१ सय ७ किलो गाँजासहित युवक पक्राउ

एक सय सात किलो लागु औषध गाँजासहित प्रहरीले आज एक कार चालकलाई नियन्त्रणमा लिएको छ।

सर्लाहीको पर्सा गाउँपालिका-१ का २० वर्षीय चन्दन यादव उक्त परिमाणको गाँजासहित प्रकाउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवारका अनुसार बीआर ३० एएच २३८८ नम्बरको सेतो रङ्गको कारको डिक्कीमा सो गाँजा फेला परेको थियो।

‘डिक्कीमा गाँजा राखी बर्दिवास हुँदै सदरमुकाम जलेश्वरतिर आउँदै गरेको कारलाई औरही नगरपालिका-८ स्थित टिम्कियामा चेकजाँच गर्न क्रममा गाँजा फेला पारि पक्राउ गरेका हौं’ उनले भने।

प्रहरीलाई शङ्का लागि कार रोकेर जाँच गर्दा कारको डिक्कीभित्र २० वटा पोकामा एक सय सात किलो चार सय ८५ ग्राम लागुऔषध गाँजा लुकाइ राखेको अवस्थामा बरामद गरिएको उनले बताए।

बरामद गाँजालाई चालकसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *