
जुम्ला । जुम्ला गुठिचौर गाउँपालिका ३ मा रहेको सुर एण्ड सुपुन्ना अर्गानिक होटेलका सञ्चालक चित्र बुढा कान्छो सेफ अवार्डबाट सम्मानित भएका छन् ।
लामो समयदेखि विभिन्न देशमा सेफको काम गरी आफ्नै जन्म थलोमा कर्म गरी रहेका बुढा ग्लोबल नेपाली सेफ अवार्ड २०२५ बाट सम्मानित भएका छन्।पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीको हातबाट बुढा सम्मानित भएका हुन् । विदेशमा गएर सिकेको सिप उनले आफ्नै जन्मभूमिमा कार्यान्वयन गरिरहेभका छन् । पछिल्लो समय जुम्ला बजार लगायत अन्य ठाउँमा हुने होटेल व्यवसाय गर्न चाहानेलाई बुढाले सेफको तालिम दिँदै आइरहेका छन् ।
त्यो सबै उनको योगदानको कदर गर्दै बुढालाई ग्लोबल नेपाली सेफ अवार्ड प्रादन गरिएको छ । चित्र बुढा गुठिचौर ३ गज्र्याङ्गकोट गाउँका एक सामान्य परिवारबाट हुर्केका छन् । उनले आफ्नो जन्म थलोमा रोजगारको अवसर नपाए पछि विदेश गएका थिए । झण्डै १० वर्षसम्म कतार, दुबई र बराइन लगायतका देशमा सेफको रूपमा काम गरेको अनुभव बुढाँसग छ । लामो समयसम्म उनले गरेको मेहनतले आज बुढालाई खुसि बनाएको छ । उनले गरेको योगदान र तपस्याले गर्दा देश भित्र तथा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा कान्छो सेफका रूपमा सम्मानित भएका छन् ।
काम भनेको कुनै सानो ठुलो हुँदैन्, उनले भने, विदेशबाट फर्के पछि आफ्नै जन्म थलोमा केही गर्ने हुटहुटीका साथ अर्गानिक होटेल स्थापना गरेको छु । होटल व्यवसायमा संलग्न हुने युवालाई सिप सिकाउन तयार छु । उनले विदेशमा सिकेका सिप अहिले जुम्ला जिल्लाको सुन्दर पर्यटकिय स्थल गुठिचौर हुँदै छिमेकी जिल्ला डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई देखाइ रहेका छन् ।
Leave a Reply