न्यूयोर्कमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

सुर्खेत

अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा बिहीबार (२८ चैत) भएको हेलिकप्टर दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार सबै ६ जना यात्रुको मृत्यु भएको हो ।

मृतकहरू अमेरिका घुम्न पुगेका स्पेनी पर्यटक रहेका बताइएको छ । तीन बालबालिकासहित पाँच जना स्पेनिस र एक पाइलट गरी ६ जनाको मृत्यु भएको न्युयोर्क शहरका मेयर एरिक एडम्सलाई उद्धृत गर्दै बीबीसीले जनाएकोछ ।
न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिस्चले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र मृतकका परिवारसँग सम्पर्क नगरिएसम्म पीडितहरूको पहिचान खुलासा नगरिने बताएकी छन् ।
म्यानहट्टनको हेलिपोर्टबाट उडान भरेको उक्त हेलिकप्टर दुर्घटनाको भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेर हडसन नदीमा ठोक्किएको
देखिन्छ ।

अन्य समाचार

+ There are no comments

Add yours