Blog

  • आगामी आर्थिक वर्षको बजेट  १९ खर्ब ६४ अर्ब ११ करोड

    आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

    सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

    संघीय संसद्को संयुक्त सदनमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट विनियोजन गरेको हो ।
    यसअनुसार चालु खर्च ११ खर्ब ८० अर्ब ५८ करोड (६०.०१ प्रतिशत), पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ (१९.१) प्रतिशत विनियोजन गरिएको छ । उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने भएको छ ।


    यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको छ । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने भएको छ ।
    आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।

  • सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट नेपाललाई शीघ्र बाहिर ल्याइने

    सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट नेपाललाई शीघ्र बाहिर ल्याइने

    काठमाडौँ । सरकारले नेपालको वित्तीय छविलाई सुदृढ गर्न सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिस्टबाट देशलाई शीघ्र बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसका लागि आवश्यक कानूनी तथा संस्थागत सुधार गरिने जानकारी दिएका हुन् ।

    यसका लागि सम्बन्धित निकायलाई सशक्त बनाउँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली सुधार गरिनेछ। सरकारले नेपालको वित्तीय प्रणालीलाई पारदर्शी, जवाफदेही र विश्वसनीय बनाउने दीर्घकालीन उद्देश्यसहित यस्तो नीति अघि सारेको हो ।
  • कर्मचारीको महँगी भत्ता पाँच हजार पुग्यो, तलब भने बढेन

    कर्मचारीको महँगी भत्ता पाँच हजार पुग्यो, तलब भने बढेन

    sharethis sharing button
     सरकारले राज्यकोषबाट तलब खाने कर्मचारीको महँगी भत्तामा वृद्धि गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत् राज्यकोषबाट तलब खाने कर्मचारीको महँगी भत्ता वृद्धि गरेर पाँच हजार पुर्याएको घोषणा गरेका हुन् ।

    मन्त्री पौडेलले राज्यकोषमा परेको दबाबका कारण कर्मचारीको तलब बढाउन नसकिएको बताए ।

    तत्कालीन सरकारले आर्थिक वर्ष ०७८/७९ को बजेटबाट निजामती कर्मचारीको तलबमा मासिक दुई हजार रुपैयाँको दरले वृद्धि गरेको थियो । साथै, कर्मचारीको तलबमानमा ग्रेड र प्राविधिक कर्मचारीको लागि गरिएको विशेष व्यवस्थाअनुसार थप ग्रेडको व्यवस्था गरेको थियो ।

    सरकारले बढाएको कर्मचारीको महँगी भत्ता आगामी साउन १ गतेदेखि लागू हुन्छ ।
  • आर्थिकवर्ष ८२ /८२ बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड

    आर्थिकवर्ष ८२ /८२ बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड

    sharethis sharing button
     उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले १५ जेठमा बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड घोषणा गरेका छन् । बजेट आगामी आर्थिक वर्षको लागि संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको हो ।

    यसमध्ये चालु खर्च ११ खर्ब खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत, ४ खर्ब ७ अर्ब ८९ करोड अर्थातः २०.८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब अर्ब २४ करोड रुपैयाँ अर्थातः १९.३ करोड विनियोजन गरिएको छ ।

  • कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी हुन्छः  लिङ्देन

    कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी हुन्छः लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको आन्दोलन कास्टिङ मात्र भएको बताएका छन् ।

    राजावादीहरुले आजबाट आन्दोलन थालेका छन् । र, पहिलो दिनको प्रदर्शनलाई लिङदेनले कास्टिङ मात्र भएको बताएका हुन् । ‘आन्दोलनको यो कास्टिङ मात्र हो, गणतन्त्र नढलेसम्म आन्दोलन जारी रहन्छ’, उनले भनेका छन् ।

    राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको थियो ।
  • वृद्धभत्ताको उमेर बढेन,समाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ

    वृद्धभत्ताको उमेर बढेन,समाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ

     सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यसबारे जानकारी गराएका हुन् ।

    छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उनले घोषणा गरे ।

    सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बजेट पढेर सुनाउँदै जानकारी गराए ।

    जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि उनले बताए ।

    सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने उनले बताए ।

    तर, वृद्ध भत्ताको उमेर बढाउने घोषणा भने उनले गरेनन् ।

  • सुरक्षाकर्मीलाई गणतन्त्र दिवसको अवसरमा साहसिक पुरुस्कार

    सुरक्षाकर्मीलाई गणतन्त्र दिवसको अवसरमा साहसिक पुरुस्कार

    कर्णाली प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा विपद साहसिक पुरुस्कार वितरण गरेको छ । प्रदेश सरकारले कर्णालीका बिभिन्न जिल्लामा खटेर विपदका घटनामा खोज, उद्दार र पुर्नस्थापना कार्यमा पाँच जनालाई पुरुस्कार दिइएको हो ।

    विपद साहसिक पुरुस्कार पाउनेमा नेपाल प्रहरी दुई जना, नेपाली सेनाका दुई जना र शसस्त्र प्रहरीका एक जना रहेका छन् । उनीहरुलाई जनही ३० हजार नगद, खादा तथा प्रमाणपत्र दिएर सम्मान गरिएको छ ।

    नेपाल प्रहरीका प्रहरी निरीक्षक धर्मेन्द्र खडकाले १७ कार्तिक २०८० मा जाजरकोट भूकम्पमा पुरिएका, घाइते भएका, मृत लासहरुको खोज, उद्दार र राहतमा उल्लेखनिय योगदान दिएकामा र हवल्दार प्रेमबहादुर चुनारालाई ११ साउन २०८१ मा सुर्खेतको वीरेन्द्रनगर–१३ मा खम्ब बुढाको घर भत्किदा उनको १४ बर्षिया छोरी सुशिला बुढा च्यापिएको अवस्थामा सकुशल उद्दार गरेकोमा साहसिक पुरुस्कार दिइएको हो ।

    नेपाली सेनाका प्युठ विजय कोइरालालाई २५ चैत्र २०८० मा डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका–४ भवानी सामुदायिक वनमा आगलागी नियन्त्रण गर्न अदम्य साहस देखाउदा आफै घाइते भएको (हालसम्म उपचारमा नै रहेको) र प्युठ केवल कटुवाललाई १७ कार्तिक २०८० मा जाजरको भूकम्पका कारणले जोखिम पूर्ण चट्टान व्यवस्थापनको ‘अपरेसन सिमपानी रक्षा’ कार्यमा बाह्य धनजनको क्षति हुन नदिई आफै घाइते भएका कारणले साहसिक पुरुस्कार दिइएको हो ।

    त्यस्तै, शसस्त्र प्रहरीका सहायक हवल्दार धनबहादुर पुनलाई ३ पुष २०८१ मा सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनास्थित सिटी हल नजिकै रहेको पुलबाट भेरी नदीमा हाम फालेका व्यक्तिलाई सकुशल उद्धार गरेका कारणले साहसिक पुरुस्कार दिईको हो ।

  • घरमा आगलागी का कारण दुई लाख बराबरको क्षति

    घरमा आगलागी का कारण दुई लाख बराबरको क्षति

     रुकुम पश्चिमको सानीभेरी गाँउपालिका–५ स्थित एक घरमा आगलागी भएको छ ।

    बुधबार दिउँसो घापागारका धीरेन्द्र कुसारीको तीन कोठे, एक तले खराले छाएको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट करिब दुई लाख बराबरको क्षती भएको छ । घरसँगै कुसारीको घरमा रहेको सोलार सेट, लत्ताकपडा,अन्नपात, मौरि घार समेत जलेर खरानी भएको प्रहरीको भनाई छ ।

    घरमूली कुसारी रोजगारीको क्रममा श्रीमतीसहित भारतमा रहेका छन् । घरमा बच्चाहरु मात्रै बस्ने गरेतापनि आगलागीको समयमा भने कोही पनि नरहेको तर एक्कासी आगलागी भएको बताइएको छ ।

  • दुई दिने निशुल्क स्वास्थ्य शिविर

    दुई दिने निशुल्क स्वास्थ्य शिविर

     रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –२ पिपलको जिपुमा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

    बाँफिकोट गाउँपालिका २ नम्वर वडा कार्यालयले त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्जको सहकार्यमा जेठ १७ र १८ गते शिविर सञ्चालन गर्न लागेको हो । वडा अध्यक्ष प्रकाश खत्रीका अनुसार रुकुम पश्चिम र रुकुम पूर्व समेतका सर्वसाधारणहरुको सहजताको लागि पिपलमा शिविर आयोजना गरिएको हो ।

    शिविरबाट सामान्य चिकित्सा, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी, नाक, कान, घाँटीको जाँच तथा उपचार, मुटु, मृगौला, फोक्सो जाँच तथा उपचार, छाला रोग उपचार, स्नायु तथा मानसिक रोग जाँच तथा उपचार सेवा प्रदान गरिने छ । त्यसैगरी मुत्ररोग उपचार, आँखाको जाँच तथा उपचार, दाँत परिक्षण तथा उपचार, पेट, आँन्द्रा, कलेजो, पित्तथैलीको जाँच तथा उपचार र सुगर, प्रेसर जाँच लगायतका सेवा प्रवाह हुने बताईएको छ ।

    शिविरमा शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंका बरिष्ठ कन्सल्ट्यान्ट डाक्टरहरु, मेडिकल अफिसरहरु, फार्मेसिस्टहरु तथा ल्याव टेक्नेसियनहरु उपस्थित भएर सेवा दिने कार्यक्रम रहेको छ । वडा अध्यक्ष खत्रीले बृहत शिविरमा उपस्थित भएर निशुल्क सेवा लिन अनुरोध गरेका छन् ।