काठमाडौं। शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् । उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनमा खटिएकी थिइन् ।
उनका अनुसार पानीको फोहोराबाट घाइते भएकी उनलाई सुरूमा प्रहरीले बोकेर सिभिल अस्पताल लगेको थियो। सिभिलले ट्रमा सेन्ट्रर सिफारिस गरेको थियो । तर, आँखामा गम्भीर चोट भएका कारण उनलाई ट्रमाबाट अहिले सिनामंगलस्थित तिलगंगामा पुर्याइएको छ।
प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ । तर शिक्षक महासंघका नेताहरुले भने आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरेको तर सरकारले घुसपैठ गराएर झडपको स्थिति सिर्जना भएको आरोप लगाएको छ ।



Leave a Reply