कालिकोटका दुर्गम गाउँहरूमा स्वास्थ्य शिविर

सुर्खेत

कालिकोट । दुर्गम गाउँमा आयोजित स्वास्थ्य शिविरमा बिरामीको भीड लागेको छ । यहाँको नरहरिनाथ आधारभूत अस्पतालमा आयोजित बृहत् स्वास्थ्य शिविरमा तीन दिनमा ५ हजार २ सय २२ जना बिरामीले उपचार पाएको अस्पताल प्रमुख डा. शिवनाथ यादवले जानकारी दिए ।

यति धेरै बिरामी छन् भन्ने त हामीलाई लागेकै थिएन, उनले भने, रोग लुकाएर बसेका धेरै रहेछन् । उनले आइतबारदेखि सुरु भएको ३ दिने विशेषज्ञ स्वास्थ्य शिविर बिरामीको चापले लम्बिएर बुधबार बिहानमात्र चिकित्सकको टोलीलाई बिदाइ गरिएको बताए । एकरएक पाइला फाउन्डेसनसँग समन्वयपछि नरहरिनाथ गाउँपालिकाको विकट बस्तीका नागरिकलाई पहिलो पटक ३२ जना विशेषज्ञ टोलीलाई स्वास्थ्य सेवा दिन सफल भएको पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । शिविर यति प्रभावकारी होला भनेर मैले पनि सोचेको थिइन्ँ, उनले भने, काठमाडौंमा पाइने स्वास्थ्य सेवा गाउँमै पाउँदा नागरिक पनि खुशी छन् । उनले नरहरिनाथका बासिन्दाका लागि आगामी दिनमा पनि यस्तै खालका विशेषज्ञ स्वास्थ्य सेवा दिन गाउँपालिकाले बजेट विनियोजन गर्ने प्रतिबद्धता गरे । योगी नरहरिनाथ आधारभूत अस्पतालबाट प्राप्त जानकारीअनुसार अत्याधुनिक उपकरणसहित आएको विशेषज्ञ टोलीले १५ प्रकारका सेवा दिएको छ । शिविरमा ७ सय ९९ जनाको आँखा परीक्षण गरिएकोमा १ सय १ जनाको शल्यक्रिया गरिएको छ । ६ वर्षदेखि दुवै आँखा बन्द भएकी नरहरिनाथ–६ माल्कोटकी ६६ वर्षीया मना विश्वकर्माले ज्योति फर्किएकोमा खुशी हुँदै साँच्चिकै गाउँमा सरकार पुगेको महसुस भएको बताइन् ।

नरहरिनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीका अनुसार १ हजार ४ जनाले जनरल मेडिसिन सेवा पाएको शिविरमा ६ सय ५४ जनाले हाडजोर्नी रोग सेवा, ५ सय २४ जनाले नाक, कान, घाटी रोग सेवा पाएका छन् भने २३ जनाको कानको शल्यक्रिया भएको छ । त्यस्तै, २ सय ३९ ले दाता रोगको उपचार गराएको शिविरमा २ सय ५२ जनाको सामान्य अप्रेशन, ३ सय २९ ले छाला रोगको उपचार गरिएको छ भने २ सय २७ बालबालिका र ३ सय ६७ जना महिलाले स्त्री रोग सेवा पाएका छन् । २ सय ४७ जनाको भिडियो एक्स(रे, ८१ जनाको सादा एक्सरे, । ३ सय ४३ जनाको प्रयोग शाला परिक्षण, ३ जनाको इसिजी, १७ जनाको इन्डोस्कोपी गरिएको छ ।

महाबैमा ३ सय ४७ जनाको आँखा जाँच
यहाँको महाबै गाउँपालिकामा संचालित आँखा शिविरमा ४ सय ५३ जनाको आँखा जाँच भएको छ । आइ केयर फाउडेसन काठमाडौं र हिमालय आँखा अस्पताल पोखराको सहयोग र नेपाल नेत्रज्योति संघ कालीकोटअन्तर्गतको आँखा उपचार केन्द्र मान्मको सहयोगमा महाबैस्थित आधारभूत अस्पताल ओदामा पहिलो पटक आँखा शिविर संचालन भएको पालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । उनकाअनुसार शिविरमा ६७ जनाको शल्यक्रिया भएको छ ।

अन्य समाचार

+ There are no comments

Add yours