अराजक बन्यो शिक्षक आन्दोलन, प्रहरीले हान्यो पानीको फोहरा

सुर्खेत
काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलन अराजक बन्दै गएको छ ।

आन्दोलनको आज २६ औँ दिनमा शिक्षकहरूको आन्दोलन अराजक तर्फ अघि बढेको हो ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेका छन् । शिक्षहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ ।

शिक्षकहरू संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पानीको फोहरा हानेको हो ।

आन्दोलनका क्रममा प्रहरीसँग झडप समेत भएको छ ।

प्रहरीले बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा प्रहार गरेका छन् ।

अन्य समाचार

+ There are no comments

Add yours