नीतिगत कुरामा एमाले एकदमै स्पष्ट छ : प्रधानमन्त्री

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि एमाले कस्सिएर अघि बढेको दाबी गरेका छन्।
बिहीबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
उनले भने ,‘अगुवाइ गर्न नेकपा एमाले कस्सिएको पनि छ। गरिरहेको पनि छ। नीतिगत कुरामा नेकपा एमाले एकदमै स्पष्ट छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक प्रश्नमा नेकपा एमाले स्पष्ट छ। राष्ट्रि नीति के गर्नुपर्छ भन्ने कुरामा नेकपा एमाले स्पष्ट छ।’
संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट उनले पारे।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने उनको भनाइ छ।
ओलीले माओवादीले देशमा अनावश्यक ढङ्गले गन्तव्यविहिन हिंसा मच्याएको आरोप समेत लगाएका छन्।
उनले भने, ‘हाम्रा देशमा एउटा यस्तो समय आयो, अनावश्यक ढङ्गले हिंसा प्रारम्भ गरियो। हिंसा नै मच्याउनुपर्ने कुनै कारण थिएन। त्यो हिंसा कुनै ठोस गन्तव्यमा पुग्नेवाला पनि थिएन, त्यो अलिक समय नेपाली जनताका लागि त्रासपूर्ण र बुद्ध भूमि र शान्ति भूमि भनेर चिनिने ठाउँ अकारण अशान्तिको रूपमा परिणत भयो। त्यसको मारेमा सबैभन्दा धेरै सेना प्रहरी नै परे। सेना प्रहरी मात्रै परेनन् उनीहरूको परिवार पनि पीडादायिक प्रभाव रह्यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *