‘कर्णालीमा नेता नभएको अनुभुति भयो’

सुर्खेत

सुर्खेत । कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका सांसद, एमाले पोलिटव्यूरो सदस्य तथा पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सडक हेर्दा यहाँ नेता नभएको टिप्पणी गरेका छन् । उनी कर्णाली राजमार्ग सुर्खेत, दैलेख, कालिकोट हुँदै स्थलमार्गबाट (कर्णाली राजमार्ग) जुम्ला पुगेका हुन् । उनले भने, सडक हेर्दा यहाँ विकास प्रेमी नेता नभएको अनुभुति भएको छ ।

यो के सडक हो । विकासको मेरुदण्ड भनेकै सडक हो । यही सडक राम्रो नभएपछि यहाँको नागरिकको कसरी समृद्धि हुन्छ । सडक सञ्चालनमा आएको दशकौँ हुदा पनि सुधार स्तरबृद्धि नहुनु दुखद पक्ष हो । यहाँको नेताको कार्यसम्पादन चित्तबुझ्दो नभएको उनले बताए । उनले भने, भ्रमण गर्न हवाईबाट आउदा पनि हुन्थ्यो । तर माथिल्लो कर्णालीका नागरिकको जनजीवन र यहाँको अवस्था बुझ्नकै लागि भएपनि स्थलमार्ग भएर आएको हुँ ।

नेपालकै विशाल पर्यटकिय क्षेत्र मुगुको राराताल पुगेर फर्किने योजना रहेको पुर्व सञ्चारमन्त्री बास्कोटाले बताए । उनले भने, कर्णालीमा समृद्धिको थुप्रै सम्भावनाहरु देखिए । तर काम हुन नसकेको स्थलगत भ्रमणका क्रममा अनुभुति भयो । यहाँका नेताहरुले सक्रियरुपमा काम गर्न सक्नुपर्दछ ।

अन्य समाचार

+ There are no comments

Add yours