काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिने सेवा शुल्क तय गर्न स्वतन्त्र उच्चस्तरिय विज्ञ समिति गठन गर्न लागिएको बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै श्रममन्त्री भण्डारीले सेवा शुल्क निर्धारण गर्न विज्ञ समितिले सिफारिस गर्ने बताएका हुन् ।
वैदेशिक रोजगार व्यवसायीले एक महिना तलब बराबरको सेवा शुल्क लिन पाउने माग गर्दै आएका छन् । सरकारले २०७० मा सेवा शुल्कबापत १० हजार रूपैयाँ लिन पाउने निर्णय गरेको थियो ।
श्रममन्त्री भण्डारीले स्वतन्त्र विज्ञ समितिले सिफारिस अनुसार सेवा शुल्क निर्धारण हुने बताए ।
उनले संस्थागत रूपमा श्रमिक पठाउन रोकिएको युरोपको मागपत्र प्रमाणीकरण एक महिनाभित्र सुरू गर्ने बताए ।
+ There are no comments
Add yours