेको छ।

  • बालेनको चेतावनीपछि रिहा भए महानगरका चार चालक

    बालेनको चेतावनीपछि रिहा भए महानगरका चार चालक

    काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन्।

    महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल मार्फत् चालकहरूलाई तत्काल रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।

    उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेको एक घण्टा नबित्दै ती चालकहरू रिहा भएका हुन्। प्रमुख साहले नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी दिएका छन्।

    चालकहरूको रिहाइपछि पुन: अर्को स्ट्याटस लेख्दै उनले भनेका छन् ‘जो कोहीले यत्ति बुझ्नुहोला: पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाडौँ महानगर यसमा संवेदनशील छ।’

    महानगरले आफ्ना कर्मचारीमाथि हुने अनाहकको अपमान नसहने बालेनको भनाइ छ। ‘अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन। बुझेर कदम चाल्नुहोला,’ उनले भनेका छन्।

    यसअघि उनले फेसबुकबाटै भ्रष्टलाई समाउन नसक्ने सरकारले चालक समाएको भन्दै नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए।

  • पूर्वराजा ज्ञानेन्द्र शाहले गरे पाटन दरबारको भ्रमण (तस्बिरहरु)

    पूर्वराजा ज्ञानेन्द्र शाहले गरे पाटन दरबारको भ्रमण (तस्बिरहरु)

    पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबारको भ्रमण गरेका छन्।

    पूर्वराजा शाहले सोमबार अपराह्न पाटन दरबारको भ्रमण गरेका हुन्। भ्रमणको क्रममा उनलाई सयौँ समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित स्वागत गरेका थिए।

    नेपालको राष्ट्रिय झन्डा लिएर उपस्थित भएका समर्थक तथा शुभचिन्तकहरुले पूर्वराजा शाहको जयजयकार समेत गरेका थिए।

    भ्रमणका क्रममा उनले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पूजाआजा गरेका थिए।

    तस्बिरहरु: दिपेश दर्शनधारी/नागरिक

  • सामसङले ल्यायो ग्यालेक्सी एम फिफ्टिन फाइभजी

    सामसङले ल्यायो ग्यालेक्सी एम फिफ्टिन फाइभजी

    सामसङ नेपालले धेरै सेग्मेन्टकै अग्रणी सुविधासहित ग्यालेक्सी एम फिफ्टिन फाइभजी बजारमा ल्याएको छ ।

    अत्यधिक लोकप्रिय ग्यालेक्सी ः क्भचष्भक अन्तर्गत बजारमा ल्याएको ग्यालेक्सी एम फिफ्टिन मा सुपर सुपर एमोलेड प्लस डिस्प्ले, ६००० एमएच ब्याट्री र शक्तिशाली मिडियाटेक प्रोसेसर रहेको छ ।

    ब्लू टोपाज र स्टोन ग्रे गरी दुई आकर्षक रंगमा उपलब्ध हुने यो मोबाइलमा प्रयोग भएको शक्तिशाली ब्याट्री २ दिनसम्म टिक्ने कम्पनीको दाबी छ । उपभोक्ताहरूलाई सामसङले २५ वाट सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

    ग्यालेक्सी एम फिफ्टिन फाइभजीमा ६.५ इन्चको सुपर एमोलेड प्लस डिस्प्लेले सामाजिक सञ्जाल फिडहरु मार्फत् बाहिरी सेटिङमा स्क्रोलिङ गर्छ । सफा र स्पष्ट तस्बिरका लागि यो डिभाइसमा ५० एमपी ट्रिपल क्यामेरा र १३ एमपी फ्रन्ट क्यामेरा छ ।

    यसका साथै यसमा क्वीक शेयर सुविधाले प्रयोगकर्ताहरूलाई तुरुन्तै फाइल, फोटो र कागजातहरू ल्यापटप, ट्याबलगायतका कुनै पनि अन्य उपकरणसँग तत्काल सेयर गर्न सक्ने कम्पनीको भनाइ छ ।

    देशभरका २ हजारभन्दा बढी अधिकृत बिक्रेतामार्फत उपलब्ध हुने सामसङले नेपालमा यसको मूल्य २५हजार ९९९ तोकेको छ ।

  • गगनमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई झाँक्रीको चुनौती

    गगनमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई झाँक्रीको चुनौती

    नेपाल कांग्रेसका महामन्त्री गगन कुमार थापामाथि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप लगाएको प्रति नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आपत्ति जनाएकी छिन्।

    सोमबार सामाजिक सञ्जाल एक्स मार्फत उनले उल्लेखित आरोपहरू पुष्टि गर्न गृहमन्त्रीलाई चुनौती समेत दिइन्।

    ‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आईकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो,’ उनले लेखेकी छिन्, ‘गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस्।’

    गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभामा कांग्रेस महामन्त्री गगन थापा, सांसद आरजू राणासहित विभिन्न कांग्रेस नेताहरुतिर लक्षित गर्दै चर्चामा आएका अनुदानमा अनियमितता, विदेशीलाई सूचना बेचेको लगायतका विषयहरूको पनि छानबिन हुनुपर्ने बताएका थिए।

    गृहमन्त्री लामिछानेले भनेका थिए ‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाममा राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ। ‘राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ।’

    सोही कुरा प्रति आपत्ति जनाउँदै सचिव झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन्।

  • जेष्ठ ८ गते ललितपुरको कुमारीपाटीमा राइटपाथले  ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने

    जेष्ठ ८ गते ललितपुरको कुमारीपाटीमा राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने

    राइटपाथ करियर काउन्सिलिङले ललितपुरको कुमारीपाटीमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ गर्ने भएको छ । देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ सम्पन्न गरिसकेको शैक्षिक परामर्शदाता संस्था राइटपाथले मंगलवार कुमारीपाटीस्थित आफ्नै कार्यालयमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्न लागेको हो ।

    उक्त कन्क्लेभमा विद्यार्थीले २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर आफ्ना जिज्ञासाहरू मेटाउन सक्नेछन् । युनिभर्सिटीका प्रतिनिधिबाटै विश्वविद्यालयका बारेमा सत्य तथ्य जानकारी पाउने राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले बताए । यस्ता एजुकेसन कन्क्लेभहरूले विद्यार्थीहरूको हौसला बढ्ने उनको भनाई छ ।

    राइटपाथले उक्त कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ । सीईओ डिसीका अनुसार कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर राखिएको छ भने फ्री मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ ।

    उनले यूएस लक्षित अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपियाँमै गर्ने अफर ल्याएको पनि बताए ।

    ग्राण्ड एजुकेसन कन्क्लेभमा वरिष्ठ गायिका अन्जु पन्त र मिस नेपाल २०१६ की विजेता तथा राइटपाथकी ब्राण्ड एम्बेस्टर अस्मी श्रेष्ठ पनि सहभागी हुनेछन् । गायिका पन्त र श्रेष्ठ यसअघिका कन्लेभमा सहभागी भई प्रत्यक्षरुपमा विद्यार्थीहरूलाई हौसला समेत प्रदान गरेका थिए ।

    यसअघि काठमाडौँ, धनकुटा, हेटौँडा, चितवन, बुटवल र दाङमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भइसकेको छ । वैशाख २९ गते काठमाडौंबाट सुरु भएको ग्रान्ड एजुकेसन कन्क्लेभमा करिब ६ हजारभन्दा बढी अभिभावक तथा विद्यार्थीहरूले सहभागी जनाइसकेका समेत डिसीले जानकारी दिए ।

    राइटपाथले वैशाख २९ गते पुतलीसडक स्थित मुख्य कार्यालयमा सहभागी हुन नसकेका अभिभावक तथा विद्यार्थीहरूका लागि कुमारीपाटीमा उक्त एजुकेसन कन्क्लेभ गर्न लागेको हो । विद्यार्थीहरूले भोली हुन गइरहेको एजुकेसन कन्क्लेभमा सहभागी भई वैदेशिक शिक्षाको लागि परामर्श लिन सक्नेछन् ।

  • क्लबबाहिर निर्घात कुटपिट गरी फरार रहेका दुई प्रतिवादी पक्राउ

    क्लबबाहिर निर्घात कुटपिट गरी फरार रहेका दुई प्रतिवादी पक्राउ

    कुटपिट अङ्गभङ्ग सम्बन्धी कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भई ललितपुर इमाडोल बस्ने २६ वर्षीय मिलन तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ भक्तपुर सल्लाघारी बस्ने २८ वर्षीय विजय लामा रहेका छन्।

    उनीहरूले काठमाडौंकाे कोटेश्वरस्थित केएलसी क्लब अगाडि २०८० फागुन १७ गते एक जना पुरुषलाई अङ्गभङ्ग हुने गरी कुटपिट गरी घटना पश्चात् फरार रहेका थिए।

    ललितपुरका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वेर पठाइएको प्रहरीले जनाएको छ।

  • फोहोर संकलन गर्ने गाडीको चालक समातेपछि बालेन: सिंहदरबार र नेताका घरको फोहोर उठ्दैन

    फोहोर संकलन गर्ने गाडीको चालक समातेपछि बालेन: सिंहदरबार र नेताका घरको फोहोर उठ्दैन

    काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालकलाई समाएपछि मेयर बालेन शाह आक्रोशित भएका छन्।

    उनले जबसम्म स सम्मान चालकहरू रिहा हुँदैन त्यस बेलासम्म सिंहदरबार र नेताहरुको घरको फोहोर नउठ्ने बताएका छन्।

    उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले। जब सम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन। को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छोडिँदैन!’