सल्यानमा ५५ वर्षीय पुरुष मृत फेला

सुर्खेत

सल्यान । सल्यानमा पुरुष मृत फेला परेका छन् । जिल्लाको दार्मा गाउँपालिका–४ पुखातमा बाग्चौर नगरपालिका–४ का डिल्ली वली ५५ वर्षीय मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेका अनुसार वली छोराको ससुरालीमा पुन्य तिथिको भात खान शुक्रबार बिहान गएका थिए । उनी फकर्ने क्रममा घरदेखि आधा घन्टाको दुरीमा बाटोमै मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले वली मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीको टोली घटनास्थलमा पुगेको र वलीको शरीरमा कुनै पनि चोटपटक नलागेको पाइएको प्रहरीले बताएको छ ।

वलीको के कारण मृत्यु भयो भन्ने खुल्न नसकेको, मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

अन्य समाचार

+ There are no comments

Add yours