२०८३ कात्तिक ४ , बुधबार

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको पनि बढ्यो



 

 

काठमाडाैँ । नेपाली बजारमा आज (२९ चैत) सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु तीन हजार ९०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु रु एक लाख ८१ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला रु एक हजार ९०० मा कारोबार भएको चाँदी आज रु पाँचले बढेर रु एक हजार ९०५ पुगेको छ ।

प्रकाशित मिति : २०८१ चैत २९ गते शुक्रबार